मुख्य समाचार
इंग्ल्यान्डको लन्डनलाई केन्द्रित बनाएर व्यवसाय गर्दै आएको ‘माया ग्रुप’ ले ९ क्रिकेट खेलाडीलाई ब्रान्ड एम्बासडर बनाउँदै प्रायोजन सम्झौता
इंग्ल्यान्डको लन्डनलाई केन्द्रित बनाएर व्यवसाय गर्दै आएको ‘माया ग्रुप’ ले ९ क्रिकेट खेलाडीलाई ब्रान्ड एम्बासडर बनाउँदै प्रायोजन सम्झौता

— इंग्ल्यान्डको लन्डनलाई केन्द्रित बनाएर व्यवसाय गर्दै आएको ‘माया ग्रुप’ ले ९ क्रिकेट खेलाडीलाई ब्रान्ड एम्बासडर बनाउँदै प्रायोजन सम्झौता गरेको छ ।

व्यवसायसँगै नेपाली क्रिकेट र खेलकुदमा दीर्घकालीन योजनाहरू बनाएर कार्य गर्दै आएको ‘माया ग्रुप’ सन् २०१८ मा स्थापना भएको थियो ।

‘माया ग्रुप’ ले आइतबार एक कार्यक्रममार्फत नेपाली राष्ट्रिय टोली र उदीयमान खेलाडी गरी ९ खेलाडीसँग प्रायोजन सम्झौता गरेको छ । नेपाली राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी, भीम सार्की, गुलशन झा, नन्दन यादव, अर्जुन साउद, रिजन ढकाल, यू–१६ का प्रसिद्ध जैसी, यू–१९ का सुशील रावल र नेपाली यू–१९ महिला क्रिकेट टोलीकी उपकप्तान सोनी पाख्रिनसँग ‘माया ग्रुप’ ले प्रायोजन सम्झौता गरेको हो ।

‘यसले यी क्रिकेट खेलाडीको प्रतिभालाई अझ परिस्कृत गराउन सहयोग गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं । हाई स्किल प्रशिक्षणका लागि खेलाडीले आर्थिक हिसाबमा कसैको मुख नताकून् भनेर हामीले यो प्रायोजन सम्झौता गरेका हौं,’ माया ग्रुपका निर्देशक राज पाण्डेले सम्झौतापछि भने । ‘माया ग्रुप’ ले प्रायोजनका साथै ग्रासरुटका कार्यक्रमहरू सञ्चालन गर्दै आएको र हेटौंडामा ‘स्पोर्ट्स एकेडेमी’ खोल्न लागेको जानकारी गराए ।

मे र जुनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले गरेको इंग्ल्यान्ड, वेल्स र स्कटल्यान्ड भ्रमणमा त्यहाँ रहँदा ‘माया ग्रुप’ ले नै यसको व्यवस्थापन जिम्मा लिएको थियो । त्यसलाई पाण्डे आफ्नो जीवनको सबैभन्दा सन्तुष्टिपूर्ण एक महिना भएको जनाउँछन् । ‘माया ग्रुप’ का अर्का निर्देशक रक्षा थापाले यो सम्झौताले खेलाडीको स्किललाई मजबुत बनाउन सहयोग गर्ने आशा लिएको जनाउँदै आफ्नो कम्पनीलाई पनि प्रभाव पार्ने बताइन् ।


‘माया ग्रुप’ ले ‘माया’ नामबाट विभिन्न क्षेत्रमा कार्य गर्ने क्रममा माया क्रिकेट क्लब, माया इन्भेस्टमेन्ट प्रोपर्टी, माया सपोर्टेड लिभिङ, माया स्पोर्ट्स सेन्टर, राष्ट्रिय पोसाक घर (बेलायत), माया हेटौंडा रोयल्स सञ्चालन गरिरहेको र यी प्लाटफर्ममार्फत निरन्तर रूपमा नेपालमा खेलाडीहरू, एकेडेमीहरू र खेलकुद पूर्वाधारमा साथ र सहयोग गर्दै बेलायतमा रहेका नेपाली समुदायलाई जोड्ने कार्य गर्दै आएको एनआरएनए बेलायतकी उपाध्यक्षसमेत रहेकी थापाले जनाइन् ।

सोनी, प्रसिद्धलगायतका खेलाडीले आफूहरू जस्तो क्रिकेटमा स्थापित हुन संघर्ष गरिरहेका क्रिकेटरलाई यो सम्झौताले ठूलो टेवा पुग्ने जनाइन् । ‘माया ग्रुप’ कै पहलमा गत वर्ष अर्जुन साउद र दिनेश खरेलले इंग्ल्यान्डमा ‘ए’ डिभिजन लिग खेल्ने र यस पटक पनि त्यसका लागि पहल गर्ने राज पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...