मुख्य समाचार
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वैदेशिक रणनीतिको अर्को लक्ष्य संकेत
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वैदेशिक रणनीतिको अर्को लक्ष्य संकेत

— भेनेजुएलामा निकोलस मदुरोलाई सत्ताच्युत गर्न गरिएको अमेरिकी सैन्य कारबाहीको भोलिपल्टै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वैदेशिक रणनीतिको अर्को लक्ष्य संकेत गरेका छन् । सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले डेनमार्कको अधिनमा रहेको ग्रीनल्यान्डमा अमेरिकी नियन्त्रण हुनुपर्ने दाबी दोहोर्‍याएका छन् भने कोलम्बिया र क्युबालाई समेत चेतावनी दिएका छन् ।

ग्रीनल्यान्डमा अमेरिकी दाबी

फ्लोरिडाबाट वासिङ्टन फर्कने क्रममा ट्रम्पले ग्रीनल्यान्ड अमेरिकी राष्ट्रिय सुरक्षाका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको बताए । 'ग्रीनल्यान्डमा अहिले रुसी र चिनियाँ जहाजहरूको चहलपहल बढेको छ,' उनले भने, 'सुरक्षाको दृष्टिकोणले हामीलाई ग्रीनल्यान्ड आवश्यक छ, जुन डेनमार्क एक्लैले धान्न सक्दैन ।'

यसअघि 'भेनेजुएलाको सैन्य कारबाहीले ग्रीनल्यान्डका लागि के संकेत गर्छ ?' भन्ने 'द एटलान्टिक'को प्रश्नमा ट्रम्पले घुमाउरो जवाफ दिँदै भनेका थिए, 'त्यो त उनीहरूले आफैं बुझ्नुपर्ने कुरा हो ।'

ट्रम्पको अभिव्यक्तिप्रति डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले आपत्ति जनाएकी छन् । उनले ग्रीनल्यान्ड 'बिक्रीमा नरहेको' स्पष्ट पार्दै ट्रम्पलाई एउटा सार्वभौम मुलुक र ऐतिहासिक मित्र राष्ट्रलाई धम्क्याउन बन्द गर्न आग्रह गरेकी छन् ।


डेनमार्कका अधिकारीहरू ट्रम्प प्रशासनका पूर्वअधिकारीले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा नक्सालाई लिएर समेत रुष्ट छन्, जसमा ग्रीनल्यान्डलाई अमेरिकी झण्डाको रङ्गमा देखाउँदै 'सुन' (छिट्टै) लेखिएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एसोसिएट प्रेसका अनुसार ट्रम्पले आफ्नो 'राष्ट्रिय सुरक्षा रणनीति' मा पश्चिमी गोलार्द्धमा अमेरिकी वर्चस्व पुन:स्थापित गर्ने लक्ष्य राखेका छन् ।

क्युबा र कोलम्बियालाई चेतावनी

भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोका निकट सहयोगी मानिने क्युबप्रति पनि ट्रम्प प्रशासन निकै आक्रामक देखिएको छ । विदेशमन्त्री मार्को रुबियोले मदुरोको सुरक्षामा क्युबाली अंगरक्षकहरू खटिएको र उनीहरूले नै भेनेजुएलाको आन्तरिक जासुसी संयन्त्र चलाएको आरोप लगाएका छन् । आइतबार क्युबा सरकारले अमेरिकी सैन्य कारबाहीमा आफ्ना ३२ अधिकारी मारिएको पुष्टि गरेको छ ।

त्यस्तै, ट्रम्पले कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोलाई समेत निसानामा पारेका छन् । कोलम्बियालाई 'विश्वको कोकिन कारखाना' को संज्ञा दिँदै ट्रम्पले भने, 'उनले (पेट्रो) लामो समय यो काम गर्न पाउने छैनन् ।' कोलम्बियामाथि सैन्य कारबाही हुने सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, 'त्यो उचित सुनिन्छ ।'

ट्रम्प प्रशासनले यसअघि नै लागूऔषध तस्करीमा संलग्न रहेको आरोपमा पेट्रो र उनको परिवारमाथि प्रतिबन्ध लगाउनुका साथै कोलम्बियालाई दिइँदै आएको सहायतामा कटौती गरिसकेको छ ।

ट्रम्पको पछिल्लो अभिव्यक्तिले पश्चिमी गोलार्द्धमा अमेरिकाले आफ्नो प्रभाव विस्तार गर्न थप आक्रामक सैन्य र राजनीतिक कदम चाल्न सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम