मुख्य समाचार
उत्तरपूर्वी नाइजेरियामा डुंगा पल्टिँदा २६ जनाको मृत्यु
उत्तरपूर्वी नाइजेरियामा डुंगा पल्टिँदा २६ जनाको मृत्यु

— नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा किसान र माछा बोकेको डुंगा पल्टिँदा कम्तीमा २६ जनाको नदीमा डुबेर मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन् ।

शनिबार राति जिगावा राज्यबाट योबे राज्यतर्फ जाँदै गरेको डुंगा दुर्घटनामा परेको जानकारी योबे राज्यको आपतकालीन व्यवस्थापन निकायका कार्यकारी निर्देशक मोहम्मद गोजेले दिए । 'आपतकालीन स्वयंसेवक र उद्धार टोलीले अहिलेसम्म २६ जनाको शव फेला पारेको छ,' उनले भने । अन्य दुर्घटनामा परेका अन्य १४ जना हराइरहेको उनले बताए ।

घटनापछि तेह्र यात्रुलाई उद्धार गरिएको र हराइरहेकाको खोजी कार्य जारी रहेको उनले बताए ।

नाइजेरियामा जलमार्गमा हुने डुंगाको प्रयोग र किसानहरूले माछा मार्न नदीमा गर्ने आवतजावतका क्रममा नदीहरूमा दुर्घटनाहरू सामान्य मानिन्छन् । प्रायः अत्यधिक भार, सुरक्षा नियमहरूको पालना नगर्दा र कमजोर र पूराना डुंगाहरूमा हुने पारबहन गतिविधिका कारण डुंगा दुर्घटना हुने भए पनि पिडितहरूले यसलाई आफ्नो भाग्यको खेलसँग चित्त बुझाउने गरेका पाइन्छ ।

देशका जलमार्गमा हुने विभिन्न दुर्घटनामा बर्सेनि सयौँको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी सेनाको कारबाहीमा नियन्त्रणमा लिइएका भेनेजुएलाका निवर्तमान राष्ट्रपति निकोलस मदुरोलाई सोमबार म्यानहटन संघीय अदालतमा उपस्थित गराइने भएको छ । उनलाई 'नार्को-टेरोरिजम' (लागुऔषध आतंकवाद) सम्बन्धी गम्भीर अभियोगमा सुनुवाइका लागि अदालत लैजान लागिएको हो । अमेरिकी सैन्य टोलीले गत सप्ताहान्तमा भेनेजुएलाको राजधानी काराकासबाट ६३ वर्षीय मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई एउटा ‘सरप्राइज रेड’ मार्फत नियन्त्रणमा लिएको ...
— अमेरिकी सेनाको कारबाहीमा राष्ट्रपति निकोलस मदुरो पक्राउ परेपछि भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजले अमेरिकासँग 'साझा विकास'का लागि सहकार्यको प्रस्ताव गरेकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा थप सैन्य प्रहार हुनसक्ने चेतावनी दिइरहेका बेला रोड्रिग्वेजको यस्तो नरम प्रतिक्रिया आएको हो । शनिबार अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा छापा मारी मदुरोलाई नियन्त्रणमा लिएको थियो । सुरुमा ...
— क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेलले भेनेजुएलाविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीको खुलेर विरोध गर्दै हवानामा आयोजित प्रदर्शनको नेतृत्व गरेका छन् । क्युबाको कम्युनिस्ट पार्टी (पीसीसी) का प्रथम सचिवसमेत रहेका कानेल शनिबार बिहान ‘एन्टी–इम्पेरियलिस्ट प्लेटफर्म’ मा आयोजित विरोध सभामा अग्रपंक्तिमा उभिएका थिए । हवानाको ‘एन्टी–इम्पेरियलिस्ट ट्रिब्युन’ स्थलमा भएको सभामा क्युबाली उच्च नेतृत्वका साथै भेनेजुएलाका कूटनीतिक प्रतिनिधिको उपस्थिति थियो ...
— भेनेजुएलामा निकोलस मदुरोलाई सत्ताच्युत गर्न गरिएको अमेरिकी सैन्य कारबाहीको भोलिपल्टै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वैदेशिक रणनीतिको अर्को लक्ष्य संकेत गरेका छन् । सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले डेनमार्कको अधिनमा रहेको ग्रीनल्यान्डमा अमेरिकी नियन्त्रण हुनुपर्ने दाबी दोहोर्‍याएका छन् भने कोलम्बिया र क्युबालाई समेत चेतावनी दिएका छन् । ग्रीनल्यान्डमा अमेरिकी दाबी फ्लोरिडाबाट वासिङ्टन फर्कने क्रममा ट्रम्पले ग्रीनल्यान्ड अमेरिकी राष्ट्रिय सुरक्षाका ...
— साउदी अरेबियाले निजी क्षेत्रमा रहेका ४६ वटा इन्जिनियरिङ पेसामध्ये ३० प्रतिशत स्थानीयकरण (साउदी नागरिकद्वारा पूर्ति) गर्ने निर्णय स्वीकृत गरेको छ। यो निर्णय रणनीतिक प्राविधिक क्षेत्रमा राष्ट्रिय रोजगारी बढाउने र साउदी इन्जिनियरहरूका लागि अवसर विस्तार गर्ने व्यापक प्रयासको हिस्सा हो। यो निर्णय मानव संशाधन तथा सामाजिक विकास मन्त्रालय र नगरपालिका तथा आवास मन्त्रालयले संयुक्त रूपमा ३१ ...