मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व साथै थरुहट/थारुवान अभियन्ताहरूबीच ९ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व साथै थरुहट/थारुवान अभियन्ताहरूबीच ९ बुँदे सहमति

— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व साथै थरुहट/थारुवान अभियन्ताहरूबीच ९ बुँदे सहमति भएको छ । उक्त सहमतिपछि थारु अभियन्ताहरू रास्वपामा समाहित भएका छन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा सोमबार विशेषक कार्यक्रम गरेर थारु अभियन्ताहरू रास्वपामा समाहित भएका हुन् । ९ बुँदे सहमतिपत्रमा रास्वपाका तर्फबाट उपसभापति डोलप्रसाद अर्याल र नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, थरुहट/थारुवान अभियन्ताद्वय लक्ष्मण थारु र सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा सामाजिक न्याय सहितको प्रतिस्पर्धात्मक उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी शक्तिहरू मिलेर नयाँ राजनीतिक शक्तिलाई स्थापित गर्न अपरिहार्य रहेको उल्लेख छ ।

सहमतिपत्रको पहिलो बुँदामा भनिएको छ, '२०८२ साल भदौमा नवयुवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने ।'

दोस्रो बुँदामा राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति दलको चुनाव चिन्ह 'घण्टी' र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमति भएको छ । सहमतिको चौथो बुँदामा भनिएको छ, 'राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक प्रस्तावनामा उल्लेख गरिए बमोजिम ऐतिहासिक विरासतका रूपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनागत विभेदहरू विरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपभोग मा जोड दिँदै, नेपालको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी सिद्दान्तप्रति प्रतिवद्द रहने ।'

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गर्दै थारुहरूको धार्मिक-सांस्कृतिक प्रणालीको संरक्षण र प्रवर्द्धन गर्न संविधानको धारा ५६ (५) को मर्म अनुरुप थारू बहुल क्षेत्रलाई 'थारु संरक्षित विशेष क्षेत्र' घोषणा गर्न कानूनी र संवैधानिक प्रक्रिया प्रारम्भ गर्ने सहमतिपत्रको चौथो बुँदामा उल्लेख छ ।

'टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रुपमा स्विकार्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा संघीय सरकार निर्माण भएपछि शान्ति सुरक्षा सुधारसँग सम्बन्धित सबै उच्च स्तरीय आयोगका सिफारिसहरुको उचित कार्यान्वयन गर्ने,' सहमतिपत्रमा भनिएको छ, 'निजामती, न्यायिक प्रहरी लगायत सबै सरकारी सेवामा आरक्षित वर्गका लागि तोकिएका अनुपातमा थारुहरुको आरक्षण व्यवस्था अभ्यासमा पूर्णतः लागू गर्ने ।'

भूगोल, जनसंख्या, सामर्थ्य र सांस्कृतिक पहिचानका आधारमा प्रादेशिक सुशासनका विविध आयामहरूमा सर्वदलीय राजनीतिक सहमतिका लागि पहल गर्ने सहमतिपत्रको बुँदा नम्बर ७ मा उल्लेख गरिएको छ ।

'नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व साथै थरुहट/थारुवान अभियन्ताहरु पार्टीको तहगत संरचनामा सम्मानजनक समायोजन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउने,' सहमतिपत्रमा उल्लेख छ, 'राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीनवटा सिट लिने गरी अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताए। उनले राष्ट्रियसभामा आफ्नो दलको मतभार अनुसार नै सिट पाउने अधिकार नेकपाको भएको ...
: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पूर्ण रूपमा पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीसहित सरकारको नयाँ संरचना तयार गरेका छन्। यसअघि रहेका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमतिअनुसार नयाँ अनुहारहरूलाई जिम्मेवारी दिइएको हो। मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा ...
: स्रोत नखुलेको करिब ४ लाख रूपैयाँसहित विराटनगरबाट एक जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१० का ३६ वर्षीय उमेश साह पक्राउ परेका हुन्। साह प्रदेश १–०२–०४२ प २८८४ नम्बरको मोटरसाइकलमा भारतको जोगवनीबाट विराटनगरतर्फ आउँदै थिए। शंकास्पद देखेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। त्यस क्रममा स्रोत नखुलेको रकम साथबाट बरामद ...
: रौतहट प्रहरीले जिल्लाका विभिन्न स्थानमा रहेका शंकास्पद सवारी साधनको चेकजाँच बढाएको छ । चेकजाँचको पहिलो दिन सोमबार प्रहरीले शंकास्पद अवस्थामा रहेका १६ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले कागजपत्र नभएका ४ वटा जिप र १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएर सवारी साधनबारे थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी ...
: नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन् । मंगलबार बिहान सचिवालयमा भेट्न पुगेका ३० केन्द्रीय सदस्यसँग उनले सहमतिमा विशेष महाधिवेशन गर्ने भए पनि माघ ६ गतेपछि बोलाउँदा उचित हुने बताए। उनले भने,'अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार टुंग्याउनु पर्नेछ । यसकारण विशेष महाधिवेशन पक्षधरहरूसँग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम