मुख्य समाचार
बेलायतमा सोमबारदेखि लागू भएको नयाँ नियमले दिउँसोको समयमा जंक फुडको टिभी र अनलाइन विज्ञापनहरूमा प्रतिबन्ध
बेलायतमा सोमबारदेखि लागू भएको नयाँ नियमले दिउँसोको समयमा जंक फुडको टिभी र अनलाइन विज्ञापनहरूमा प्रतिबन्ध

— बेलायतमा सोमबारदेखि लागू भएको नयाँ नियमले दिउँसोको समयमा जंक फुडको टिभी र अनलाइन विज्ञापनहरूमा प्रतिबन्ध लगाएको छ । यसलाई बेलायत सरकारले बाल्यकालको मोटोपनाको सामना गर्न 'विश्वकै अग्रणी कार्य' भनि अर्थ्याएको छ ।

प्रतिबन्ध–चिल्लो पदार्थ, नुन वा चिनीमा उच्च उत्पादनहरूका विज्ञापनहरूलाई लक्षित गर्दै–हरेक वर्ष बच्चाहरूको आहारबाट उल्लेख्य क्यालोरीहरू हटाउने अपेक्षाले गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साँझ ९:०० बजेभन्दा पहिले प्रसारण हुने यस्ता विज्ञापनहरू बन्द गर्दै यसले मोटोपनासँग बाँचिरहेका बच्चाहरूको संख्या २० हजारले घटाउने अपेक्षा राखेको मन्त्रालयले जनाएको छ ।

यसको कार्यान्वयन–पहिलो पटक डिसेम्बर २०२४ मा घोषणा गरिएको जनाइएको छ । जसमा पूर्व–प्याकेज गरिएका वस्तुहरू जस्तै मिल्कशेक, रेडी–टु–गो कफी र मीठो दही पेयपदार्थहरू समावेश छ ।

स्थानीय अधिकारीहरूलाई विद्यालय बाहिर स्थापना हुने फास्ट फूड पसलहरू रोक्ने अधिकार पनि दिइएको छ ।

सरकारले विज्ञापनले बच्चाहरूलाई प्रभावीत पारी कम उमेरदेखि नै जंक फुड खान प्ररित गरी मोटोपना र सम्बन्धित रोगहरूको जोखिम बढाउँने तर्क प्रस्तुत गरेको छ ।

यसले बेलायतमा प्राथमिक विद्यालय सुरु गर्ने पाँच वर्ष उमेरका २२ प्रतिशत बालबालिकाहरूमा अधिक तौल वा मोटोपनले ग्रसित हुने र माध्यमिक विद्यालयमा पुग्दासम्म प्रभाव झनै बढी हुने गरेको जनाइएको छ ।

अधिकारीहरूका अनुसार सामान्यतया पाँचदेखि नौ वर्ष उमेरका साना बच्चाहरू जंक फुडको सेवनपछि दाँतको समस्या समाधानका लागि बेलायतको अस्पतालमा भर्ना हुने गरेका छन् ।

राति ९ बजेभन्दा पहिले जंक फूडका लागि विज्ञापनहरू प्रतिबन्धित गरी अस्वास्थ्यकर खानाहरूको अत्यधिक जोखिम हटाउने स्वास्थ्यमन्त्री एशले डाल्टनले विज्ञप्तिमार्फत जनाएकी छन् ।

उनले यो कदम राज्य–वित्त पोषित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई रोगको रोकथामका साथै उपचारमा ध्यान केन्द्रित गर्ने रणनीतिको एक हिस्सा भएको बताउँदै मानिसहरूले स्वस्थ जीवन बिताउन सकून् भन्ने अभिप्रायले गरेको बताएकी छन् ।

ओबेसिटी हेल्थ अलायन्सका कार्यकारी निर्देशक क्याथरिन जेनरले यो कदम बच्चाहरूलाई उनीहरूको स्वास्थ्यलाई हानि पुर्‍याउने अस्वस्थ्यकर खाना र पेय पदार्थको विज्ञापनबाट संरक्षण गर्ने दिशामा स्वागतयोग्य र लामो समयदेखि प्रतीक्षा गरिएको विषय भएको बताएकी छन् ।

परोपकारी संस्था 'डायबिटिज युके' ले पनि विज्ञापन प्रतिबन्धलाई स्वागत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी सेनाको कारबाहीमा नियन्त्रणमा लिइएका भेनेजुएलाका निवर्तमान राष्ट्रपति निकोलस मदुरोलाई सोमबार म्यानहटन संघीय अदालतमा उपस्थित गराइने भएको छ । उनलाई 'नार्को-टेरोरिजम' (लागुऔषध आतंकवाद) सम्बन्धी गम्भीर अभियोगमा सुनुवाइका लागि अदालत लैजान लागिएको हो । अमेरिकी सैन्य टोलीले गत सप्ताहान्तमा भेनेजुएलाको राजधानी काराकासबाट ६३ वर्षीय मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई एउटा ‘सरप्राइज रेड’ मार्फत नियन्त्रणमा लिएको ...
— अमेरिकी सेनाको कारबाहीमा राष्ट्रपति निकोलस मदुरो पक्राउ परेपछि भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजले अमेरिकासँग 'साझा विकास'का लागि सहकार्यको प्रस्ताव गरेकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा थप सैन्य प्रहार हुनसक्ने चेतावनी दिइरहेका बेला रोड्रिग्वेजको यस्तो नरम प्रतिक्रिया आएको हो । शनिबार अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा छापा मारी मदुरोलाई नियन्त्रणमा लिएको थियो । सुरुमा ...
— क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेलले भेनेजुएलाविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीको खुलेर विरोध गर्दै हवानामा आयोजित प्रदर्शनको नेतृत्व गरेका छन् । क्युबाको कम्युनिस्ट पार्टी (पीसीसी) का प्रथम सचिवसमेत रहेका कानेल शनिबार बिहान ‘एन्टी–इम्पेरियलिस्ट प्लेटफर्म’ मा आयोजित विरोध सभामा अग्रपंक्तिमा उभिएका थिए । हवानाको ‘एन्टी–इम्पेरियलिस्ट ट्रिब्युन’ स्थलमा भएको सभामा क्युबाली उच्च नेतृत्वका साथै भेनेजुएलाका कूटनीतिक प्रतिनिधिको उपस्थिति थियो ...
— भेनेजुएलामा निकोलस मदुरोलाई सत्ताच्युत गर्न गरिएको अमेरिकी सैन्य कारबाहीको भोलिपल्टै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वैदेशिक रणनीतिको अर्को लक्ष्य संकेत गरेका छन् । सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले डेनमार्कको अधिनमा रहेको ग्रीनल्यान्डमा अमेरिकी नियन्त्रण हुनुपर्ने दाबी दोहोर्‍याएका छन् भने कोलम्बिया र क्युबालाई समेत चेतावनी दिएका छन् । ग्रीनल्यान्डमा अमेरिकी दाबी फ्लोरिडाबाट वासिङ्टन फर्कने क्रममा ट्रम्पले ग्रीनल्यान्ड अमेरिकी राष्ट्रिय सुरक्षाका ...
— नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा किसान र माछा बोकेको डुंगा पल्टिँदा कम्तीमा २६ जनाको नदीमा डुबेर मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन् । शनिबार राति जिगावा राज्यबाट योबे राज्यतर्फ जाँदै गरेको डुंगा दुर्घटनामा परेको जानकारी योबे राज्यको आपतकालीन व्यवस्थापन निकायका कार्यकारी निर्देशक मोहम्मद गोजेले दिए । 'आपतकालीन स्वयंसेवक र उद्धार टोलीले अहिलेसम्म २६ जनाको ...