मुख्य समाचार
बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह
बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह

— बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ ।

कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको छ । 'ठगी गर्नेहरु कतिपय नेपालीमूलका व्यक्तिहरु नै रहेको बुझिएको छ भने चिनेजानेकै नेपालीमार्फत तेस्रो मुलुकका व्यक्तिसँगको सम्पर्कमा पुगी ठगीमा परेकाहरुको गुनासो पनि आएको छ,' विज्ञप्तिमा उल्लेख छ ।

यस्ता अपराधहरु नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय हुने हुनाले समस्या परेको खण्डमा नेपालका अनुसन्धान गर्ने निकाय तथा बेलायतमा रहेका स्थानीय प्रहरी एवं नेसनल एन्टी फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी गर्न समेत दूतावासको सुझाव छ ।

बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित आउने पीडितको न्यायको लागि सहजीकरण गर्न दूतावास तयार रहेको बताए । समस्यामा परेका नेपालीलाई दूतावासको इमेल वा +४४–७४०४९३९२७४ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संयुक्त अरब इमिरेट्स ‘युएई’स्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेलको जिम्मेवारी खोसिएको छ। युएईमा बस्ने नेपालीहरू तथा श्रमिकहरूले दूतावासमा पठाएको उजुरीको विषयमा श्रम काउन्सिलर पौडेलले काम नै नगरी सिष्टममा पूरा गरिएको बनाएका थिए। परराष्ट मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दीपेन्द्र पौडेललाई फिर्ता बोलाइएको जानकारी दिए। उनी भन्छन्, 'उहाँलाई परराष्ट्र मन्त्रालयको सरुवा निर्देशिका बमोजिम सरुवा ...
: वुडसाइडका पुराना बासिन्दा एवं प्रतिष्ठित सामाजिक अभियन्ता सोमनाथ घिमिरेले न्यूयोर्क राज्य सभाको डिस्ट्रिक्ट ३० का लागि उम्मेदवारी घोषणा गरेका छन् । उनका मुख्य एजेन्डाहरूमा सुलभ आवास, गुणस्तरीय सार्वजनिक शिक्षा, श्रमिक हकहितको संरक्षण, र डिस्ट्रिक्ट ३० का सबै बासिन्दाहरूको समावेशी प्रतिनिधित्व रहेको उल्लेख छ। उम्मेदवारी घोषणा गर्दै घिमिरेले भने, "क्विन्स एउटा यस्तो ठाउँ हो जहाँ हरेक ...
— रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ । करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन भएकामा ‘डिएनए’ परीक्षणबाट भाटको मृत्यु भएको जानकारी आएका मेलौली नगरपालिका–७ का वडाअध्यक्ष रामचन्द्र भट्टले बताए । भाटको कहिले मृत्यु भएको हो भन्नेबारे यकिन ...
— अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन् । नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्युजन नोटिस जारी भएका उनलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बीआई) को फरार अभियुक्त खोजी युनिटले मालोलोस सहरबाट पक्राउ गरेको हो । बीआईले उनको फोटोसहितको विवरण वेबसाइटमा सार्वजनिक गरेको छ । जिल्ला ...
— सन् २०२५ को एक वर्षमा अमेरिकाबाट ४ सय ८४ नेपाली निष्कासित भएका छन् । अध्यागमनसम्बन्धी नियन्त्रण र नियमन गर्ने अमेरिकी निकाय यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले कागजातविहीन भएर गैरकानुनी रूपमा बसोबास गर्दै आएका ती नेपालीलाई चरणबद्ध निष्कासित गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा गैरकानुनी रूपमा बसोबास गर्दै आएका आप्रवासीलाई नियन्त्रण गर्ने, निष्कासित गर्ने र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम