मुख्य समाचार
भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हमलाविरुद्ध काठमाडौंको महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडि युवाहरुले प्रदर्शन
भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हमलाविरुद्ध काठमाडौंको महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडि युवाहरुले प्रदर्शन

— भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हमलाविरुद्ध काठमाडौंको महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडि युवाहरुले प्रदर्शन गरेका छन् ।

काठमाडौं प्रहरीका एसपी, प्रवक्ता पवन भट्टराईका अनुसार संयुक्त विद्यार्थी समूहबाट भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी, नेकपा बहुमत र अखिल क्रान्तिकारीका विद्यार्थीहरु रहेका छन् । प्रदर्शनमा आएकामध्ये केही विद्यार्थीहरु पक्राउ परेको समेत उनले बताए ।


अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा अप्रत्याशित हमला गर्दै राष्ट्रपति निकोलस मदुरो र पत्नी सिलिया फ्लोरेसलाई कब्जामा लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा ‘सुरक्षित र सही रूपमा सत्ता हस्तान्तरण नभएसम्म अमेरिकाले शासन चलाउने’ घोषणा गरेका छन् ।



अमेरिकाले काराकासमा स्थानीय समयअनुसार शनिबार राति २ बजेतिर हवाई हमला गरेको थियो । त्यति बेला ११ पटकसम्म विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि भेनेजुएला सरकारले विज्ञप्ति जारी गरेर संकटकाल घोषणा गर्‍यो । लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले मदुरो र उनकी पत्नी अमेरिकी सेनाको कब्जामा रहेको जानकारी गराए । अमेरिकी हमलाबाट भेनेजुएलामा सैनिक र सर्वसाधारण मारिएको त्यहाँको सरकारले बताए पनि मानवीय र भौतिक क्षतिको विवरण यकिन भएको छैन ।


अमेरिकामा दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएदेखि नै ट्रम्पले भेनेजुएलामा सत्ता परिवर्तन हुनुपर्ने विषय उठाएका थिए । ट्रम्पको पहिलो कार्यकालमै मदुरोसँग सम्बन्ध राम्रो थिएन । मदुरोले अमेरिकामा लागूऔषध तस्करी गराइरहेको आरोप लगाउँदै आएको अमेरिकाले अब न्युयोर्कमा उनीमाथि मुद्दा चलाउने बताएको छ ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनले सैनिक स्रोतलाई उद्धृत गरेअनुसार मदुरो र उनकी पत्नीलाई बेडरुमबाटै तानेर अमेरिकी सेनाले नियन्त्रणमा लिएको थियो । करिब १० घण्टापछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा मदुरोको तस्बिर सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीनवटा सिट लिने गरी अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताए। उनले राष्ट्रियसभामा आफ्नो दलको मतभार अनुसार नै सिट पाउने अधिकार नेकपाको भएको ...
: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पूर्ण रूपमा पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीसहित सरकारको नयाँ संरचना तयार गरेका छन्। यसअघि रहेका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमतिअनुसार नयाँ अनुहारहरूलाई जिम्मेवारी दिइएको हो। मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा ...
: स्रोत नखुलेको करिब ४ लाख रूपैयाँसहित विराटनगरबाट एक जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१० का ३६ वर्षीय उमेश साह पक्राउ परेका हुन्। साह प्रदेश १–०२–०४२ प २८८४ नम्बरको मोटरसाइकलमा भारतको जोगवनीबाट विराटनगरतर्फ आउँदै थिए। शंकास्पद देखेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। त्यस क्रममा स्रोत नखुलेको रकम साथबाट बरामद ...
: रौतहट प्रहरीले जिल्लाका विभिन्न स्थानमा रहेका शंकास्पद सवारी साधनको चेकजाँच बढाएको छ । चेकजाँचको पहिलो दिन सोमबार प्रहरीले शंकास्पद अवस्थामा रहेका १६ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले कागजपत्र नभएका ४ वटा जिप र १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएर सवारी साधनबारे थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी ...
: नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन् । मंगलबार बिहान सचिवालयमा भेट्न पुगेका ३० केन्द्रीय सदस्यसँग उनले सहमतिमा विशेष महाधिवेशन गर्ने भए पनि माघ ६ गतेपछि बोलाउँदा उचित हुने बताए। उनले भने,'अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार टुंग्याउनु पर्नेछ । यसकारण विशेष महाधिवेशन पक्षधरहरूसँग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम