मुख्य समाचार
आइतबार अपराह्न भएको सुमो दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये ४ जनाको सनाखत
आइतबार अपराह्न भएको सुमो दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये ४ जनाको सनाखत

— हेटौडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दुरीको हेटौंडा—भीमफेदी—कुलेखानी सडक खण्डको भीमफेदी गाउँपालिका—६ जुरीखेतमा आइतबार अपराह्न भएको सुमो दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये ४ जनाको सनाखत भएको छ ।

हेटौंडा उपमहानगरपालिका—४ का ४० की सविता लम्साल, हेटौंडा—२ का २९ वर्षीय निखिल अग्रवाल, भारत विहार पटनाका ४२ वर्षीय रजनीश कुमार र ४९ वर्षीय अरविन्द कुमारको सनाखत भएको प्रहरीले जनाएको छ । २ जना मृतकको पहिचान हुन सकेको छैन । दुवै पुरुष हुन् । उनीहरुको शव हेटौंडा अस्पतालमा नै रहेको छ ।

हेटौंडा—४ की मृतक सविता हेटौंडास्थित नवोदय शिशु निकेतनकी शिक्षिका पनि हुन् ।

दुर्घटनामा तीन जना घाइते छन् । हेटौंडा—४ मा बस्दै आएका सुमो चालक गणेश थापा, मृतक सविताका १२ वर्षीय छोरा अभ्यास लम्साल र रौतहट चन्द्रपुर—२ का २१ वर्षीया रिचा चौधरी रहेका छन् ।

चालक थापा र बालक लम्साललाई थप उपचारका निम्ति भरतपुर लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुस्कर बोगटीले वताए । चौधरीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।


काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको थियो । उक्त स्थानमा यसअघि पनि ३ वटा हलुका सवारीसाधन दुर्घटना भएका थिए ।

वैदेशिक रोजगार बोर्डको प्रमुख थानेश्वर देवकोटासहित चढेको गाडी तीन वर्षअघि उक्त स्थानमा दुर्घटना हुँदा देवकोटासहित २ जनाको मृत्यु भएको थियो ।



काठमाडौंतर्फवाट आउँदा ओरालो पर्ने भएकाले गाडीमा ब्रेक नलागेर उक्त स्थानमा दुर्घटना हुने गरेको छ । उक्त जोखिम क्षेत्रमा रेलिङ पनि छैन ।

सुमो दुर्घटनास्थलमै छ। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ३ किलोमिटर उत्तर–पूर्वतर्फ पर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीनवटा सिट लिने गरी अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताए। उनले राष्ट्रियसभामा आफ्नो दलको मतभार अनुसार नै सिट पाउने अधिकार नेकपाको भएको ...
: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पूर्ण रूपमा पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीसहित सरकारको नयाँ संरचना तयार गरेका छन्। यसअघि रहेका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमतिअनुसार नयाँ अनुहारहरूलाई जिम्मेवारी दिइएको हो। मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा ...
: स्रोत नखुलेको करिब ४ लाख रूपैयाँसहित विराटनगरबाट एक जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१० का ३६ वर्षीय उमेश साह पक्राउ परेका हुन्। साह प्रदेश १–०२–०४२ प २८८४ नम्बरको मोटरसाइकलमा भारतको जोगवनीबाट विराटनगरतर्फ आउँदै थिए। शंकास्पद देखेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। त्यस क्रममा स्रोत नखुलेको रकम साथबाट बरामद ...
: रौतहट प्रहरीले जिल्लाका विभिन्न स्थानमा रहेका शंकास्पद सवारी साधनको चेकजाँच बढाएको छ । चेकजाँचको पहिलो दिन सोमबार प्रहरीले शंकास्पद अवस्थामा रहेका १६ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले कागजपत्र नभएका ४ वटा जिप र १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएर सवारी साधनबारे थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी ...
: नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन् । मंगलबार बिहान सचिवालयमा भेट्न पुगेका ३० केन्द्रीय सदस्यसँग उनले सहमतिमा विशेष महाधिवेशन गर्ने भए पनि माघ ६ गतेपछि बोलाउँदा उचित हुने बताए। उनले भने,'अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार टुंग्याउनु पर्नेछ । यसकारण विशेष महाधिवेशन पक्षधरहरूसँग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम