मुख्य समाचार
बढ्दो तनावका बीच भेनेजुएलामाथि अमेरिकी आक्रमण, आपतकाल घोषणा
बढ्दो तनावका बीच भेनेजुएलामाथि अमेरिकी आक्रमण, आपतकाल घोषणा

: अमेरिकाले भेनेजुएलाको राजधानीमा आक्रमण गरेको छ। बढ्दो तनावका बीच अमेरिकाले भेनेजुएलाको राजधानीस्थित सैनिक क्षेत्रहरूमा आक्रमण गरेको हो।


प्रत्यक्षदर्शीहरूका अनुसार शहरको बीचभागमा रहेको सैन्य हवाई अड्डा ‘ला कार्लोटा’ र मुख्य सैन्य अड्डा ‘फुएर्ते तिउना’मा आक्रमण गरिएको हो। यी दुवै स्थानमा भएको भनिएका धमाकाका भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।


बीबीसीका अमेरिकास्थित समाचार साझेदार सीबीएस न्युजले स्रोतहरूलाई उद्धृत गर्दै शनिबार बिहान सबेरै काराकासको आकाशमा धमाका र विमान उडेको गतिविधिबारे ट्रम्प प्रशासनका अधिकारीहरूलाई जानकारी रहेको जनाएको छ।



यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोमाथि केही सातादेखि बढाउँदै आएको दबाबपछि देखिएको हो। अमेरिकी राष्ट्रपति ट्रम्पले मादुरो अमेरिकाभित्र लागूऔषध तस्करी र आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएका छन्।

अमेरिकी अधिकारीहरूले सीबीएस न्युजलाई दिएको जानकारीअनुसार राष्ट्रपति ट्रम्पले भेनेजुएलाभित्रका सैन्य ठिकानासहित विभिन्न स्थानमा आक्रमणको आदेश दिएका छन्।

यसबीच भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले देशभर राष्ट्रिय आपतकाल घोषणा गरेका छन्। उनले अमेरिकी आक्रमणको कडा निन्दा गर्दै यसलाई भेनेजुएलाको तेल र खनिज स्रोतमा कब्जा जमाउने प्रयासको रूपमा व्याख्या गरेका छन्।

सरकारी विज्ञप्तिमा राजधानी काराकासमा भएका आक्रमणहरूको उद्देश्य 'भेनेजुएलाका रणनीतिक स्रोत, विशेषगरी तेल र खनिजमा नियन्त्रण जमाउनु' र 'देशको राजनीतिक स्वतन्त्रतालाई बलपूर्वक कमजोर पार्नु' रहेको उल्लेख गरिएको छ।

राष्ट्रपति मादुरोले 'सम्पूर्ण देशमा बाह्य उथलपुथलको अवस्था' घोषणा गर्ने आदेशमा हस्ताक्षर गर्दै त्यसलाई तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिएका छन्। साथै, सबै राष्ट्रिय रक्षा योजनाहरू 'उचित समय र उपयुक्त परिस्थितिमा' लागू गर्न आदेश दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकाले भेनेजुएलामा अप्रत्याशित हमला गरी कब्जामा लिएका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई शनिबार न्युयोर्क पुर्‍याइएको छ । उनीहरूलाई सेनाको पानीजहाज ‘इवो जिमा’ मार्फत अमेरिका ल्याइएको थियो । त्यसपछि सैनिक हेलिकोप्टरमार्फत ‘स्टिवार्ट एयर नेसनल गार्ड बेस’ मा लगियो । अहिले ब्रुकलिनस्थित न्युयोर्क डिटेन्सन सेन्टरमा हिरासतमा राखिएको छ । अमेरिकी अधिकारीहरूका अनुसार यो कारबाही शीतयुद्धपछिको दक्षिण अमेरिकामा भएको सबैभन्दा ...
: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भेनेजुएलामा अमेरिकाको सैन्य कारबाहीबाट आफू गहिरो चिन्तित भएको बताएका छन्। बीबीसीका अनुसार महासचिवले संयुक्त राष्ट्र संघको बडापत्रसहित सबैले अन्तर्राष्ट्रिय कानूनको पूर्ण सम्मानको महत्त्वमा जोड दिइरहेको बताएका छन्। उनले अमेरिकाको सैन्य कारबाहीले यसले "क्षेत्रको लागि चिन्ताजनक प्रभाव पार्ने" बताए। "भेनेजुएलाको अवस्थालाई ध्यानमा राख्दै, यी विकासहरूले खतरनाक उदाहरण प्रस्तुत गर्दछन्," विज्ञप्तिमा ...
:अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई अमेरिकी प्रशासनले नियन्त्रणमा लिएको घटनालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनको कडा आलोचना गरेकी छिन्। उनले उक्त कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै गरिएको 'अवैध' र 'अनावश्यक' कारबाहीको संज्ञा दिएकी छिन्। सामाजिक सञ्जाल प्लेटफर्म X मा धारणा सार्वजनिक गर्दै ह्यारिसले मादुरो 'क्रूर' र 'अवैध' शासक ...
— रुसको विदेश मन्त्रालयले भेनेजुएलाविरुद्धको अमेरिकी आक्रमणको निन्दा गरेको छ । उसले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । यस आक्रमणलाई जायज ठहराउन गरिएका बाहना न्यायसंगत छैनन् । विश्वासमा आधारित व्यवहारिक सम्बन्ध निर्माण गर्ने इच्छाशक्तिमाथि वैचारिक रूपमा प्रेरित शत्रुता हाबी भएको छ,' रूसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रूसले संकट समाधानका कुटनीतिक पहल ...
— अहिलेको संकटको समाधानका लागि शान्ति वार्ताको मध्यस्थता गर्न तयार छ,’ स्पेनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भेनेजुएलाको राजधानी काराकाससहितका क्षेत्रमा मध्यराति अमेरिकाले भयानक आक्रमण गरेको छ । अमेरिकी सेनाको डेल्टा फोर्सले यस आक्रमण गरेको हो । आक्रमणपछि भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नीलाई अमेरिकाले नियन्त्रणमा लिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका ...