मुख्य समाचार
अख्तियार प्रमुखलाई धम्की दिने पाठक फिलिपिन्समा पक्राउ
अख्तियार प्रमुखलाई धम्की दिने पाठक फिलिपिन्समा पक्राउ

— अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्युजन नोटिस जारी भएका उनलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बीआई) को फरार अभियुक्त खोजी युनिटले मालोलोस सहरबाट पक्राउ गरेको हो ।

बीआईले उनको फोटोसहितको विवरण वेबसाइटमा सार्वजनिक गरेको छ । जिल्ला अदालत, काठमाडौंमा १ डिसेम्बर २०२५ मा आपराधिक विश्वासघातको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसको विवरण बीआईसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा समेत पाठकविरुद्ध जबरजस्ती असुली र आपराधिक षडयन्त्रको आरोपमा डिफ्युजन नोटिस जारी भएको थियो ।

‘फिलिपिन्सको अध्यागमनले प्राप्त गरेको आधिकारिक सूचना अनुसार उनले फरार कैदीहरुलाई आत्मसमर्पण नगर्न उक्साउने, आर्थिक सहयोग दिने तथा हतियारसम्म पहुँच रहेको संकेत दिने अभिव्यक्ति दिएका थिए,’ अध्यागमनको वेबसाइटमा भनिएको छ, ‘उनी एक उच्चपदस्थ विदेशी सरकारी अधिकारीको हत्या गर्ने षडयन्त्रसँग पनि जोडिएको पाइएको छ ।’

फिलिपिन्सको अध्यागमन रेकर्ड अनुसार उनी १८ अगस्ट २०२५ मा त्यहाँ पुगेका थिए । उनलाई १८ डिसेम्बरसम्म त्यहाँ बसोबास गर्ने अनुमति थियो । पाठकलाई डिपोर्टको प्रक्रिया पूरा नभएसम्म अध्यागमनको हिरासतमा राखिने भनिएको छ ।


पाठकले आफूलाई उग्रवादी संगठनको प्रमुख भएको बताउँदै राईसहितको हत्या गर्ने धम्की दिएका थिए । उनका तीन जना साथीहरुलाईसमेत काठमाडौं प्रहरीले केहीअघि पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेका ...
: वुडसाइडका पुराना बासिन्दा एवं प्रतिष्ठित सामाजिक अभियन्ता सोमनाथ घिमिरेले न्यूयोर्क राज्य सभाको डिस्ट्रिक्ट ३० का लागि उम्मेदवारी घोषणा गरेका छन् । उनका मुख्य एजेन्डाहरूमा सुलभ आवास, गुणस्तरीय सार्वजनिक शिक्षा, श्रमिक हकहितको संरक्षण, र डिस्ट्रिक्ट ३० का सबै बासिन्दाहरूको समावेशी प्रतिनिधित्व रहेको उल्लेख छ। उम्मेदवारी घोषणा गर्दै घिमिरेले भने, "क्विन्स एउटा यस्तो ठाउँ हो जहाँ हरेक ...
— रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ । करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन भएकामा ‘डिएनए’ परीक्षणबाट भाटको मृत्यु भएको जानकारी आएका मेलौली नगरपालिका–७ का वडाअध्यक्ष रामचन्द्र भट्टले बताए । भाटको कहिले मृत्यु भएको हो भन्नेबारे यकिन ...
— सन् २०२५ को एक वर्षमा अमेरिकाबाट ४ सय ८४ नेपाली निष्कासित भएका छन् । अध्यागमनसम्बन्धी नियन्त्रण र नियमन गर्ने अमेरिकी निकाय यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले कागजातविहीन भएर गैरकानुनी रूपमा बसोबास गर्दै आएका ती नेपालीलाई चरणबद्ध निष्कासित गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा गैरकानुनी रूपमा बसोबास गर्दै आएका आप्रवासीलाई नियन्त्रण गर्ने, निष्कासित गर्ने र ...
— कतारी अमिरले जेलमा रहेकामध्ये १३ जना नेपालीलाई आममाफी दिएको छ । कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो । यसप्रति नेपालले कतारप्रति कृतज्ञता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मानवीय आधारमा प्रदान गरिएको आममाफीलाई नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्धमा गहिरिँदै गएको मित्रता र सौहार्दताको प्रतीकका रूपमा मूल्यांकन गरिएको उल्लेख ...