मुख्य समाचार
नेपाली राष्ट्रिय क्रिकेट टोलीले मनसुन सुरु हुनु अघि दुई टेस्ट राष्ट्रसँग घरेलु शृंखला खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीले मनसुन सुरु हुनु अघि दुई टेस्ट राष्ट्रसँग घरेलु शृंखला खेल्ने

— नेपाली राष्ट्रिय क्रिकेट टोलीले मनसुन सुरु हुनु अघि दुई टेस्ट राष्ट्रसँग घरेलु शृंखला खेल्ने भएको छ । वर्ष २०२६ का लागि क्यालेन्डर सार्वजनिक गर्दै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले दुई टेस्ट राष्ट्र नेपाल आएर खेल्न लागेको जानकारी गराएका छन् ।

क्यानको क्यालेन्डर अनुसार नेपालले मार्च १० देखि २५ सम्म ओमान र यूएई तथा मे ५ देखि १८ सम्म अमेरिका र स्कटल्यान्डसम्मिलित क्रिकेट विश्वकप लिग–२ का दुई शृंखला आयोजना गर्दै छ । एकदिवसीय विश्वकप छनोटको आधार रहेको लिग–२ का अगाडि र पछाडि नेपालले टेस्ट राष्ट्रलाई बोलाएर खेलाउने तयारी गरेको हो ।

‘विभिन्न टेस्ट राष्ट्रसँग समन्वय गरिररहेका छौं, यही टेस्ट राष्ट्र आउँछ भन्ने भन्दा पनि वर्षा सुरु हुनु अगाडि कम्तीमा दुई टेस्ट राष्ट्रलाई बोलाउने प्रयत्न गरिरहेका छौं,’ खड्काले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘क्रिकेट विश्वकप लिग–२ सुरु हुनु अगाडि र पछाडि दुई एकदिवसीय द्विपक्षीय शृंखला हुनेछ ।’

क्यान सचिव खड्काले कुन टेस्ट राष्ट्र भनेर भने खुलाएनन् । नेपाल लिग–२ मा २० खेलमा १२ अंकमात्र जोड्न सकेको छ र आठ राष्ट्रसम्मिलित प्रतियोगितामा सातौं स्थानमा छ । जसका कारण नेपालको एकदिवसीय अनतर्राष्ट्रिय मान्यता संकटमा छ । आउँदो दुई घरेलु शृंखलाले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय भविष्यको निर्क्योल गर्न सक्छ । सोक्रममा नेपाल ‘ए’ टिमले काठमाडौं आउने टोलीसँग अभ्यास खेल खेल्ने भएको छ ।

क्यानको क्यालेन्डरअनुसार ओमान र यूएईसँग घरेलु मैदानमा लिग–२ को शृंखला खेल्नु अगाडि नेपालले टेस्ट राष्ट्रसँग खेल्ने तालिका छ । अमेरिका र स्कटल्यान्डसँग घरेलु मैदानमा लिग–२ को शृंखला खेलेपछि चौथो टोली टेस्ट राष्ट्र समावेश गरेर ट्वान्टी–२० शृंखला आयोजना गर्ने तयारी क्यानको छ ।

जुलाईमा नेदरल्यान्ड्स गएर नेदरल्यान्ड्स र नामिबिया तथा अक्टोबरमा ओमान गएर ओमान र क्यानडासँग खेलेर नेपालले लिग–२ को यात्रा टुंग्याउने छ । तीन वर्षको लिग–२ साइकलमा सहभागी सबै टोलीले समान ३६ खेल खेल्ने छन् ।

जनवरीमा नेपालले महिला ट्वान्टी–२० विश्वकप छनोट आयोजना गर्दै छ । १० राष्ट्रसम्मिलित प्रतियोगितामा नेपाली महिला क्रिकेट टोली व्यस्त हुनेछ भने पुरुष टोली अर्को महिना भारतमा हुने ट्वान्टी–२० विश्वकपको तयारीमा छ । ट्वान्टी–२० विश्वकप तयारीको खाका १–२ दिनमै घोषणा हुने खड्काले बताए । नेपाल ट्वान्टी–२० विश्वकपको तयारीका लागि श्रीलंका जाने सम्भावना रहेको बताइएको छ ।



त्यस्तै नेपालले वर्ष २०२७ मा बंगलादेशसँग मिलेर आईसीसी यू–१९ विश्वकप क्रिकेट आयोजना गर्दै छ । त्यसका लागि नेपालले विशेषलक्षित गरी क्यालेन्डर तयार पारेको क्यानका क्रिकेट म्यानेजर विनोद दासले जनाए । क्यानले त्यसका लागि अप्रिलमा यू–१९ महिला त्रिकोणात्मक शृंखला आयोजना गर्दै छ भने यू–१९ राष्ट्रिय प्रतियोगिता सेप्टेम्बरमा हुनेछ । नेपालका नवनियुक्त महिला प्रशिक्षक हर्शल पाठक सबै प्रदेश गएर खेलाडी छनोट गरेर नेपालको यू–१९ टोली पनि हेर्नेछन् ।

नेपाल प्रिमियर लिग यसपालि एक महिना अगाडि अक्टोबर–नोभेम्बरमा हुनेछ । ‘हाम्रो क्यालेन्डर निकै व्यस्त छ, हामीले धेरै गृहकार्य गरेर यो तयार पारेका छौं,’ सचिव खड्काले भने, ‘हाम्रो क्यालेन्डर यति व्यस्त छ कि राष्ट्रिय खेलाडीले सबै प्रतियोगिता खेल्न नभ्याउन पनि सक्छन् ।’

मेमा महिला अन्तर्राष्ट्रिय शृंखला हुनेछ । राजधानीबाहिर पनि मैदानहरू निर्माण भइरहेकाले यो प्रतियोगिता मोफसलमा आयोजना गर्ने खड्काले जानकारी दिए । क्यानको क्यालेन्डरअनुसार सोमबारदेखि प्रधानमन्त्री कपका लागि जिल्ला छनोट सुरु हुँदै छ । राष्ट्रिय प्रतियोगिता मार्चमा हुनेछ । जय ट्रफी फेब्रुअरीमा हुनेछ । वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अप्रिलमा हुनेछ ।

महिला राष्ट्रिय प्रतियोगिता मे २ देखि २० सम्म हुनेछ । क्यानले जुलाईमा लेभल–२ कोचिङ कोर्स र अगस्टमा लेभल १ अम्पायरिङ कोर्स गर्ने जनाएको छ । अगस्टमा नेपालले एसीसी प्रिमियर कप खेल्ने छ भने कुवेतसँगको शृंखला पनि खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम