मुख्य समाचार
भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले न्यूयोर्क ल्याएको छ
भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले न्यूयोर्क ल्याएको छ

— भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले न्यूयोर्क ल्याएको छ।

उनीहरूलाई न्यूयोर्क राज्यस्थित स्टिवार्ट एयर नेशनल गार्ड बेसबाट हेलिकोप्टरमार्फत म्यानहट्टनस्थित डीईए (ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन) कार्यालय लगिएको थियो । त्यसपछि दुवैलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरोको आँखामा पट्टी बाँधिएको तस्बिर सार्वजनिक गरेका थिए। मदुरोलाई इवो जिमा नामक पानीजहाजमार्फत न्यूयोर्क ल्याइँदै गरिएको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भेनेजुएलामा अमेरिकाको सैन्य कारबाहीबाट आफू गहिरो चिन्तित भएको बताएका छन्। बीबीसीका अनुसार महासचिवले संयुक्त राष्ट्र संघको बडापत्रसहित सबैले अन्तर्राष्ट्रिय कानूनको पूर्ण सम्मानको महत्त्वमा जोड दिइरहेको बताएका छन्। उनले अमेरिकाको सैन्य कारबाहीले यसले "क्षेत्रको लागि चिन्ताजनक प्रभाव पार्ने" बताए। "भेनेजुएलाको अवस्थालाई ध्यानमा राख्दै, यी विकासहरूले खतरनाक उदाहरण प्रस्तुत गर्दछन्," विज्ञप्तिमा ...
: अमेरिकाले भेनेजुएलाको राजधानीमा आक्रमण गरेको छ। बढ्दो तनावका बीच अमेरिकाले भेनेजुएलाको राजधानीस्थित सैनिक क्षेत्रहरूमा आक्रमण गरेको हो। प्रत्यक्षदर्शीहरूका अनुसार शहरको बीचभागमा रहेको सैन्य हवाई अड्डा ‘ला कार्लोटा’ र मुख्य सैन्य अड्डा ‘फुएर्ते तिउना’मा आक्रमण गरिएको हो। यी दुवै स्थानमा भएको भनिएका धमाकाका भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। बीबीसीका अमेरिकास्थित समाचार साझेदार सीबीएस न्युजले स्रोतहरूलाई ...
:अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई अमेरिकी प्रशासनले नियन्त्रणमा लिएको घटनालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनको कडा आलोचना गरेकी छिन्। उनले उक्त कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै गरिएको 'अवैध' र 'अनावश्यक' कारबाहीको संज्ञा दिएकी छिन्। सामाजिक सञ्जाल प्लेटफर्म X मा धारणा सार्वजनिक गर्दै ह्यारिसले मादुरो 'क्रूर' र 'अवैध' शासक ...
— रुसको विदेश मन्त्रालयले भेनेजुएलाविरुद्धको अमेरिकी आक्रमणको निन्दा गरेको छ । उसले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । यस आक्रमणलाई जायज ठहराउन गरिएका बाहना न्यायसंगत छैनन् । विश्वासमा आधारित व्यवहारिक सम्बन्ध निर्माण गर्ने इच्छाशक्तिमाथि वैचारिक रूपमा प्रेरित शत्रुता हाबी भएको छ,' रूसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रूसले संकट समाधानका कुटनीतिक पहल ...
— अहिलेको संकटको समाधानका लागि शान्ति वार्ताको मध्यस्थता गर्न तयार छ,’ स्पेनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भेनेजुएलाको राजधानी काराकाससहितका क्षेत्रमा मध्यराति अमेरिकाले भयानक आक्रमण गरेको छ । अमेरिकी सेनाको डेल्टा फोर्सले यस आक्रमण गरेको हो । आक्रमणपछि भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नीलाई अमेरिकाले नियन्त्रणमा लिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका ...