मुख्य समाचार
पुष्पकमल दाहाल आज दिल्ली जाँदै
पुष्पकमल दाहाल आज दिल्ली जाँदै

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल आज दिल्ली जाँदैछन् ।

नेकपा निकट प्रवासी नेपाली समाजको कार्यक्रममा सहभागी हुन आज दिउँसो दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत दलको एकता भएपछि भारतमा रहेका प्रवासी नेपाली संगठनहरुको एकता सन्देश सभालाई सम्बोधन गर्न उनी दिल्ली जान लागेका हुन् ।

दिल्ली भ्रमणमाका क्रममा औपचारिक रुपमा भारतीय अधिकारीहरूसँग भेटघाट गर्ने भने कार्यक्रम नरहेको सचिवालयले जनाएको छ । सचिवालयले भन्यो , दिल्ली भ्रमणका आइतबार गएर सोमबार फर्किने कार्यक्रम छ। दिल्लीमा भारतीय अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छैन।

नेपालमा चुनावी गतिविधि तीव्र भइरहेका बेला दाहालको भारत भ्रमणलाई कतिपयले चासोपूर्वक हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बहुवर्षीय आयोजनाको स्रोत सहमतिसम्बन्धी मापदण्ड, २०८२ लागू भएसँगै विभिन्न मन्त्रालय र मातहतका निकायले राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजना अघि सार्न थालेका छन् । अर्थ मन्त्रालयले १३ पुसमा बहुवर्षीय आयोजनाको स्रोत सहमतिसम्बन्धी मापदण्ड लागू गरेसँगै चालु आर्थिक वर्षमा काम हुने ठूला आयोजनाका लागि स्रोत सहमति माग्न थालिएको हो । अर्थले राष्ट्रिय आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट र ...
: मोरङको सुन्दरहरैँचामा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सुन्दरहरैँचा नगरपालिका–६ चन्द्रसूर्य टोल रिङरोडस्थित भित्री सडक खण्डमा साँझ ६:३० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। गछियाबाट चन्द्रसूर्य टोलतर्फ जाँदै गरेको को ३४ प ६४५४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीवन गिरी ...
: नेपाली कांग्रेका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग बेवारिसे हुन नदिने बताएका छन्। कानुनविद्हरूसँग शनिबार छलफल गर्दै उनीहरूले केन्द्रले नबोलाए पनि आफूहरूले माग बेवारिसे हुन नदिने बताएका हुन्। 'विधानबमोजिम ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेपछि विशेष महाधिवेशन बाध्यकारी छ भन्नेमा हामी स्पष्ट छौं। अझै पनि हाम्रो प्रयास केन्द्रले आफैं बोलाउनुपर्छ ...
: कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बदर मतको संख्या घटाउन राजनीतिक दल र निर्वाचन आयोग दुवैको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। उनले मतदान प्रक्रियाबारे मतदातालाई प्रभावकारी रूपमा जानकारी गराउन मतदाता शिक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। अन्नपूर्णसँगको कुराकानीमा भण्डारीले बदर मत घटाउन आयोग गम्भीर तयारीमा जुटेको बताए। ‘विगतको निर्वाचनभन्दा ८८५ वटा मतदान केन्द्र थप गरिएको छ। ...
: सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जल पंक्षीहरूको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले कञ्चनपुरमा आजदेखि जल पंक्षी गणना सुरु गरिएको छ। नेपाल पंक्षी संरक्षण संघ (बिसिएन)को समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका जलाशय, तालतलैया, सिमसार क्षेत्र तथा निकुञ्ज बाहिरका नदी, ताल र सिमसार क्षेत्रमा जलपंक्षी गणनाका लागि गणक परिचालन ...