मुख्य समाचार
भेनेजुएलामा डिल्सी रोड्रिग्वेज कार्यकारी राष्ट्रपति नियुक्त
भेनेजुएलामा डिल्सी रोड्रिग्वेज कार्यकारी राष्ट्रपति नियुक्त

— भेनेजुएलाको सर्वोच्च अदालतले शनिबार उपराष्ट्रपति डिल्सी रोड्रिग्वेजलाई कार्यकारी राष्ट्रपति तोकेको छ।

राष्ट्रपति निकोलास मदुरो अनुपस्थित रहेको अवस्थामा सरकार सञ्चालन गर्ने सम्पूर्ण अधिकार रोड्रिग्वेजलाई प्रदान गरिएको अदालतको फैसलामा उल्लेख छ।

यसअघि शनिबार नै राष्ट्रपति मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको थियो। हाल उनीहरूलाई अमेरिकाको न्यूयोर्कस्थित ब्रुकलिन हिरासत केन्द्रमा राखिएको जनाइएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यस आक्रमणपछि शान्ति कायम नभएसम्म भेनेजुएलाको शासनसत्ता अमेरिकाले नै सञ्चालन गर्ने दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी सेनाको कारबाहीमा नियन्त्रणमा लिइएका भेनेजुएलाका निवर्तमान राष्ट्रपति निकोलस मदुरोलाई सोमबार म्यानहटन संघीय अदालतमा उपस्थित गराइने भएको छ । उनलाई 'नार्को-टेरोरिजम' (लागुऔषध आतंकवाद) सम्बन्धी गम्भीर अभियोगमा सुनुवाइका लागि अदालत लैजान लागिएको हो । अमेरिकी सैन्य टोलीले गत सप्ताहान्तमा भेनेजुएलाको राजधानी काराकासबाट ६३ वर्षीय मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई एउटा ‘सरप्राइज रेड’ मार्फत नियन्त्रणमा लिएको ...
— अमेरिकी सेनाको कारबाहीमा राष्ट्रपति निकोलस मदुरो पक्राउ परेपछि भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजले अमेरिकासँग 'साझा विकास'का लागि सहकार्यको प्रस्ताव गरेकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा थप सैन्य प्रहार हुनसक्ने चेतावनी दिइरहेका बेला रोड्रिग्वेजको यस्तो नरम प्रतिक्रिया आएको हो । शनिबार अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा छापा मारी मदुरोलाई नियन्त्रणमा लिएको थियो । सुरुमा ...
— क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेलले भेनेजुएलाविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीको खुलेर विरोध गर्दै हवानामा आयोजित प्रदर्शनको नेतृत्व गरेका छन् । क्युबाको कम्युनिस्ट पार्टी (पीसीसी) का प्रथम सचिवसमेत रहेका कानेल शनिबार बिहान ‘एन्टी–इम्पेरियलिस्ट प्लेटफर्म’ मा आयोजित विरोध सभामा अग्रपंक्तिमा उभिएका थिए । हवानाको ‘एन्टी–इम्पेरियलिस्ट ट्रिब्युन’ स्थलमा भएको सभामा क्युबाली उच्च नेतृत्वका साथै भेनेजुएलाका कूटनीतिक प्रतिनिधिको उपस्थिति थियो ...
— भेनेजुएलामा निकोलस मदुरोलाई सत्ताच्युत गर्न गरिएको अमेरिकी सैन्य कारबाहीको भोलिपल्टै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वैदेशिक रणनीतिको अर्को लक्ष्य संकेत गरेका छन् । सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले डेनमार्कको अधिनमा रहेको ग्रीनल्यान्डमा अमेरिकी नियन्त्रण हुनुपर्ने दाबी दोहोर्‍याएका छन् भने कोलम्बिया र क्युबालाई समेत चेतावनी दिएका छन् । ग्रीनल्यान्डमा अमेरिकी दाबी फ्लोरिडाबाट वासिङ्टन फर्कने क्रममा ट्रम्पले ग्रीनल्यान्ड अमेरिकी राष्ट्रिय सुरक्षाका ...
— नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा किसान र माछा बोकेको डुंगा पल्टिँदा कम्तीमा २६ जनाको नदीमा डुबेर मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन् । शनिबार राति जिगावा राज्यबाट योबे राज्यतर्फ जाँदै गरेको डुंगा दुर्घटनामा परेको जानकारी योबे राज्यको आपतकालीन व्यवस्थापन निकायका कार्यकारी निर्देशक मोहम्मद गोजेले दिए । 'आपतकालीन स्वयंसेवक र उद्धार टोलीले अहिलेसम्म २६ जनाको ...