— आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ ।
शनिबार सम्पन्न पार्टीको क्षेत्रीय कमिटि बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारमा अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो।
झापा-५ का लागि सर्वसम्मत रुपमा अध्यक्ष ओलीको नाम सिफारिस गरिएको एमाले झापाका सचिव तुलसी कार्कीले बताए। झापा ५ ओलीको गृहक्षेत्र हो । उनी २०७९ र २०७४को निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।
यसैगरी, झापा-३ मा पनि अध्यक्ष ओलीकै नाम सिफारिस गर्नुपर्ने आवाज तिब्र रुपमा उठेको छ । ‘उपस्थित सम्पूर्ण सदस्यहरुले केन्द्रीय अध्यक्ष उठ्नुभयो भने जिताउन सकिन्छ भनिरहनुभएको छ । यसमा सबैको एकमत पनि छ,’ एमाले कोशी प्रदेश सल्लाहकार समिति सदस्य माधव विद्रोहीले भने ।