मुख्य समाचार
अमेरिकाले शनिबार भेनेजुएलामाथि गरेको आक्रमणका क्रममा कम्तीमा ४० जनाको मृत्यु
अमेरिकाले शनिबार भेनेजुएलामाथि गरेको आक्रमणका क्रममा कम्तीमा ४० जनाको मृत्यु

— अमेरिकाले शनिबार भेनेजुएलामाथि गरेको आक्रमणका क्रममा कम्तीमा ४० जनाको मृत्यु भएको छ ।

भेनेजुएलाका एक शीर्ष अधिकारीले न्युयोर्क टाइम्स लाई यस्तो जानकारी दिएका हुन् ।

उक्त आक्रमणमा अमेरिकी सेनाका कुनै पनि सदस्यको मृत्यु नभएको जनाइएको छ। यद्यपि केही व्यक्ति घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको सीबीएस न्युज ले जनाएको छ।

आक्रमणपछि अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको जनाएको छ। उनीहरूलाई शनिबार दिउँसो न्युयोर्क ल्याइएको अमेरिकी पक्षले जानकारी दिएको छ।

मदुरो पक्राउ परेपछि भेनेजुएलाको सर्वोच्च अदालतले शनिबार उपराष्ट्रपति डिल्सी रोड्रिग्वेजलाई कार्यकारी राष्ट्रपति नियुक्त गरेको छ।

राष्ट्रपतिको अनुपस्थितिमा सरकार सञ्चालन गर्ने अधिकार उनलाई प्रदान गरिएको अदालतको फैसलामा उल्लेख छ।



यसैबीच, शनिबार फ्लोरिडाको मियामीस्थित आफ्नै रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति कायम नभएसम्म भेनेजुएलाको शासनसत्ता अमेरिका स्वयंले सञ्चालन गर्ने दाबी गरेका छन्। तर भेनेजुएलाका अधिकारीहरूले अमेरिकासँग आत्मसमर्पण नगर्ने अडान दोहोर्‍याउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भेनेजुएलामा अमेरिकाको सैन्य कारबाहीबाट आफू गहिरो चिन्तित भएको बताएका छन्। बीबीसीका अनुसार महासचिवले संयुक्त राष्ट्र संघको बडापत्रसहित सबैले अन्तर्राष्ट्रिय कानूनको पूर्ण सम्मानको महत्त्वमा जोड दिइरहेको बताएका छन्। उनले अमेरिकाको सैन्य कारबाहीले यसले "क्षेत्रको लागि चिन्ताजनक प्रभाव पार्ने" बताए। "भेनेजुएलाको अवस्थालाई ध्यानमा राख्दै, यी विकासहरूले खतरनाक उदाहरण प्रस्तुत गर्दछन्," विज्ञप्तिमा ...
: अमेरिकाले भेनेजुएलाको राजधानीमा आक्रमण गरेको छ। बढ्दो तनावका बीच अमेरिकाले भेनेजुएलाको राजधानीस्थित सैनिक क्षेत्रहरूमा आक्रमण गरेको हो। प्रत्यक्षदर्शीहरूका अनुसार शहरको बीचभागमा रहेको सैन्य हवाई अड्डा ‘ला कार्लोटा’ र मुख्य सैन्य अड्डा ‘फुएर्ते तिउना’मा आक्रमण गरिएको हो। यी दुवै स्थानमा भएको भनिएका धमाकाका भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। बीबीसीका अमेरिकास्थित समाचार साझेदार सीबीएस न्युजले स्रोतहरूलाई ...
:अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई अमेरिकी प्रशासनले नियन्त्रणमा लिएको घटनालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनको कडा आलोचना गरेकी छिन्। उनले उक्त कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै गरिएको 'अवैध' र 'अनावश्यक' कारबाहीको संज्ञा दिएकी छिन्। सामाजिक सञ्जाल प्लेटफर्म X मा धारणा सार्वजनिक गर्दै ह्यारिसले मादुरो 'क्रूर' र 'अवैध' शासक ...
— रुसको विदेश मन्त्रालयले भेनेजुएलाविरुद्धको अमेरिकी आक्रमणको निन्दा गरेको छ । उसले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । यस आक्रमणलाई जायज ठहराउन गरिएका बाहना न्यायसंगत छैनन् । विश्वासमा आधारित व्यवहारिक सम्बन्ध निर्माण गर्ने इच्छाशक्तिमाथि वैचारिक रूपमा प्रेरित शत्रुता हाबी भएको छ,' रूसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रूसले संकट समाधानका कुटनीतिक पहल ...
— अहिलेको संकटको समाधानका लागि शान्ति वार्ताको मध्यस्थता गर्न तयार छ,’ स्पेनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भेनेजुएलाको राजधानी काराकाससहितका क्षेत्रमा मध्यराति अमेरिकाले भयानक आक्रमण गरेको छ । अमेरिकी सेनाको डेल्टा फोर्सले यस आक्रमण गरेको हो । आक्रमणपछि भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नीलाई अमेरिकाले नियन्त्रणमा लिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका ...