मुख्य समाचार
नेपाल क्रिकेट सङ्घ (क्यान) राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता समेटिएको वार्षिक खेल तालिका सार्वजनिक
नेपाल क्रिकेट सङ्घ (क्यान) राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता समेटिएको वार्षिक खेल तालिका सार्वजनिक

— नेपाल क्रिकेट सङ्घ (क्यान) राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता समेटिएको वार्षिक खेल तालिका सार्वजनिक गरेको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता समेटिएको वार्षिक क्यालेन्डर सार्वजनिक गरेका हुन्।

क्यालेन्डरको राष्ट्रिय प्रतियोगितामा जनवरीमा पुरुष प्रधानमन्त्री कपबाट हुनेछ। जसअन्तर्गत जनवरी ५ देखि २५ तारिखसम्म जिल्ला चरण र जनवरी २५ देखि फेब्रुअरी १० सम्म प्रदेश चरणका खेलहरू आयोजना गरिनेछन् ।

त्यस्तै, फेब्रुअरीमा पुरुष प्रधानमन्त्री कप प्रदेश चरण निरन्तरता पाउनेछ भने फेब्रुअरी १२ देखि २२ सम्म जय ट्रफी आयोजना हुनेछ। यही महिनामा राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको जिल्ला चरण पनि सञ्चालन हुनेछ ।

त्यस्तै मार्चमा पुरुष प्रधानमन्त्री कपको राष्ट्रिय चरण मार्च २८ देखि अप्रिल २२ सम्म सञ्चालन हुनेछ । यसै अवधिमा राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको प्रदेश चरण तथा महिला प्रधानमन्त्री कपको जिल्ला चरण आयोजना गरिने क्यालेन्डरमा उल्लेख छ ।

अप्रिलमा महिला प्रधानमन्त्री कपको प्रदेश चरण, पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको जिल्ला तथा प्रदेश चरण र अन्य क्यान कार्यक्रम सञ्चालन हुनेछन् ।

मे महिनामा महिला प्रधानमन्त्री कपको राष्ट्रिय चरण मे २ देखि २० सम्म आयोजना हुनेछ । यहीमहिना राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको राष्ट्रिय चरण तथा यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता र क्यान युथ क्याम्प आयोजना हुनेछन् ।



जून महिनामा सातै प्रदेशमा क्यान लेभल १ कोचिङ कोर्स सञ्चालन गरिनेछ भने जून १५ देखि २५ सम्म राष्ट्रिय टी–२० च्याम्पियनसिप आयोजना गरिनेछ ।

जुलाईमा क्यान लेभल २ कोचिङ कोर्स तथा पिच क्युरेटर कोर्स सञ्चालन हुनेछन् । अगस्ट महिनामा क्यान लेभल १ अम्पायरिङ कोर्स आयोजना गरिनेछ । सेप्टेम्बरदेखि अक्टोबरसम्म महिला लङ्गर फर्म्याट प्रतियोगिता आयोजना गर्ने प्रस्ताव गरिएको छ ।

अक्टोबरदेखि नोभेम्बरसम्म नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना हुने क्यालेन्डरमा समावेश गरिएको छ ।

अक्टोबरमै यू–१६ बोइज/गर्ल्सको राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप, अन्तरविद्यालय तथा कलेजस्तरीय लङ्गर फम्र्याट प्रतियोगिता र क्षेत्रीय टुर्नामेन्टहरू आयोजना हुनेछन् । डिसेम्बर महिनामा पनि क्षेत्रीय टुर्नामेन्टहरू सञ्चालन हुनेछन् ।

त्यसैगरी, अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा जनवरीमा आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट नेपालमै आयोजना हुँदैछ। फेब्रुअरीमा नेपाली पुरुष टोलीले टी–२० विश्वकप खेल्दैछ।

मार्चमा पुरुष टिमले आइसिसी लिग २ को शृङ्खला खेल्नेछ। महिला टोलीले पनि बाइल्याटरल सिरिज खेल्ने क्यानले जनाएको छ । यू–१९ टिमले भुटानको भ्रमण गर्ने पनि उल्लेख छ ।

अप्रिलमा नेपाल ‘ए’को शृङ्खला हुनेछ भने महिलाको पनि शृङ्खला हुनेछ । यू–१९ महिलाको पनि शृङ्खला समावेश छ । जुलाइमा पुरुष टोलीको लिग २ शृङ्खला हुनेछ । महिला एसिया कप पनि हुनेछ । यू–१६ इस्ट जोन कप पनि यसै महिना हुनेछ ।

अगस्टमा पुरुषको एसीसी प्रिमियर कप हुनेछ भने कुवेतसँग टी–२०आई शृङ्खला पनि हुनेछ । टप एन्डमा यस वर्ष पनि सहभागिता जनाउने उल्लेख छ । सेप्टेम्बरमा पुरुष टोलीको बाइल्याटरल सिरिज हुनेछ भने महिलाको पनि युएईसँग शृङ्खला हुनेछ ।

अक्टोबरमा पुरुष टिमको लिग २ शृङ्खला हुनेछ भने महिला टिमको पनि त्रिदेशीय शृङ्खला हुने उल्लेख छ। नोभेम्बरमा नेपाल प्रिमियर लिग क्रिकेट हुनेछ भने डिसेम्बरमा महिला र पुरुष दुवैको अन्तरराष्ट्रिय शृङ्खला हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...