मुख्य समाचार
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै कारले घिसारेर फरार भएका चालक र कारलाई शनिबार प्रहरीले पक्राउ
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै कारले घिसारेर फरार भएका चालक र कारलाई शनिबार प्रहरीले पक्राउ

— नवलपुरवाट हेटौंडा बजारतर्फ आउँदै गरेको कारलाई ट्राफिक प्रहरीले मादक पदार्थ सेवन चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै कारले घिसारेर फरार भएका चालक र कारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडा उप–महानगरपालिका–११ थानाभर्‍याङस्थित जिल्ला ट्राफिक कार्यालयका प्रहरी टोलीले शुक्रबार राति कार रोकेर व्रेथलाईजर मेसिनबाट मादक पदार्थ सेवन चेकजाँच गर्न लाग्दा कार चालकले एक्कासी सिसा बन्द गरेर प्रहरीलाई १० मिटर परसम्म सडकमा घिसारेर भागेका थिए ।

कारले सडकमा घिसारेर लैजादा प्रहरीको टाउको, हात र खुट्टामा चोट लागेको छ । प्रहरीको टाउकोमा १८ वटा टाका लगाइएको छ । उनको उपचार हेटौंडास्थित सहकारी अस्पतालमा भइरहेको छ ।

प्रहरीले चेकजाँच गर्न खोज्दा प्रहरीलाई घाइते बनाउने कारको खोजतलास गर्ने क्रममा शनिबार चितवन भरतपुरवाट बा ६ च ८४०९ नम्बरको कार र हेटौंडा उपमहानगरपालिका–५ गर्दौईका ४६ वर्षीय चालक बासुदेव आचार्यलाई कारमा रहेको ब्रेथलाईजर मेसिनसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता पुस्कर बोगटीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोरङको सुन्दरहरैँचामा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सुन्दरहरैँचा नगरपालिका–६ चन्द्रसूर्य टोल रिङरोडस्थित भित्री सडक खण्डमा साँझ ६:३० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। गछियाबाट चन्द्रसूर्य टोलतर्फ जाँदै गरेको को ३४ प ६४५४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीवन गिरी ...
: नेपाली कांग्रेका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग बेवारिसे हुन नदिने बताएका छन्। कानुनविद्हरूसँग शनिबार छलफल गर्दै उनीहरूले केन्द्रले नबोलाए पनि आफूहरूले माग बेवारिसे हुन नदिने बताएका हुन्। 'विधानबमोजिम ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेपछि विशेष महाधिवेशन बाध्यकारी छ भन्नेमा हामी स्पष्ट छौं। अझै पनि हाम्रो प्रयास केन्द्रले आफैं बोलाउनुपर्छ ...
: कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बदर मतको संख्या घटाउन राजनीतिक दल र निर्वाचन आयोग दुवैको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। उनले मतदान प्रक्रियाबारे मतदातालाई प्रभावकारी रूपमा जानकारी गराउन मतदाता शिक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। अन्नपूर्णसँगको कुराकानीमा भण्डारीले बदर मत घटाउन आयोग गम्भीर तयारीमा जुटेको बताए। ‘विगतको निर्वाचनभन्दा ८८५ वटा मतदान केन्द्र थप गरिएको छ। ...
: सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जल पंक्षीहरूको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले कञ्चनपुरमा आजदेखि जल पंक्षी गणना सुरु गरिएको छ। नेपाल पंक्षी संरक्षण संघ (बिसिएन)को समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका जलाशय, तालतलैया, सिमसार क्षेत्र तथा निकुञ्ज बाहिरका नदी, ताल र सिमसार क्षेत्रमा जलपंक्षी गणनाका लागि गणक परिचालन ...
:मोरङको रंगेली नगरपालिका–७ मा रहेको ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र मानिने संसारीमाई मन्दिरमा चोरी भएको छ । देवीप्रति गहिरो श्रद्धा राख्ने हजारौँ भक्तजनको आस्थासँग जोडिएको मन्दिरमा अज्ञात समूहले रातको समयमा योजनाबद्ध रूपमा प्रवेश गरी मूर्ति,गरगहना र नगद चोरी गरेको पाइएको हो । घटना सार्वजनिक भएपछि स्थानीय समुदायमा आक्रोश र चिन्ता छाएको छ । मोरङ प्रहरीका ...