मुख्य समाचार
स्वास्थ्य शिविरमा ४ सय २४ जनाको परीक्षण
स्वास्थ्य शिविरमा ४ सय २४ जनाको परीक्षण

— जिल्ला अस्पताल दिक्तेलमा बिहीबार भएको महिलाको प्रजनन स्वास्थ्य शिविरमा २२ जनामा पाठेघरको मुखको भीआईए पोजिटिभ देखिएको छ । ३ सय १० जना महिलाको स्वास्थ्य परीक्षण गर्दा २२ जनामा त्यस्तो समस्या देखिएको हो ।

शिविरमा खार्मी, पाथेका, नेर्पा, दोर्पा, सोल्मा, दिक्तेल, विजयखर्क, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ४ सय २४ बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यका अनुसार थर्मोकोगुलेसन गर्दा समेत पोजिटिभ नै देखिएकाले पाठेघरको मुखको क्यान्सर हुन सक्ने सम्भावना भएकाले थप परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा बोलाइएको छ ।

शिविरमा ९१ जनाको आङ खस्ने समस्या भएको फेला परेको छ । यसमध्ये २५ जनाको रिङपेसरी लगाइएको र अन्य २० जनाको शल्यक्रिया गर्नुपर्ने भएकाले उनीहरूलाई नगरपालिकाले बनेपा लैजाने आचार्यले सुनाए ।

स्क्रिनिङमा शल्यक्रिया गर्नुपर्ने देखिएका बिरामीलाई माघ पहिलो सातासम्ममा बनेपा लगिने आचार्यले बताए । उनीहरूको उपचार निःशुल्क गरिनेछ । महिला प्रजनन अंगको संक्रमण ५६ जनामा देखिएको थियो ।

पुस १८ र १९ गते रावाबेसी गाउँपालिका र पुस २० र २१ गते हलेसी तुवाचुङ नगरपालिकामा शिविर सञ्चालन गरिने सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरका कार्यक्रम को–अर्डिनेटर हरिहर उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उच्च अदालत पाटनले वैदेशिक रोजगारमा जाने श्रमिकको विस्तार गरिएको स्वास्थ्य परीक्षण र शुल्क खारेज गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीको निणर्यविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय ऋषिराज भण्डारी र शिवबहादुर रानाभाटको संयुक्त इजलासले बिहीबार अन्तरिम आदेश दिनु नपर्ने आदेश दिएको हो । नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले श्रममन्त्री ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी (सीडिओ) कुमान सिंह गुरुङसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पर्वतको कुस्मा नगरपालिका-७ को खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवनको भुक्तानी गर्दा वदनियतपूर्ण साँठगाँठमा गैरकानूनी लाभ र स्वार्थको आधारमा भएको भन्दै अख्तियारले उनीहरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। गुरुङ तत्कालीन समयमा कुस्मा ...
— सुनसरीको कोशी गाउँपालिका–१, पुरी टोलका ४५ वर्षीय विजय साहको जीविकोपार्जनको एक मात्र आधार थियो, सिटी रिक्सा । त्यही रिक्सा चलाएर उनी ६ जनाको परिवार पाल्थे । बुधबार मध्यराति सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको गोलीबाट उनी ढले । उनको मृत्युले परिवारमा शोक मात्रै थपेको छैन, घर चलाउने एक मात्र आधार नै खोसिएको छ । पुरी टोल भारतीय ...
— माइती नेपालले एक वर्षको अवधिमा २ सय ८४ महिला तथा बालबालिकालाई बर्दियाका विभिन्न सीमा नाकाबाट उद्धार गरेको गरेको जनाएको छ । गुलरियामा बिहीबार आयोजित मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सञ्चारकर्मीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा माइती नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२५ मा जोखिमपुर्ण यात्रामा रहेका २ सय ८४ महिला तथा बालबालिकालाई सीमाबाट उद्धार गरी ...
: झापाको सदरमुकाम भद्रपुरमा सञ्चालित औषधि पसलहरूमा म्याद गुज्रिएका औषधिहरू पसलमै राखेर बेच्ने गरेको पाइएको छ। भद्रपुर नगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिले नगर क्षेत्रका औषधि पसलहरूको अनुगमन गर्ने क्रममा त्यस्तो पाएको हो। औषधि पसलहरूले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने उद्देश्यले म्याद गुज्रिएका औषधिहरू पसलमै राखेर बेच्ने र सरसफाइमा समेत ध्यान नदिएको अनुगमनको क्रममा फेला परेको ...