मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनमा कालीकोटमा नेकपाका संयोजक पुष्पकमल दाहालको नाम सिफारिस
प्रतिनिधिसभा निर्वाचनमा कालीकोटमा नेकपाका संयोजक पुष्पकमल दाहालको नाम सिफारिस

— फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा कालीकोटमा नेकपाका संयोजक पुष्पकमल दाहालको नाम सिफारिस भएको छ । बिहीबार बसेको पार्टीको क्षेत्रीय समिति बैठकले प्रत्यक्षतर्फ दाहालको नाम मात्र सिफारिस गरेको हो ।

यद्यपि संयोजक दाहाललाई हालसम्म १० वटा क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरिएको छ । गत आम निर्वाचनमा गोरखा-२ बाट निर्वाचित भएका उनी यसपटक उम्मेदवार हुने जिल्ला र क्षेत्र निश्चित भइसकेको छैन ।

२०६४ यता लगातार माओवादीले जित्दै आएको कालीकोटमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका नेता खड्कबहादुर विश्वकर्मा पनि चुनाव लड्ने चर्चा रहेको छ ।

कालीकोटबाट कांग्रेस युवा भुपेन्द्रजङ शाही, रास्वपाबाट प्रकाश न्यौपाने भकरान्तैले उम्मेदवारी घोषणा गरिसकेका छन् भने अन्य दलबाट भने उम्मेदवार सिफारिस हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उच्च अदालत पाटनले वैदेशिक रोजगारमा जाने श्रमिकको विस्तार गरिएको स्वास्थ्य परीक्षण र शुल्क खारेज गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीको निणर्यविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय ऋषिराज भण्डारी र शिवबहादुर रानाभाटको संयुक्त इजलासले बिहीबार अन्तरिम आदेश दिनु नपर्ने आदेश दिएको हो । नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले श्रममन्त्री ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी (सीडिओ) कुमान सिंह गुरुङसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पर्वतको कुस्मा नगरपालिका-७ को खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवनको भुक्तानी गर्दा वदनियतपूर्ण साँठगाँठमा गैरकानूनी लाभ र स्वार्थको आधारमा भएको भन्दै अख्तियारले उनीहरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। गुरुङ तत्कालीन समयमा कुस्मा ...
— सुनसरीको कोशी गाउँपालिका–१, पुरी टोलका ४५ वर्षीय विजय साहको जीविकोपार्जनको एक मात्र आधार थियो, सिटी रिक्सा । त्यही रिक्सा चलाएर उनी ६ जनाको परिवार पाल्थे । बुधबार मध्यराति सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको गोलीबाट उनी ढले । उनको मृत्युले परिवारमा शोक मात्रै थपेको छैन, घर चलाउने एक मात्र आधार नै खोसिएको छ । पुरी टोल भारतीय ...
— माइती नेपालले एक वर्षको अवधिमा २ सय ८४ महिला तथा बालबालिकालाई बर्दियाका विभिन्न सीमा नाकाबाट उद्धार गरेको गरेको जनाएको छ । गुलरियामा बिहीबार आयोजित मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सञ्चारकर्मीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा माइती नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२५ मा जोखिमपुर्ण यात्रामा रहेका २ सय ८४ महिला तथा बालबालिकालाई सीमाबाट उद्धार गरी ...
: झापाको सदरमुकाम भद्रपुरमा सञ्चालित औषधि पसलहरूमा म्याद गुज्रिएका औषधिहरू पसलमै राखेर बेच्ने गरेको पाइएको छ। भद्रपुर नगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिले नगर क्षेत्रका औषधि पसलहरूको अनुगमन गर्ने क्रममा त्यस्तो पाएको हो। औषधि पसलहरूले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने उद्देश्यले म्याद गुज्रिएका औषधिहरू पसलमै राखेर बेच्ने र सरसफाइमा समेत ध्यान नदिएको अनुगमनको क्रममा फेला परेको ...