मुख्य समाचार
नुवाकोटको शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
नुवाकोटको शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

— लायन्स क्लब इन्टरनेशनल फाउन्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई बिहीबार एक करोड ७६ लाख २० हजार रुपैयाँबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

लायन्स क्लब इन्टरनेशनलका निवर्तमान निर्देशक बालकृष्ण बुर्लाकोटी, लायन्सको ‘डिस्ट्रिक्ट गभर्नर’ विनोद ढुंगाना र परियोजना संयोजक एवं ‘लायन्स क्लब अफ ओमकारका प्रेसिडेन्ट रामहरि सिलवालसहितको टोलीले गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया र उपाध्यक्ष वीरबहादुर तामाङलगायतलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

शिवपुरी–५, चालिसेस्थित अस्पतालमा लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेशनका साथै ‘लायन्स क्लब अफ ओमकार’ र ‘लायन्स क्लब अफ मिडटाउन’को सहयोगमा संकलित ती स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
कैलालीको गेटा अस्पतालमा दूरबीन पद्धतिबाट शल्यक्रिया सेवा सुरु
— पोर्चुगलमा कोभिड–१९ खोप अभियान सुरु भएको पाँच वर्षको अवधिमा तीन करोड २० लाखभन्दा धेरै डोज खोप लगाइएको छ । शनिबार सार्वजनिक स्वास्थ्य महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कले यो जानकारी दिएको हो । पोर्चुगिज सार्वजनिक स्वास्थ्य समाजका अध्यक्ष तथा पूर्व स्वास्थ्य महानिर्देशक फ्रान्सिस्को जोर्जले यस उपलब्धिलाई ‘अत्यन्त सकारात्मक’ भन्दै खोप अभियानलाई निरन्तरता दिनु ‘आधारभूत आवश्यकता’ भएको बताए ...
रास्वपा त्यागेर निस्केकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले बालेन र रास्वपाको एकता प्रक्रियामा कुलमान घिसिङलाई पनि समेट्नुपर्ने र त्यो जिम्मेवारी बालेन र रास्वपाकै रहेको बताएकी छन्
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूसँगको छलफल सकारात्मक र फलदायी रहेको बताएका छन्
: वीरगन्ज महानगरपालिकाले वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा गर्भवती महिलाका लागि २४ सै घण्टा सेवा दिने गरी बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। आइतबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवनिर्मित बर्थिङ सेन्टरको समुद्घाटन गरेका हुन्। त्यहाँ २४ सै घण्टा प्रसूति सेवा सञ्चालनमा आएको महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख राजु साहले जानकारी दिए। बर्थिङ सेन्टर सञ्चालनका ...