मुख्य समाचार
सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नदी तथा खोला किनारमा लागू गरिएको मापदण्डसम्बन्धी मुद्दाको न्याय निरुपण छिटो होस् भन्नेमा अदालत गम्भीर रहेको बताए
सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नदी तथा खोला किनारमा लागू गरिएको मापदण्डसम्बन्धी मुद्दाको न्याय निरुपण छिटो होस् भन्नेमा अदालत गम्भीर रहेको बताए

— सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नदी तथा खोला किनारमा लागू गरिएको मापदण्डसम्बन्धी मुद्दाको न्याय निरुपण छिटो होस् भन्नेमा अदालत गम्भीर रहेको बताएका छन् ।

पछिल्लो समय न्यायपालिकासम्बन्धी सामाजिक सञ्जालमा आएका नकारात्मक टीकाटिप्पणीबारे सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा लागू गरिएको थप मापदण्ड खारेजीको माग गर्दै आन्दोलित रहेको अवस्थामा सर्वोच्च अदालत पनि उक्त मुद्दा छिटो निरुपण होस् भन्नेमा गम्भीर रहेको बताएका हुन् ।

तर कुनै पनि मुद्दा निरुपण गर्नका लागि विधि र प्रक्रिया हुने भन्दै विधि र प्रक्रियाअनुसार इजलासबाट निरुपण हुने उनले बताए । सर्वोच्च अदालतले २०८० पुस ३ गते बागमती, विष्णुमतीलगायत मुख्य नदी तथा खोलाका दायाँबायाँ थप २०–२० मिटर क्षेत्र खाली राखेर मात्र संरचना निर्माण गर्न आदेश दिएको थियो । यसअघि २०६५ मा सरकारले वागमतीजस्ता नदीमा २० मिटर, धोबीखोलामा ९ मिटर र अन्य खोलामा ४–१२ मिटरसम्म मापदण्ड तोकेको थियो ।

‘आजैमात्रै माइतीघरमा जुलुस छ भन्ने मैले जानकारी पाएको छु । विषय छ २०–२० मिटरको हाम्रो बागमती करिडोरको । त्यो विषयको सन्दर्भमा सबै न्यायाधीशज्यूहरू चिन्तित हुनुहुन्छ । हामी अदालतबाट त्यसको न्याय निरुपण छिटो होस्, भन्ने नै हाम्रो चाहना छ । तर त्यसको विधि र प्रक्रिया छ । विधि र प्रक्रियाअनुसार इजलासमा चढेर गएर इजलासबाट न्याय निरुपण हुने कुरा हो,’ उनले भने ।

बिहीबार नै सर्वोच्च यस प्रकरणमा परेको नेपाल सरकारको पुनरावेदनको पेशी तोकिएको थियो । तर प्रधानन्यायाधीश राउतले यसअघि निस्सा दिने आदेश गरेका कारण हेर्न नमिल्ने हुँदै स्थगन गरिएको थियो ।


पछिल्लो समय सामाजिक सञ्जालमा न्यायपालिकाका सम्बन्धमा आएका नकारात्मक टीकाटिप्पणीबारे छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए । छलफलमा प्रधानन्यायाधीश प्रकाशशमान सिंह राउतसहित न्यायाधीशहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उच्च अदालत पाटनले वैदेशिक रोजगारमा जाने श्रमिकको विस्तार गरिएको स्वास्थ्य परीक्षण र शुल्क खारेज गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीको निणर्यविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय ऋषिराज भण्डारी र शिवबहादुर रानाभाटको संयुक्त इजलासले बिहीबार अन्तरिम आदेश दिनु नपर्ने आदेश दिएको हो । नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले श्रममन्त्री ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी (सीडिओ) कुमान सिंह गुरुङसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पर्वतको कुस्मा नगरपालिका-७ को खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवनको भुक्तानी गर्दा वदनियतपूर्ण साँठगाँठमा गैरकानूनी लाभ र स्वार्थको आधारमा भएको भन्दै अख्तियारले उनीहरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। गुरुङ तत्कालीन समयमा कुस्मा ...
— सुनसरीको कोशी गाउँपालिका–१, पुरी टोलका ४५ वर्षीय विजय साहको जीविकोपार्जनको एक मात्र आधार थियो, सिटी रिक्सा । त्यही रिक्सा चलाएर उनी ६ जनाको परिवार पाल्थे । बुधबार मध्यराति सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको गोलीबाट उनी ढले । उनको मृत्युले परिवारमा शोक मात्रै थपेको छैन, घर चलाउने एक मात्र आधार नै खोसिएको छ । पुरी टोल भारतीय ...
— माइती नेपालले एक वर्षको अवधिमा २ सय ८४ महिला तथा बालबालिकालाई बर्दियाका विभिन्न सीमा नाकाबाट उद्धार गरेको गरेको जनाएको छ । गुलरियामा बिहीबार आयोजित मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सञ्चारकर्मीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा माइती नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२५ मा जोखिमपुर्ण यात्रामा रहेका २ सय ८४ महिला तथा बालबालिकालाई सीमाबाट उद्धार गरी ...
: झापाको सदरमुकाम भद्रपुरमा सञ्चालित औषधि पसलहरूमा म्याद गुज्रिएका औषधिहरू पसलमै राखेर बेच्ने गरेको पाइएको छ। भद्रपुर नगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिले नगर क्षेत्रका औषधि पसलहरूको अनुगमन गर्ने क्रममा त्यस्तो पाएको हो। औषधि पसलहरूले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने उद्देश्यले म्याद गुज्रिएका औषधिहरू पसलमै राखेर बेच्ने र सरसफाइमा समेत ध्यान नदिएको अनुगमनको क्रममा फेला परेको ...