मुख्य समाचार
नक्कली नागरिकता बनाएर बेचेको आरोपमा एक जना नियन्त्रणमा
नक्कली नागरिकता बनाएर बेचेको आरोपमा एक जना नियन्त्रणमा

— लामो समयदेखि एउटा गिरोहले नक्कली नागरिकता बनाएर बेचिरहेको भन्ने सूचना जिल्ला प्रशासन कार्यालय झापामा पुग्यो ।

नागरिकता नै नक्कली बनाइरहेको सूचना पाएसँगै प्रशासनले एउटा विशेष सुराकी परिचालन गर्यो । जुन सुराकीमार्फत झापा प्रशासनले प्रहरीको सहयोगमा नक्कली नागरिकतासँगै एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रशासन झापाका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार बिर्तामोड नगरपालिका–३ स्थित एक मिठाई पसलबाट शिवसताक्षी–११ का २३ वर्षीय पप्पु ठाकुरलाई नक्कली नागरिकतासहित बिहीबार नियन्त्रणमा लिइएको हो ।

सूचना अधिकारी प्रसाईंका अनुसार पूर्वी नेपालमा नक्कली नागरिकता बनाउने एउटा ठूलो गिरोह सक्रिय छ। जसले नक्कली नागरिकता बनाएर बेचेर मोटो रकम असुलिरहेको छ । ‘नक्कली नागरिकता बनाएर पटक–पटक बेचिरहेको भन्ने सूचना हामीलाई थियो । हामीले विशेष संयन्त्रमार्फत निगरानी गरिरहेका थियाै‌ं,’ उनले भने, ‘आज भने नागरिकता किन्ने बाहनामा बोलाइयो । नागरिकता लिएर उनी आए र नियन्त्रणमा लिन सफल भयाै‌ं।’

उनका अनुसार ती व्यक्तिसँगै राजगढ–५ सप्तरीको ठेगाना भएको एक नागरिकता पनि फेला परेको छ । यद्यपि नियन्त्रणमा लिइएका व्यक्तिमाथि प्रहरीले थप अनुसन्धान गरिरहेकाले थप कुरा खुल्दै जाने उनले जनाए। ‘अनुसन्धान जारी छ। नक्कली नागरिकता बनाउनेहरुको नेटवर्क ठूलो छ भन्ने जानकारी आएको छ,’ सूचना अधिकारी प्रसाईंले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उच्च अदालत पाटनले वैदेशिक रोजगारमा जाने श्रमिकको विस्तार गरिएको स्वास्थ्य परीक्षण र शुल्क खारेज गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीको निणर्यविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय ऋषिराज भण्डारी र शिवबहादुर रानाभाटको संयुक्त इजलासले बिहीबार अन्तरिम आदेश दिनु नपर्ने आदेश दिएको हो । नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले श्रममन्त्री ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी (सीडिओ) कुमान सिंह गुरुङसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पर्वतको कुस्मा नगरपालिका-७ को खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवनको भुक्तानी गर्दा वदनियतपूर्ण साँठगाँठमा गैरकानूनी लाभ र स्वार्थको आधारमा भएको भन्दै अख्तियारले उनीहरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। गुरुङ तत्कालीन समयमा कुस्मा ...
— सुनसरीको कोशी गाउँपालिका–१, पुरी टोलका ४५ वर्षीय विजय साहको जीविकोपार्जनको एक मात्र आधार थियो, सिटी रिक्सा । त्यही रिक्सा चलाएर उनी ६ जनाको परिवार पाल्थे । बुधबार मध्यराति सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको गोलीबाट उनी ढले । उनको मृत्युले परिवारमा शोक मात्रै थपेको छैन, घर चलाउने एक मात्र आधार नै खोसिएको छ । पुरी टोल भारतीय ...
— माइती नेपालले एक वर्षको अवधिमा २ सय ८४ महिला तथा बालबालिकालाई बर्दियाका विभिन्न सीमा नाकाबाट उद्धार गरेको गरेको जनाएको छ । गुलरियामा बिहीबार आयोजित मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सञ्चारकर्मीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा माइती नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२५ मा जोखिमपुर्ण यात्रामा रहेका २ सय ८४ महिला तथा बालबालिकालाई सीमाबाट उद्धार गरी ...
: झापाको सदरमुकाम भद्रपुरमा सञ्चालित औषधि पसलहरूमा म्याद गुज्रिएका औषधिहरू पसलमै राखेर बेच्ने गरेको पाइएको छ। भद्रपुर नगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिले नगर क्षेत्रका औषधि पसलहरूको अनुगमन गर्ने क्रममा त्यस्तो पाएको हो। औषधि पसलहरूले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने उद्देश्यले म्याद गुज्रिएका औषधिहरू पसलमै राखेर बेच्ने र सरसफाइमा समेत ध्यान नदिएको अनुगमनको क्रममा फेला परेको ...