मुख्य समाचार
बंगलादेशमा १२ फेब्रुअरीमा हुने चुनावका लागि दलहरु तयारीमा जुटे
बंगलादेशमा १२ फेब्रुअरीमा हुने चुनावका लागि दलहरु तयारीमा जुटे

— बंगलादेशमा १२ फेब्रुअरीमा हुने चुनावका लागि दलहरु तयारीमा जुटेका छन् ।

निर्वाचन आयोगमा दर्ता भएका ५९ वटामध्ये ५१ वटा दलले यस निर्वाचनका लागि आफ्ना उम्मेदवार उठाएका छन् । उम्मेदवारी दर्ताको अन्तिम समयसीमा २९ डिसेम्बरभित्र ती दलबाट २ हजार ९१ जना तथा ४ सय ७८ जना स्वतन्त्रगरी कुल २५ सय ६९ जनाको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

३ सय सिटका लागि हुने प्रत्यक्षतर्फको निर्वाचनमा बंगलादेश नेशनल पार्टी (बिएनपी) बाट देशका सबेै क्षेत्रमा उम्मेदवारी परेको छ । आकांक्षीको व्यवस्थापन हुन नसक्दा कतिपय ठाउँमा एकभन्दा बढी उम्मेदवार उठेका छन् । बीएनपीबाट कुल ३ सय ३१ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, जमात्–ई–इस्लामीले २ सय ७६ सिटमा उम्मेदवार उठाएको छ । नेशनल सिटिजन पार्टी (एनसिपी) बाट ४४ जनाले उम्मेदवारी दिएका छन् । यी दुई पार्टीसँगै ११ वटा पार्टीहरुले गठबन्धन गर्दैछन् । तर, मनोनयन दर्ता हुँदासम्म सिट बाँडफाँड टुंगिसकेको छैन ।

शेख हसिना सरकारलाई अपदस्थ गर्नेगरी जुलाई २०२४ मा चलेको आन्दोलनको अग्रमोर्चामा रहेका विद्यार्थीहरुले एनसिपीको नेतृत्व गरिरहेका छन् । चुनावमा इस्लामी आन्दोलन बंगलादेशले २ सय ६८, जातीय पार्टीले २ सय २४, बंगलादेश खलिफत माजलिस ९४, गोनो ओदिकर परिषद्ले १ सय ४, बंगलादेश कम्युनिष्ट पार्टीले ६५, अमर बंगलादेश पार्टीले ५३ र बंगलादेश समाजतान्त्रिक दलले ४१ जना उम्मेदवार उठाएका छन् । २० जनवरीसम्म मनोनयन फिर्ताको समय तोकिएको छ । २१ जनवरीमा उम्मेदवारको अन्तिम सुची र चुनाव चिन्ह सार्वजनिक गरिनेछ ।

सन् २०२४ को निर्वाचनमा बहुमत ल्याएको शेख हसिना नेतृत्वको अवामी लिग यस निर्वाचनमा प्रतिस्पर्धा गर्नबाट बन्चित छ । यस पार्टीका केही नेता-कार्यकर्ताले स्वतन्‍त्र उम्मेदवारी दिएका छन् । अवामी लिग प्रतिबन्धित हुँदाको फाइदा अन्य प्रतिस्पर्धी दलहरूलाई हुनेछ ।

Hardik IVF
Laxmi Sunrise bank

' स्वतन्त्रतापछि जमात् ईस्लामीलाई १५ वर्षजति प्रतिबन्ध लगाइएको थियो,' बंगलादेशका पत्रकार मुक्तादिर रसिदले भने, ' अहिले जमात्का नेताहरू अवामीमाथि प्रतिबन्ध लगाउन हात धोएर लागे । यो एउटा बदलाप्रयास हो । यसका बाबजुद पनि स्वतन्त्र उम्मेदवारी दिन अवामी लिगका नेता कार्यकर्तालाई रोक छैन ।'

प्रमुख पार्टी



बंगलादेश नेशनल पार्टी : १९७८ मा जियाउर रहमानले यस पार्टीको स्थापना गरेका हुन् । यस पार्टीमा उनकी पत्नी खालिदा जिया विगत चार दशक अध्यक्ष थिइन् । केही दिनअघि मात्रै अध्यक्ष जियाको निधन भएको छ । उनी बंगलादेशको पहिलो महिला प्रधानमन्त्री थिइ्न ।

आमाको निधनभन्दा केही दिनअघि मात्रै १७ वर्षे निर्वासनबाट स्वदेश फर्किएका तारिक रहमान पार्टीको कार्यकारी अध्यक्ष हुन् । बंगलादेशमा रहमानको चर्चा भावी प्रधानमन्त्रीका रुपमा छ । स्वदेश फर्किएलगत्तै रहमानको स्वागतमा बिएनपीले आयोजना गरेको सभामा ओर्लिएको जनसागरले उनलाई पक्षमा नारा लगाएको थियो ।

दक्षिणपन्थी–मध्यमार्गी धारको यस पार्टीले बंगलादेशी राष्ट्रवाद, आर्थिक उदारीकरण र भ्रस्टाचार न्युनीकरणलाई आफ्नो प्रमुख एजेन्डा बनाएको छ । महिला, विद्यार्थी, श्रमिक, किसान, युवालगायत क्षेत्रमा पार्टीका भातृसंगठनहरु फैलिएका छन् ।

बंगलादेशमा परम्परागत दुई ठूला पार्टीमध्ये बीएनपी एक हो । अर्को ठूलो पार्टी अवामी लिगलाई यस निर्वाचनमा सहभागी हुन बञ्चित गरिएको छ । अवामी लिग शेख हसिना नेतृत्वको पार्टी हो । परम्परागत प्रतिस्पर्धी तथा सबैभन्दा ठूलो जनसंगठन भएको पार्टी निर्वाचनबाहिर रहदाँको फाइदा बीएनपीले उठाउने धेरैको अनुमान छ ।

सैनिक सत्ता ढालेर लोकतन्त्र ल्याउन ८०–९० को दशकमा चलेको संघर्षमा बिएनपी र अवामी लिग दुबै अग्रमोर्चामा थिए । सन् १९९१ मा लोकतन्त्र पुनबर्हालीपछि भएको निर्वाचनमा बीएनपीले पहिलो स्थान हासिल गरेको थियो । तर, १९९६ मा अवामी लिगले बहुमत ल्यायो ।

सन् २००१ मा फेरि पहिलो पार्टी बनेर बिएनपी सत्तामा आयो । २००६ मा सैनिक शासन र दुई वर्षपछि अवामी लिग सत्तामा आउँदा बिएनपी क्रमशः कमजोर हुँदै गयो । शेख हसिनाले बिएनपीका नेता–कार्यकर्तालाई पक्राउ गर्ने र झुठा मुद्दा लगाउने काम गरेकी थिइन् । बदलामा बिएनपीले २०१४ र २०२४ को निर्वाचन बहिस्कार ग¥यो । गत वर्ष चलेको विद्यार्थी आन्दोलनले शेख हसिनालाई अपदस्थ गरेपछि बनेको मोहम्मद युसुफ नेतृत्वको अन्तरिम सरकारले बीएनपीकी अध्यक्ष खालिदा जियालाई रिहा गरिदिएको थियो । त्यस्तै, तारिक रहमानमाथि लगाइएको झुठा मुद्दा पनि फिर्ता लियो ।

जमात्- ई -इस्लामी नेतृत्वको गठबन्धन : भारतमा ब्रिटिस शासन छँदा सैइद अबुल अलाह माउदूदीले १९४१ मा यो अभियान सुरु गरेका थिए ।

१९७१ मा जमात् ई–इस्लामी पाकिस्तानले पूर्वी पाकिस्तानको विभाजनलाई अस्विकार गर्दै इस्लामावादको केन्द्र सरकारलाई साथ दियो । त्यहीकारण, बंगलादेश स्वतन्त्रतापछि यस पार्टीमाथि सरकारले प्रतिबन्ध लगायो ।

यस्ता धेरै धार्मिक समुहमाथि त्यसबेला प्रतिबन्ध थियो । सन् १९७६ मा प्रतिबन्ध फुकुवापछि धार्मिक पार्टीका नेताहरुलाई पनि सभा–सम्मेलन राजनीतिक गतिविधि गर्ने अवसर प्राप्त भयो ।

त्यसपछि सन् १९७९ मा जमात्–ई–इस्लामीको बंगलादेश शाखा गठन भयो । सैनिक शासनविरुद्ध १९९० को आन्दोलनमा यस पार्टीले सक्रिय सहभागिता जनायो । सन् २००१ मा बीएनपी नेतृत्वको गठबन्धन सरकारमा यस पार्टी दुईवटा मन्त्रालय लिएर सहिभागी भएको थियो ।

दक्षिणपन्थी धारको यस पार्टी इस्लामिक विचारधाराको प्रचार, बंगलादेशी संस्कृतिको संरक्षण र सुधारवादबाट प्रेरित छ । सन् २०१३ मा शेख हसिना सरकारले धार्मिक कट्टरपन्थमा गएको भन्दै पार्टीलाई निर्वाचनमा सहभागी हुन रोक लगाएको थियो ।

पार्टीका धेरै नेता तथा कार्यकर्तालाई १९७१ को मुद्दा (स्वतन्त्रता अभियानमाथि दमन गरेको) ब्युताँएर जेलमा हालियो । यसपटक यस पार्टीले बृहद गठबन्धन निर्माण गरेको छ । शेख हसिना सरकारलाई अपदस्थ गर्न महत्वपूर्ण भूमिका खेलेका युवाहरुले गठन गरेको वैकल्पिक शक्ति एनसिपी यही गठबन्धनमा मिल्न आएको छ ।

यद्यपी, गठबन्धनमा समाहित हुने एनसिपी नेतृत्वको निर्णयसँग सबै युवा खुसी छैनन् । झन्डै ३० जना प्रभावशाली विद्यार्थी नेताहरुले एनसिपीका मुख्य नेता नाहिद ईस्लामलाई पत्र लेखेर आफ्नो असन्तुष्टी अभिव्यक्त गरिसकेका छन् ।

विद्यार्थी आन्दोलनको माग कुनै धर्म विशेषको प्रवद्र्धन नभएर नातावाद अन्त्य र भ्रस्टाचारको विरोध रहेको उनीहरुले बताएका छन् ।

प्रारम्भिक सुची दर्ता हुँदासम्म गठबन्धनका साझेदार दलबीच सिट बाँडफाँडको विषय टुंगिएको छैन । यस विषयलाई चाडैं टुंग्याइने पार्टीका अमिर सफिकुर रहमानले बताएका छन् ।

उनले चुनावपछि संयुक्त सरकार बनाउने विषयमा पनि पार्टीले छलफल गर्ने बताएका छन् । भ्रस्टाचारविरुद्धको लडाइँलाई मुख्य मुद्दा बनाइने उनले बताएका छन् ।

प्रमुख मुद्दा

जुलाई २०२४ को आन्दोलनमा विद्यार्थीहरुले उठाएको सुशासनको मुद्दा नै यसपटक पनि प्रमुख दलहरुले चुनावमा उठाइरहेका छन् । नयाँ संविधान, न्यायिक सुधार, स्वतन्त्र प्रेस, स्वास्थ्य र शिक्षामा पहुँचलगायतका मुद्दालाई प्रमुख पार्टीले अघि सारेका छन् ।

अस्थिरता अन्त्य गरेर आर्थिक सुधार हासिल गर्न पनि यस चुनाव महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । शेख हसिना कार्यकालमा सन् २०२० सम्म बंगलादेशको आर्थिक वृद्धिदर निकै राम्रो थियो ।

तर, कोभिड महामारीको ठूलो असर यहाँका उद्योग–धन्दामा ठूलो असर देखियो । प्राकृतिक स्रोत निकै कम भएकाले यसले देशले उर्जाका लगभग सबै स्रोतहरु आयात गर्छ ।

पछिल्लो समय भारतसँग बिग्रदों सम्बन्ध तथा चीन, पाकिस्तान र टर्कीसँगको निकटता पनि जोखिमरहित छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा कुवेतको प्रमुख तेल प्रशोधन केन्द्र ‘मिना अल–अहमदी’ मा आज शुक्रबार बिहान भीषण ड्रोन आक्रमण भएको छ । कुवेत पेट्रोलियम कर्पोरेसनका अनुसार इरानी ड्रोनहरूको एक शृङ्खलाबद्ध आक्रमणका कारण रिफाइनरीका केही एकाइहरूमा आगलागी भएको छ । यो दुई दिनभित्र कुवेती तेल पूर्वाधारमा भएको दोस्रो ठूलो प्रहार हो। आक्रमण ...
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनलाई युरोपेली संघमार्फत दिइने ९० अर्ब यूरोको ‘सैन्य ऋण’ रोक्ने आफ्नो कानुनी अधिकार रहेको स्पष्ट पारेका छन् । ब्रसेल्समा आयोजित ईयू शिखर सम्मेलनपछि सञ्चारकर्मीहरूसँग बोल्दै ओर्बानले युक्रेनले ’द्रुज्बा’ पाइपलाइनबाट हुने रुसी तेलको आपूर्तिमा लगाएको प्रतिबन्ध नहटाएसम्म हंगेरीले यो ऋण स्वीकृत नगर्ने अडान दोहोर्‍याएका छन् । सन् २०२५ को डिसेम्बरमा ईयू काउन्सिलले यो कोष ...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी भीषण युद्धको अन्त्य संयुक्त राज्य अमेरिकाको राजनीतिक इच्छाशक्ति र निर्णयमा निर्भर रहेको बताएका छन् । ब्रसेल्समा आयोजित एक कार्यक्रममा बोल्दै गुटेरेसले भने , ‘मलाई विश्वास छ कि यो युद्ध रोक्ने शक्ति अमेरिकाको हातमा छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहेमा यो सम्भव छ।’ उनका अनुसार इजरायलले इरानको सैन्य क्षमता पूर्ण रूपमा नष्ट ...
इरानमा युद्ध सुरु भएदेखि ३ हजार १०० भन्दा बढी मानिसहरू मारिएका छन् । अमेरिकास्थित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) ले इरानमा मृत्यु हुनेको संख्याको बारेमा नयाँ अपडेट जारी गरेको हो । एजेन्सीका अनुसार फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि अहिलेसम्म ३ हजार १८६ जनाको मृत्यु भइसकेको छ । एचआरएएनएका अनुसार मृत्यु हुनेमा कम्तीमा २१० बालबालिका सहित १ ...
। ‘होर्मुज स्ट्रेट’ मा अप्रिलको अन्त्यसम्म अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन गरेका छन् । द वाल स्ट्रिट जर्नलले नाम नखुलाइएका धेरै स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशित सामग्रीमा साउदी अरबका अधिकारीहरूले यस्तो विश्वास व्यक्त गरेको हो । फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता तेलको मूल्यमा तीव्र उतारचढाव आइरहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम