मुख्य समाचार
कतारद्वारा जेलमा रहेका १३ नेपालीलाई आममाफी
कतारद्वारा जेलमा रहेका १३ नेपालीलाई आममाफी

— कतारी अमिरले जेलमा रहेकामध्ये १३ जना नेपालीलाई आममाफी दिएको छ ।

कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो । यसप्रति नेपालले कतारप्रति कृतज्ञता व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मानवीय आधारमा प्रदान गरिएको आममाफीलाई नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्धमा गहिरिँदै गएको मित्रता र सौहार्दताको प्रतीकका रूपमा मूल्यांकन गरिएको उल्लेख छ ।

मन्त्रालयले यस्तो मानवीय कदमले दुई देशबीचको आपसी विश्वास र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ । कतारले कति समयको कैद र जरिवानालाई माफी दिइएको भन्ने खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भूतपूर्व ब्रिटिश गोर्खाहरू आफ्नो समान अधिकार सुनिश्चित गर्न एकपटक पुनः तातेका छन् । भूतपूर्व गोर्खाहरूले अन्तिम दबाब स्वरूप नेपाल र बेलायत सरकारसँग छलफल जारी राख्दै आफ्ना माग पूरा नभए फेरि सशक्त आन्दोलनको चेतावनी दिएका छन् । काठमाडौंमा परराष्ट्रमन्त्री शिशिर खनाललाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदा यता लन्डनस्थित दूतावासमा समेत छलफल भएको छ । नेपाल सरकारले भूतपूर्व गोर्खा मुद्दाको समाधानका ...
। नेपाली मूलका अस्ट्रेलियन प्रहरी वरिष्ठ कन्स्टेबल बिकास भारतीले अस्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय बहादुरी अवार्ड प्राप्त गरेका छन्। उनको अदम्य साहस र कर्तव्यनिष्ठाको कदर गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले संघीय संसद्‌को प्रश्नोत्तर समयमामा प्रशंसासमेत गरेका छन्। अस्ट्रेलियाको पुलिस फेडेरेसनले बुधबार क्यानबेरामा आयोजित एक समारोहमा भारतीलाई उक्त सम्मान प्रदान गरेको हो। न्यु साउथ वेल्स (एनएसडब्लु) प्रहरीअन्तर्गत ‘बर्रउड पुलिस ...
। न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली नागरिक, विशेषगरी विद्यार्थीहरू राहदानी नवीकरण र अन्य कन्सुलर सेवा लिन सास्ती भोग्न बाध्य भएका छन्। त्यहाँ नेपाली दूतावास नहुँदा र राहदानी छपाइमा देखिएको भनिएको प्राविधिक समस्या लम्बिँदा नेपालीहरू ठूलो आर्थिक भार र प्रशासनिक झन्झटमा परेका हुन्। आधारभूत कन्सुलर सेवा लिन अस्ट्रेलिया वा नेपालसम्मै पुग्नुपर्ने अवस्था आएपछि न्युजिल्यान्डस्थित नेपाली समुदायका अगुवाहरूले नेपाल ...
: साउदी अरबमा पछिल्लो सुरक्षा तनाव र हुथी आक्रमणको प्रभावले नेपाल फर्किने र साउदी जाने तयारीमा रहेका नेपाली श्रमिक तथा यात्रु समस्यामा परेका छन्। नियमित उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले केही समयका लागि उडान रद्द गरेपछि चाडपर्वको मुखमा स्वदेश फर्किन खोज्ने नेपाली थप अन्योलमा परेका छन्। रियादबाट नेपालका लागि हुने नियमित उडान रद्द ...
: पछिल्लो समय साउदी अरबका विभिन्न क्षेत्रमा भएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका घटनाले यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे चिन्ता बढाएको छ। एक नेपालीको मृत्यु र अन्य ३ नेपाली घाइते भएको घटनासँगै अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा स्वदेश फर्कने तयारीमा रहेका नेपालीसमेत अन्योलमा परेका छन्। अक्टोबर २१ मा साउदी अरबको पूर्वी क्षेत्रमा रहेको शैबाह तेल क्षेत्रमा ड्रोन अवरोध ...