मुख्य समाचार
अध्यागमनको ´विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली´ लागू
अध्यागमनको ´विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली´ लागू

— अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधि निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक ´विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली´लागू गरेको छ ।

विभिन्न भिसामा नेपाल भित्रिएका विदेशी नागरिक अध्यागमन कानुन विपरीत अरु नै गतिविधिमा संल्लग्न हुन नदिन निगरानी, नियमन र व्यवस्थापन तथा यात्रा सहजीकरण गर्न यो प्रणाली लागू गरिएको हो ।

विभागका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटल, ट्राभल एजेन्सी, मनि एक्स्चेन्ज लगायतमा यो प्रणाली लागू गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।

दोस्रो चरणमा उपत्यका बाहिरका होटल, ट्राभल एजेन्सीलगायतमा लागू गर्ने विभागको तयारी छ । नेपालमा एउटा भिसा प्रयोजनमा भित्रिएका विदेशी अरु नै गतिविधिमा संलग्न हुने गरेको, ओभर स्टे, अन्य फौजदारी कसुरलगायतमा सक्रिय हुने गरेकोले कारबाहीको दायरामा ल्याउन देखि यात्रामा रहेकालाई सहजीकरण गर्न एकीकृत संयन्त्र वकास गर्न लागिएको महानिर्देशक तिवारीले बताए ।

नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विभागले यो प्रणाली विकास गरिएको हो । यसबाट नेपाल भित्रिएका विदेशी नागरिक बसेको, उनीहरु कुन ठाउँमा रहेको, भिसा कानुन अनुसार भएनभएकोलगायत जानकारी प्रणाालीमा आवद्ध संस्थाले विभागलाई आवद्ध प्रणाालीबाटै दिनुपर्ने छ ।

Hardik IVF
Laxmi Sunrise bank

विदेशी नागरिक होटलमा बसेको र बाहिरिएको विवरण प्रणालीबाटै अध्यागमनलाई जानकारी गराउनुपर्ने छ । 'हाम्रो सीमाभित्र जुनसुकै प्रयोजनका लागि विदेशी नागरिक आउँछन्, उनीहरूको गतिविधि राज्यको सूचनामा हुनु आवश्यक, त्यसैका लागि यो प्रणाली लागू गरिएको हो,' महानिर्देशक तिवारीले भने ।

विदेशी नागरिक तथा पर्यटकहरूको सुरक्षा र आवश्यक परेको बेलामा राज्यले दिने सुविधा तथा उद्धारको सहजता, नेपालमा भिसा विपरीत वा प्रचलित कानुन, सामाजिक मूल्य, राजनीतिक वा आर्थिक चाखविपरीत गतिविधि भए तुरुन्तै पहिचान गर्न सहजतालगायतमा यसबाट सहज हुने जनाइएको छ ।



उनका अनुसार, सेवा प्रदायक संस्थाले प्रत्यक्ष रूपमा विभागको प्रणालीमा सूचना राख्नुपर्ने आफ्नै प्रणालीसँग जडान गरेर सूचना पठाउन सक्ने व्यवस्था मिलाइएको छ । विभागले यस प्रणालीले पर्यटक नफर्केसम्म आवश्यक परेको बेला उनीहरू कहाँ छन् भन्ने जानकारी राज्यलाई दिन पर्ने छ । अध्यागमन प्रशासन राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण रहेकोले सोहीअनुसार व्यवस्थापन आवश्यक रहेको उनले बताए ।

यसका लागि स्टेक होल्डर सबैको जिम्मेवारी रहेको र भित्रिने यात्रुमाथि नियमन हुनु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक निर्वाचन आचारसंहिता सजायमुखी हुने बताएका छन्। उनले भने, ‘अब आचारसंहिता उल्लंघन भयो भने उम्मेदवारी खारेज गर्नेसम्म आयोग बाध्य हुन्छ।’ अघिल्लो पटक सचेतनामुखी कार्यान्वयनका कारण उल्लंघन बढेको स्वीकार गर्दै उनले यसपटक कडाइ गरिने बताए। हालै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता स्वीकृत गरेको छ। माघ पहिलो हप्तादेखि अचारसंहिता लागू पर्ने ...
— माइती नेपालले नेपालगन्जस्थित सीमा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५ सय ४५ जनाको उद्धार गरेको छ । नेपालगन्ज सन् २०२५ मा भारतका विभिन्न सहरमा श्रम र यौन शोषणमा परेका १४ जना महिला तथा बाल बालिकाको उद्वार गरिएको छ । जसमध्ये तीनजना तीनजना बाँकेका रहेका छन् । माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार खोज ...
: झापामा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका–१ निवासी ४० वर्षीय वीरबहादुर चेम्जोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार गएराति साढे ९ बजे शिवसताक्षी– १ लक्ष्मीनारायण मावि नजिक भित्रि पक्की सडक खण्डमा धरमपुर चोकबाट चर्चावारि घरतर्फ जाँदै गरेको प्र १–२–००२ ह ९६९९ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकमा ...
— नेपाल-भारत सीमावर्ती वनमा भैंसी गोठालो गएकी एक महिलाको हात्तीले ज्यान लिएको छ । बुधबार दिउँसो राजापुर नगरपालिका–१० कर्मोहनीकी ४० वर्षिया बालिका पुरीको हात्तीको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँग तीनजना भैंसी गोठालो गएका थिए । हात्ती देख्नासाथ दुईजना भने ज्यान जोगाएर भागेका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रकुमार ...
: सुनसरीको कोशी गाउँपालिकास्थित लौकहीमा सशस्त्र प्रहरी बलको गोली लागेर सिटी सफारी चालकको मृत्यु भएको छ । बुधबार राति करिब १२ बजे भारतबाट चिनी तस्करी गरी नेपालतर्फ आउँदै गरेको समूहसँग भएको दोहोरो भिडन्तको क्रममा सशस्त्र प्रहरीको जवाफी फायरिङमा परेर स्थानीय विजय साहको मृत्यु भएको छ । मृतक साह कोशी गाउँपालिका–१ का बासिन्दा हुन् । उनी ...