मुख्य समाचार
फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने तयारीस्वरूप नयाँ कानुन ल्याउने प्रक्रिया अघि बढाएको छ
फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने तयारीस्वरूप नयाँ कानुन ल्याउने प्रक्रिया अघि बढाएको छ

— फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने तयारीस्वरूप नयाँ कानुन ल्याउने प्रक्रिया अघि बढाएको छ । बालबालिका र किशोरकिशोरीमा बढ्दो मानसिक स्वास्थ्य जोखिमसँग सामाजिक सञ्जालको प्रयोग जोडिँदै गएको निष्कर्षलाई आधार बनाउँदै फ्रान्स सरकारले यो कदम चाल्न लागेको जनाएको छ ।

सन् २०२६ को सुरुवातमा संसद्मा छलफलका लागि पेश हुने भनिएको विधेयक सेप्टेम्बर २०२६ बाट लागू गर्ने लक्ष्य राखिएको छ । रोयटर्समा प्रकाशित समाचारअनुसार प्रस्तावित कानुनले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच उपलब्ध गराउने प्लाटफर्महरूलाई प्रतिबन्ध लगाउनेछ । साथै, विद्यालयमा मोबाइल फोन प्रयोगसम्बन्धी विद्यमान प्रतिबन्धलाई पनि माथिल्ला कक्षासम्म विस्तार गर्नेछ ।

यो कदमले यसै साता सिङ्गापुरका अनुसन्धानहरूले बाल्यकालमै बढ्दो स्क्रिन टाइमले किशोर अवस्थामा चिन्ता र निर्णय क्षमतामा असर पार्ने वैज्ञानिक आधार प्रस्तुत गरेको रिसर्चलाई अझै सान्दर्भिक बनाएको छ। सिङ्गापुरको एजेन्सी फर साइन्स, टेक्नोलोजी एन्ड रिसर्च र नेसनल युनिभर्सिटी अफ सिङ्गापुरले गरेको अध्ययनले शिशु अवस्थामा अत्यधिक स्क्रिन प्रयोग हुनु र किशोरावस्थामा देखिने अत्यधिक तनाव तथा सुस्त निर्णय क्षमताबीच प्रत्यक्ष सम्बन्ध देखाएको छ ।

रिसर्चमा संलग्न सह-प्राध्यापक टान आइ पेङले रोयटर्ससँग भनेका छन्, ‘यस अनुसन्धानले जीवनका पहिलो दुई वर्षमा स्क्रिन समय सीमित गर्नु किन अत्यन्तै महत्त्वपूर्ण छ भन्ने कुराको वैज्ञानिक प्रमाणसहित व्याख्या गर्छ ।’

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पनि बालबालिकालाई डिजिटल हानिबाट जोगाउनु आवश्यक रहेको बताएका छन् । उनले सञ्चारकर्मीहरूसँग भनेका छन्, ‘जति धेरै स्क्रिन समय हुन्छ, उति नै मानसिक स्वास्थ्य समस्या बढ्छ ।’ उनले संचारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै डिजिटल पहुँमा उमेर सीमालाई जनस्वास्थ्यको आवश्यक विषयका रूपमा प्रस्तुत गरेका थिए ।

अस्ट्रेलियाले सन् २०२५ बाटै लागू गरेको ऐतिहासिक कानुनकै आसपास फ्रान्सको यस्तो प्रस्ताव आएको हो । अस्ट्रेलियाले डिसेम्बरदेखि लागू हुने गरी टिकटक, इन्स्टाग्राम, फेसबुक र युट्युबसहितका प्रमुख प्लाटफर्ममा १६ वर्षमुनिका बालबालिकालाई खाता खोल्न प्रतिबन्ध लगाएको छ । नियम नमान्ने कम्पनीलाई अधिकतम ४९.५ मिलियन अस्ट्रेलियन डलर जरिवाना हुने व्यवस्था छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजीले सो निर्णय घोषणा गर्दै भनेका थिए, ‘यी बालबालिकाका विकासशील मस्तिष्क हुन् र उनीहरूलाई सही तरीकाले हुर्कन आवश्यक ठाउँ चाहिन्छ ।’

एसियाली देशहरूले पनि बालबालिकाको सामाजिक सञ्जाल प्रयोग र स्क्रिन टाइममा कडाई गर्ने संकेत दिएका छन् । मलेसियाले २०२६ देखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने योजना सार्वजनिक गरिसकेको छ र उमेर प्रमाणीकरण (एज भेरिफिकेसन) प्रणालीको अध्ययन गरिरहेको छ । मलेसियाली सञ्चार मन्त्री फाह्मी फाजिलले एपी न्युजसँग भनेका छन्, ‘हामी इन्टरनेटलाई छिटो, सुलभ मात्र होइन, बालबालिका र परिवारका सबै सदस्यका लागि सुरक्षित पनि बनाउन चाहन्छौँ ।’

यसैबीच डेनमार्क, नर्वे, ईटाली, स्पेनलगायत अन्य देशहरूले पनि उमेरमा आधारित प्रतिबन्धको तयारी गरिरहेका छन् । यसले विश्वभर डिजिटल सुरक्षा, अधिकार र कार्यान्वयनबीचको सन्तुलनबारे बहसलाई थप तीव्र बनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम