मुख्य समाचार
जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ
जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ

— जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गते बिहान ९:०० बजे बारेकोट–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित छ जना सिकार खेल्न गएकामा प्रचण्ड देवको मृत्यु भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

अनुसन्धानका क्रममा घटनास्थल नजिक खाल्डोमा भरुवा बन्दुकसहितका हातहतियार फेला परेपछि बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र १९ वर्षीय लालबहादुर सिंहलाई पक्राउ गरिएको हो ।

अभियुक्तहरूबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामको चक्कु, १३५.१८ ग्राम बारुद र २१ थान भरुवा बन्दुकमा प्रयोग हुने धातुका टुक्रा बरामद भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक निर्वाचन आचारसंहिता सजायमुखी हुने बताएका छन्। उनले भने, ‘अब आचारसंहिता उल्लंघन भयो भने उम्मेदवारी खारेज गर्नेसम्म आयोग बाध्य हुन्छ।’ अघिल्लो पटक सचेतनामुखी कार्यान्वयनका कारण उल्लंघन बढेको स्वीकार गर्दै उनले यसपटक कडाइ गरिने बताए। हालै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता स्वीकृत गरेको छ। माघ पहिलो हप्तादेखि अचारसंहिता लागू पर्ने ...
— माइती नेपालले नेपालगन्जस्थित सीमा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५ सय ४५ जनाको उद्धार गरेको छ । नेपालगन्ज सन् २०२५ मा भारतका विभिन्न सहरमा श्रम र यौन शोषणमा परेका १४ जना महिला तथा बाल बालिकाको उद्वार गरिएको छ । जसमध्ये तीनजना तीनजना बाँकेका रहेका छन् । माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार खोज ...
: झापामा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका–१ निवासी ४० वर्षीय वीरबहादुर चेम्जोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार गएराति साढे ९ बजे शिवसताक्षी– १ लक्ष्मीनारायण मावि नजिक भित्रि पक्की सडक खण्डमा धरमपुर चोकबाट चर्चावारि घरतर्फ जाँदै गरेको प्र १–२–००२ ह ९६९९ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकमा ...
— अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधि निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक ´विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली´लागू गरेको छ । विभिन्न भिसामा नेपाल भित्रिएका विदेशी नागरिक अध्यागमन कानुन विपरीत अरु नै गतिविधिमा संल्लग्न हुन नदिन निगरानी, नियमन र व्यवस्थापन तथा यात्रा सहजीकरण गर्न यो प्रणाली लागू गरिएको हो । विभागका अनुसार पहिलो ...
— नेपाल-भारत सीमावर्ती वनमा भैंसी गोठालो गएकी एक महिलाको हात्तीले ज्यान लिएको छ । बुधबार दिउँसो राजापुर नगरपालिका–१० कर्मोहनीकी ४० वर्षिया बालिका पुरीको हात्तीको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँग तीनजना भैंसी गोठालो गएका थिए । हात्ती देख्नासाथ दुईजना भने ज्यान जोगाएर भागेका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रकुमार ...