मुख्य समाचार
अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको छ
अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको छ

: अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको छ। विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरेका हुन्।




नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू गरेको विभागले जनाएको छ। उक्त सूचना प्रणालीको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले अध्यागमन सुधारको रणनीतिक योजना अन्तर्गत विदेशी नागरिकहरूको नेपाल बसाइको सूचना व्यवस्थापनलाई नतिजामुखी बनाउन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको जानकारी दिए।


उनले सूचना प्रणालीले अध्यागमन कानुन बमोजिम विदेशी नागरिकको आवतजावत अभिलेखनलाई प्रभावकारी बनाउन, विदेशी नागरिकहरूको सुरक्षा थप सुदृढ बनाउन, विपद्को कार्यमा उद्धार तथा खोजी कार्यमा सहजीकरण गर्न सहयोग पुग्ने बताए।



त्यस्तै नेपालमा विदेशी नागरिकहरूको अवाञ्छित गतिविधिमा निगरानी गरि विविध अपराधहरूको अनुसन्धान प्रभावकारी बनाउन र विश्वस्तरमा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा विकाससमेत नयाँ प्रणाली प्रभावकारी हुने उनको विश्वास छ।

गृहमन्त्री अर्यालले वर्तमान सरकार विधिको शासन, भ्रष्टाचारमुक्त प्रशासनको प्रत्याभूति गर्दै सुशासन कायम गरी निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यसहित निर्वाचनको तयारीमा लागेको समेत बताए।

विभागका महानिर्देशक रामचन्द्र तिवारीले पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका तारे होटलमा अनिवार्यरूपमा उक्त प्रणाली लागू गर्ने र दुई महिनाभित्र देशका सबै सरोकारवाला निकायमा लागू गर्ने जानकारी दिए।

यस प्रणालीले अध्यागमन कानुन बमोजिम विदेशी नागरिकको आवतजावत र बसाइँलाई प्रभावकारी बनाउने, आगन्तुकको व्यक्तिगत सुरक्षा थप मजबुत बनाउने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक निर्वाचन आचारसंहिता सजायमुखी हुने बताएका छन्। उनले भने, ‘अब आचारसंहिता उल्लंघन भयो भने उम्मेदवारी खारेज गर्नेसम्म आयोग बाध्य हुन्छ।’ अघिल्लो पटक सचेतनामुखी कार्यान्वयनका कारण उल्लंघन बढेको स्वीकार गर्दै उनले यसपटक कडाइ गरिने बताए। हालै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता स्वीकृत गरेको छ। माघ पहिलो हप्तादेखि अचारसंहिता लागू पर्ने ...
— माइती नेपालले नेपालगन्जस्थित सीमा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५ सय ४५ जनाको उद्धार गरेको छ । नेपालगन्ज सन् २०२५ मा भारतका विभिन्न सहरमा श्रम र यौन शोषणमा परेका १४ जना महिला तथा बाल बालिकाको उद्वार गरिएको छ । जसमध्ये तीनजना तीनजना बाँकेका रहेका छन् । माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार खोज ...
: झापामा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका–१ निवासी ४० वर्षीय वीरबहादुर चेम्जोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार गएराति साढे ९ बजे शिवसताक्षी– १ लक्ष्मीनारायण मावि नजिक भित्रि पक्की सडक खण्डमा धरमपुर चोकबाट चर्चावारि घरतर्फ जाँदै गरेको प्र १–२–००२ ह ९६९९ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकमा ...
— अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधि निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक ´विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली´लागू गरेको छ । विभिन्न भिसामा नेपाल भित्रिएका विदेशी नागरिक अध्यागमन कानुन विपरीत अरु नै गतिविधिमा संल्लग्न हुन नदिन निगरानी, नियमन र व्यवस्थापन तथा यात्रा सहजीकरण गर्न यो प्रणाली लागू गरिएको हो । विभागका अनुसार पहिलो ...
— नेपाल-भारत सीमावर्ती वनमा भैंसी गोठालो गएकी एक महिलाको हात्तीले ज्यान लिएको छ । बुधबार दिउँसो राजापुर नगरपालिका–१० कर्मोहनीकी ४० वर्षिया बालिका पुरीको हात्तीको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँग तीनजना भैंसी गोठालो गएका थिए । हात्ती देख्नासाथ दुईजना भने ज्यान जोगाएर भागेका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रकुमार ...