मुख्य समाचार
ट्राफिक प्रहरीले मधेसमा सडक दुर्घटनाविरुद्ध युवा अभियान
ट्राफिक प्रहरीले मधेसमा सडक दुर्घटनाविरुद्ध युवा अभियान

— ट्राफिक प्रहरीले मधेसमा सडक दुर्घटनाविरुद्ध युवा अभियान थालेको छ । र्‍याली र अन्तरक्रिया गरेर कार्यक्रम सुरु गरिएको महोत्तरीको बर्दिवासबाट प्रदेश स्तरीय अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख बाबुराम कार्कीले जानकारी दिए ।

मधेशका ८ जिल्लामा सडक दुर्घटनामा घाइते र मृत्यु हुनेको संख्यामा १७ देखि ३० वर्षका युवा बढी देखिएकाले यो कार्यक्रम युवा लक्षित रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

यो अभियानअन्तर्गत तीव्र गति कम गराउन नियमित चेकजाँच,लागूपदार्थ तथा मादक पदार्थ सेवन जाँच, दुई पाङ्ग्रे सवारीसँग २ मिनेट सचेतना दिने अभियान, स्कुल र क्याम्पसका विद्यार्थीलाई सचेतना कक्षा, बोर्ड, स्टिकर टाँस गर्ने र सचेतनामूलक जिङ्गल बजाउने, सडकको अवस्था ठिकठाक राख्न पहल गर्ने गराउने लगायतका विविध कार्यक्रम यो अभियानमा पर्ने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए ।

बुधबार बर्दिवासमा भएको अन्तरक्रियामा सडक दुर्घटना खराब सडक र प्रयोगकर्ताले गरिरहेको लापरबाहीबारे सहभागीले ट्राफिक प्रहरीलाई जानकरी दिँदै सडक सुरक्षा चुस्त बनाउन अनुरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक निर्वाचन आचारसंहिता सजायमुखी हुने बताएका छन्। उनले भने, ‘अब आचारसंहिता उल्लंघन भयो भने उम्मेदवारी खारेज गर्नेसम्म आयोग बाध्य हुन्छ।’ अघिल्लो पटक सचेतनामुखी कार्यान्वयनका कारण उल्लंघन बढेको स्वीकार गर्दै उनले यसपटक कडाइ गरिने बताए। हालै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता स्वीकृत गरेको छ। माघ पहिलो हप्तादेखि अचारसंहिता लागू पर्ने ...
— माइती नेपालले नेपालगन्जस्थित सीमा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५ सय ४५ जनाको उद्धार गरेको छ । नेपालगन्ज सन् २०२५ मा भारतका विभिन्न सहरमा श्रम र यौन शोषणमा परेका १४ जना महिला तथा बाल बालिकाको उद्वार गरिएको छ । जसमध्ये तीनजना तीनजना बाँकेका रहेका छन् । माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार खोज ...
: झापामा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका–१ निवासी ४० वर्षीय वीरबहादुर चेम्जोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार गएराति साढे ९ बजे शिवसताक्षी– १ लक्ष्मीनारायण मावि नजिक भित्रि पक्की सडक खण्डमा धरमपुर चोकबाट चर्चावारि घरतर्फ जाँदै गरेको प्र १–२–००२ ह ९६९९ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकमा ...
— अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधि निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक ´विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली´लागू गरेको छ । विभिन्न भिसामा नेपाल भित्रिएका विदेशी नागरिक अध्यागमन कानुन विपरीत अरु नै गतिविधिमा संल्लग्न हुन नदिन निगरानी, नियमन र व्यवस्थापन तथा यात्रा सहजीकरण गर्न यो प्रणाली लागू गरिएको हो । विभागका अनुसार पहिलो ...
— नेपाल-भारत सीमावर्ती वनमा भैंसी गोठालो गएकी एक महिलाको हात्तीले ज्यान लिएको छ । बुधबार दिउँसो राजापुर नगरपालिका–१० कर्मोहनीकी ४० वर्षिया बालिका पुरीको हात्तीको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँग तीनजना भैंसी गोठालो गएका थिए । हात्ती देख्नासाथ दुईजना भने ज्यान जोगाएर भागेका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रकुमार ...