मुख्य समाचार
सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीय विजय साहको मृत्यु भएपछि त्यस क्षेत्रको अवस्था तनावग्रस्त
सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीय विजय साहको मृत्यु भएपछि त्यस क्षेत्रको अवस्था तनावग्रस्त

— सुनसरीको कोशी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीय विजय साहको मृत्यु भएपछि त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।

तस्करी नियन्त्रणका लागि अनुसन्धानका क्रममा खटिएको शसस्त्र प्रहरीले गएराति गोली चलाउँदा ४५ वर्षीय साहको घटनास्थलमै मृत्यु भएको थियो । सीमावर्ती क्षेत्रबाट दुई-तीन वटा सिटी सफारी तथा अटो रिक्सामा चोरीतस्करी गरी मालसामान ल्याउदै गर्दा प्रहरीसँग दोहोरो भिडन्त भएको सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका डीआईजी कुमार न्यौपानेको दाबी छ ।

'तस्करीमा संलग्नहरुले सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेपछि जवाफी कारबाही गर्दा शाहको मृत्यु भएको हो,' न्यौपानेले भने, 'अवैध रुपमा भारतीय क्षेत्रबाट सामान ल्याउँदै गरेको अवस्थामा रोकेर बुझ्न खोज्दा प्रहरी टोलीमाथि नै आक्रमण भएपछि जवाफी फायरिङ गरिएको हो, सो क्रममा एक जनाको मृत्यु भयो ।'

सशस्त्र प्रहरीले शाहको 'हत्या गरेको' भन्दै आक्रोशित स्थानीय बासिन्दाले प्रदर्शन गरेपछि लौकही बजार तनावग्रस्त बनेको छ । पूर्वपश्चिम राजमार्गस्थित लौकही बजारमा मृतक साहको शव राखेर उनीहरुले यातायात ठप्प बनाएका छन् भने सशस्त्र प्रहरी बलको बिटमा आगजनी गरेका छन् ।

स्थानीयले प्रहरीमाथि ढुंगामुढासमेत गरेका छन्, प्रहरीले भिड तितरबितर पार्न हवाई फायर गरेको छ ।


घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही तथा पीडितलाई क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ । पीडित पक्ष र प्रशासनबीच छलफल गरी अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक निर्वाचन आचारसंहिता सजायमुखी हुने बताएका छन्। उनले भने, ‘अब आचारसंहिता उल्लंघन भयो भने उम्मेदवारी खारेज गर्नेसम्म आयोग बाध्य हुन्छ।’ अघिल्लो पटक सचेतनामुखी कार्यान्वयनका कारण उल्लंघन बढेको स्वीकार गर्दै उनले यसपटक कडाइ गरिने बताए। हालै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता स्वीकृत गरेको छ। माघ पहिलो हप्तादेखि अचारसंहिता लागू पर्ने ...
— माइती नेपालले नेपालगन्जस्थित सीमा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५ सय ४५ जनाको उद्धार गरेको छ । नेपालगन्ज सन् २०२५ मा भारतका विभिन्न सहरमा श्रम र यौन शोषणमा परेका १४ जना महिला तथा बाल बालिकाको उद्वार गरिएको छ । जसमध्ये तीनजना तीनजना बाँकेका रहेका छन् । माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार खोज ...
: झापामा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका–१ निवासी ४० वर्षीय वीरबहादुर चेम्जोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार गएराति साढे ९ बजे शिवसताक्षी– १ लक्ष्मीनारायण मावि नजिक भित्रि पक्की सडक खण्डमा धरमपुर चोकबाट चर्चावारि घरतर्फ जाँदै गरेको प्र १–२–००२ ह ९६९९ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकमा ...
— अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधि निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक ´विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली´लागू गरेको छ । विभिन्न भिसामा नेपाल भित्रिएका विदेशी नागरिक अध्यागमन कानुन विपरीत अरु नै गतिविधिमा संल्लग्न हुन नदिन निगरानी, नियमन र व्यवस्थापन तथा यात्रा सहजीकरण गर्न यो प्रणाली लागू गरिएको हो । विभागका अनुसार पहिलो ...
— नेपाल-भारत सीमावर्ती वनमा भैंसी गोठालो गएकी एक महिलाको हात्तीले ज्यान लिएको छ । बुधबार दिउँसो राजापुर नगरपालिका–१० कर्मोहनीकी ४० वर्षिया बालिका पुरीको हात्तीको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँग तीनजना भैंसी गोठालो गएका थिए । हात्ती देख्नासाथ दुईजना भने ज्यान जोगाएर भागेका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रकुमार ...