: आइसीसी टी २० विश्वकप २०२६ को ट्रफी जनवरी ५ मा नेपाल आइपुग्ने भएको छ। भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने विश्वकपको ट्रफी २ दिन नेपालमा रहने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो।
क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै जनवरी ५ देखि ७ सम्म ट्रफी नेपालको विभिन्न ठाउँमा लगिने जानकारी दिएको हो। हालसम्म कुन-कुन स्थानमा कसरी ट्रफी लगिने भन्नेबारे भने क्यानले कुनैपनि जानकारी गराएको छैन।