मुख्य समाचार
निजी क्षेत्रले निर्वाधरूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको
निजी क्षेत्रले निर्वाधरूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको

: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले निर्वाधरूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको बताएका छन्।


नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेका सर्वपक्षीय राष्ट्रिय संवादमा अध्यक्ष ढकालले समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको विषय अझै पनि ओझेलमा परेको र निर्वाधरूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको बताए।


गलत काम गर्नेहरूमाथि कारबाही नहुँदा दण्डहीनता मौलाउँदै जाने हो कि भन्ने आशंका बढ्नु स्वाभाविक भएको उनको भनाइ छ। उद्यमी र उद्यमशीलता विकासका लागि सहज नीतिगत व्यवस्था, निजी क्षेत्रको सम्मान, निर्वाध पेसा व्यवसाय गर्न पाउने सुनिश्चितता र सम्पत्तिको सुरक्षा महसुस नगर्दासम्म मुलुकमा लगानी नहुने उनले बताए।



उनले शिक्षा र स्वास्थ्य सर्वसुलभ बनाउन राजश्व बढ्नु पर्ने भन्दै राजश्व बढ्न निजी क्षेत्रले काम गर्न पाउने वातावरण र काम गर्न प्रोत्साहित गरिने नीति आवश्यक रहेको बताए। बैंकहरू करिब ११ खर्ब रुपैयाँ लगानी गर्न तयार रहे पनि निजी क्षेत्र रकम लिएर उद्यम गर्न चाहने अवस्थामा नरहेका उनको भनाइ छ।

उनले राजनीतिक स्थायित्वका लागि निर्वाचन गरि लोकतन्त्र संस्थागत गर्न नसके र निजी क्षेत्रलाई सुरक्षित र सम्मानित भई काम गर्न दिन नसके सफल हुन नसक्ने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकले नियमित कार्यालय समयमा खुद्रा नोट सटही सुविधा उपलब्ध गराएको छ । यसपालि दसैंमा केन्द्रीय बैंकले मिति तोकेर नयाँ नोट वितरण नगरी नियमित कामकै रूपमा यस्तो सेवा दिने भएको हो । केन्द्रीय बैंकले यसपालि नयाँ तथा खुद्रा नोट सटहीको औपचारिक सूचना जारी नगर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले बताए । ‘दसैंका बेला नयाँ ...
। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेसनबाट मूल्यवृद्धि भएर आएको भएपनि भोटेकोशीमा आएको असाधारण बाढीपहिरोका कारण सिर्जित परिस्थिति, आउँदै गरेका चाडपर्व तथा उपभोक्ताको हितलाई हेरेर मूल्य यथावत् राखेको निगमले जनाएको छ । निगमका विज्ञप्तिअनुसार यसरी पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक ३ अर्ब २० करोड ३८ लाख घाटा हुने ...
। नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ । कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकको अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो । एआईआईबीको संगठनात्मक संरचनाअनुसार एक जना अध्यक्ष तथा क्षेत्रीय र गैर–क्षेत्रीय सदस्य मुलुकहरूबाट उपाध्यक्ष रहने प्रावधान छ । यस ...
: नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकारमा रङमा परिवर्तन गरेर नयाँ विशेषतासहितको ‘सिरिज २०२५’ को १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याएको जनाएको छ। एक सूचना जारी गर्दै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आजदेखि नयाँ नोट चलनचल्तीमा आउने जानकारी दिएको छ। नयाँ नोटमा बैजनी रङको ...
। भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार प्रतिनिधिसभामा बाढीपछिको अवस्था र मन्त्रालयले गरिरहेको कामबारे जानकारी दिँदै समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि उक्त रकम आवश्यक पर्ने प्रारम्भिक मूल्यांकन भएको बताए ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम