मुख्य समाचार
निजी क्षेत्रले निर्वाधरूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको
निजी क्षेत्रले निर्वाधरूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको

: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले निर्वाधरूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको बताएका छन्।


नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेका सर्वपक्षीय राष्ट्रिय संवादमा अध्यक्ष ढकालले समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको विषय अझै पनि ओझेलमा परेको र निर्वाधरूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको बताए।


गलत काम गर्नेहरूमाथि कारबाही नहुँदा दण्डहीनता मौलाउँदै जाने हो कि भन्ने आशंका बढ्नु स्वाभाविक भएको उनको भनाइ छ। उद्यमी र उद्यमशीलता विकासका लागि सहज नीतिगत व्यवस्था, निजी क्षेत्रको सम्मान, निर्वाध पेसा व्यवसाय गर्न पाउने सुनिश्चितता र सम्पत्तिको सुरक्षा महसुस नगर्दासम्म मुलुकमा लगानी नहुने उनले बताए।



उनले शिक्षा र स्वास्थ्य सर्वसुलभ बनाउन राजश्व बढ्नु पर्ने भन्दै राजश्व बढ्न निजी क्षेत्रले काम गर्न पाउने वातावरण र काम गर्न प्रोत्साहित गरिने नीति आवश्यक रहेको बताए। बैंकहरू करिब ११ खर्ब रुपैयाँ लगानी गर्न तयार रहे पनि निजी क्षेत्र रकम लिएर उद्यम गर्न चाहने अवस्थामा नरहेका उनको भनाइ छ।

उनले राजनीतिक स्थायित्वका लागि निर्वाचन गरि लोकतन्त्र संस्थागत गर्न नसके र निजी क्षेत्रलाई सुरक्षित र सम्मानित भई काम गर्न दिन नसके सफल हुन नसक्ने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल वायुसेवा निगम को 'लुम्बिनी' नामक न्यारोबडी विमान इन्जिन प्रतिस्थापनका लागि इजरायल पुगेको छ। उक्त विमान आइतबार राति काठमाडौंबाट नियमित उडानमार्फत दुबई पुगेको थियो भने सोमबार दिउँसो निगमका चालकदलले खाली उडानमार्फत इजरायल पुर्‍याएका हुन्। निगम र इजरायलको सरकारी स्वामित्वको एयरोस्पेस कम्पनीबीच यसअघि नै न्यारोबडी विमानका इन्जिन मर्मत तथा प्रतिस्थापनसम्बन्धी सम्झौता भएको थियो। २०८० भदौमा भएको ...
। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न उद्योग तथा फर्म अनुगमन क्रममा कैफियत भेटिएकालाई ३ दिनमा ७५ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत मंगलबार, बुधबार र शुक्रबार गरी ३ दिनमा ५६ उद्योग तथा फर्म अनुगमन गरेको थियो । अनुगमन क्रममा ७ उद्योगलाई उक्त जरिबाना तिराइएको विभागले जनाएको छ । मंगलबार ...
चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ
अमेरिकाले आफ्नो सेनाले सिरियामा इस्लामिक स्टेट (आईएस) विरुद्ध ठूलो सैन्य आक्रमण गरेको बताएको छ
— खाद्य तथा व्यवस्था व्यापार केन्द्र राजापुरले शुक्रबारसम्म २६ हजार क्विन्टल धान खरिद गरेको छ । यस वर्ष खाद्यले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य थियो । हालसम्म २६ हजार क्विन्टल धान खरिद भइसकेको खाद्य केन्द्रका प्रमुख कमल पाण्डेले बताए । ‘४ हजार क्विन्टल खरिदपछि बन्द हुने छ,’ उनले भने, ‘सरकारले ३० हजार क्विन्टल खरिदको ...