मुख्य समाचार
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सबैले चाहे नेपालले ५ वर्षमा स्विट्जरल्याण्डलाई टप्ने बताए
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सबैले चाहे नेपालले ५ वर्षमा स्विट्जरल्याण्डलाई टप्ने बताए

: मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सबैले चाहे नेपालले ५ वर्षमा स्विट्जरल्याण्डलाई टप्ने बताएका छन्। बुधबार धनुषाको लालगढमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सबैको इच्छा, चाहना र अपेक्षा भए नेपाल ५ वर्षमा स्विट्जरल्याण्डलाई टप्नेमा कुनै द्विविधा नरहेको बताएका हुन्।


‘म एक्लै चाहेर विकास हुँदैन। सबैको इच्छा–चाहना हुनुपर्छ। यो सबैको दायित्व हो,’ मुख्यमन्त्री यादवले भने, ‘नेपाल जसलाई हामी गरिब मुलुक भन्छौं। सबैले चाह्यो भने यो नेपाल ५ वर्षमा स्विट्जरल्याण्डलाई टप्छ भनेर ग्यारेन्टी गर्न सक्छौं।’


राजनीतिक अस्थिरताका कारण अपेक्षाकृत विकासको काम हुन नसकेको उल्लेख गर्दै उनले विकासका लागि स्थायित्व अपरिहार्य रहेको बताए। मुख्यमन्त्री यादवले सुविधासम्पन्न होटलले प्रदेशको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले राम भूमि आयोध्याका पर्यटकहरूलाई सीता नगरी जनकपुरसँग जोड्ने गरी आफूले काम थालेको उल्लेख गरे। ‘आयोध्या घुम्ने पर्यटकहरू जनकपुरधाम घुम्नैपर्छ भन्ने वातावरण निर्माण गर्नेतर्फ हामी लागेका छौं,’ मुख्यमन्त्री यादवले भने ‘पर्यटन क्षेत्रमा यसले सकारात्मक परिणाम ल्याउँछ।’



प्रतिष्ठित पर्यटन क्षेत्रका लागि यसअघि भएका कामहरुको सरकारले स्वामित्व लिएर थप कामहरू अघि बढाउन प्रदेश सरकार तयार रहेको उनले विश्वास दिलाए। कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आफूले योजनाबद्ध रुपमा काम थालेको मुख्यमन्त्री यादवको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको पछिल्लो सुरक्षा अवस्था र जेनजी आन्दोलनका नाममा भएका हिंसात्मक घटनाको छानबिन गर्न सरकारले गठन गरेको आयोगको कामकारबाही एवं भूमिकाप्रति अविश्वास व्यक्त गरेका छन्। उनले आयोगको निष्पक्षतामाथि नै गम्भीर प्रश्न उठाए। विराटनगरमा बुधबार आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सरकार स्वयं र उसले गठन गरेको छानबिन ...
: नेपाली कांग्रेसका नेता शेखर कोइरालाले व्यक्तिगत महत्वाकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमिनुको विकल्प नभएको बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुभकामना दिँदै उनले राष्ट्रिय मेलमिलापको सान्दर्भिकता र महत्व आज कांग्रेस एक्लैको विषय नभएको बताए। ‘राष्ट्रिय एकता र मेलमिलापको लागि आज सत्ता राजनीति भन्दा माथी सार्वभौम सम्पुर्ण नेपालीहरुको जागरुक सतर्कता सहित ऐक्यवद्धताको खाँचो रहेको छ।’ ...
: बूढीगण्डकी नदीमा करेन्ट तथा विषादी प्रयोग गरी माछा मार्न नपाइने भएको छ। आरुघाट गाउँपालिकाले बुधबार सूचना प्रकाशित गरी करेन्ट लगाएर तथा विषादी प्रयोग गरी बूढीगण्डकीको माछा मार्न कडा प्रतिबन्ध लगाएको जनाएको हो। ‘यस्ता घातक विधिको प्रयोगबाट जलचरको विनाश हुनुका साथै वातावरणीय सन्तुलनमा गम्भीर असर पर्ने र मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्तिने भएकाले खोला वा जलाशयमा ...
: भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ। भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौबीसै घण्टा आयात गर्न अनुमति नवीकरण गरेको हो। यस अघि दिइएको अनुमतिको म्याद बुधबार सकिंदै थियो। नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० ...
: निर्वाचन आयोगले गत निर्वाचनमा जरिवाना तिर्नेलाई उम्मेदवार बन्‍नबाट नरोक्ने जनाएको छ। अन्नपूर्ण पोस्ट्ले निर्वाचन आयोगले तोकिएको समयावधिभित्र निर्वाचन खर्च विवरण नबुझाउने र बुझाएर पनि सार्वजनिक नगर्ने उम्मेदवारको नाम सार्वजनिक गरेको थियो। आयोगका अनुसार तोकिएको समयमा खर्च विवरण बुझाई सार्वजनिक नगरेपछि आयोगले १५/१५ हजार जरिवानासमेत गरेको छ। आयोगका प्रवक्ता/ सहसचिव नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा ...