मुख्य समाचार
नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनल समीकरण पूरा
नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनल समीकरण पूरा

: नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनल समीकरण पूरा भएको छ। बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा भएको समूह चरणको अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३-० को सोझो सेटले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो।




कोशीले कीर्तिपुरलाई २५-२३, २५-२० र २५-२३ले पराजित गरेको हो। कोशी प्रदेश भलिबल संघ क्वाटरफाइनल प्रवेश गर्ने अन्तिम टोली बन्यो‌। समूह चरणको अन्तिम खेल सकिँदा पुरुषतर्फको क्वाटरफाइनलको समीकरण पुरा भएको छ। क्वाटरफाइनलमा समूह ‘ए' को विजेताका रूपमा रहेको हेल्प नेपाल स्पोर्ट्स क्लबले समूह ‘सी' को उपविजेता बुढा नीलकण्ठ भलिबल क्लबसँग खेल्ने छ।


दोस्रो क्वाटरफाइनलमा समूह ‘बी'को विजेता रहेको नेपाल पुलिस क्लबले समूह ‘डी'को उपविजेताका रूपमा क्वाटरफाइनल पुगेको कोशी प्रदेश भलिबल संघसँग क्वाटरफाइनलको खेल खेल्नेछ। तेस्रो क्वाटरफाइनलमा समूह ‘सी'को विजेता रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरसँग समूह ‘ए'को उपविजेता एपीएफ क्लबसँग क्वाटरफाइनल खेल्नेछ।



चौथो क्वाटरफाइनलमा समूह ‘डी'को विजेता त्रिभुवन आर्मी क्लबले समूह ‘बी'को उपविजेता रहेको खिल्जी युवा क्लबसँग क्वाटरफाइनल खेल्नेछ।
पुरुषको क्वाटरफाइनल खेल बिहीबार हुनेछ। महिलातर्फको सेमिफाइनल खेल्ने चारै टोलीको टुंगो लागिसकेको छ। समूह ‘बी'बाट नेपाल पुलिस क्लब विजेताको रूपमा समूह ‘ए'को उपविजेता त्रिभुवन आर्मी क्लबसँग सेमिफाइनल खेल्नेछ। समूह ‘बी'को उपविजेता नेपाल एपीएफ क्लबले समूह ‘ए'को विजेता न्यु डाइमण्ड क्लबसँग सेमिफाइनलमा भेट गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम