मुख्य समाचार
नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनल समीकरण पूरा
नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनल समीकरण पूरा

: नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनल समीकरण पूरा भएको छ। बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा भएको समूह चरणको अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३-० को सोझो सेटले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो।




कोशीले कीर्तिपुरलाई २५-२३, २५-२० र २५-२३ले पराजित गरेको हो। कोशी प्रदेश भलिबल संघ क्वाटरफाइनल प्रवेश गर्ने अन्तिम टोली बन्यो‌। समूह चरणको अन्तिम खेल सकिँदा पुरुषतर्फको क्वाटरफाइनलको समीकरण पुरा भएको छ। क्वाटरफाइनलमा समूह ‘ए' को विजेताका रूपमा रहेको हेल्प नेपाल स्पोर्ट्स क्लबले समूह ‘सी' को उपविजेता बुढा नीलकण्ठ भलिबल क्लबसँग खेल्ने छ।


दोस्रो क्वाटरफाइनलमा समूह ‘बी'को विजेता रहेको नेपाल पुलिस क्लबले समूह ‘डी'को उपविजेताका रूपमा क्वाटरफाइनल पुगेको कोशी प्रदेश भलिबल संघसँग क्वाटरफाइनलको खेल खेल्नेछ। तेस्रो क्वाटरफाइनलमा समूह ‘सी'को विजेता रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरसँग समूह ‘ए'को उपविजेता एपीएफ क्लबसँग क्वाटरफाइनल खेल्नेछ।



चौथो क्वाटरफाइनलमा समूह ‘डी'को विजेता त्रिभुवन आर्मी क्लबले समूह ‘बी'को उपविजेता रहेको खिल्जी युवा क्लबसँग क्वाटरफाइनल खेल्नेछ।
पुरुषको क्वाटरफाइनल खेल बिहीबार हुनेछ। महिलातर्फको सेमिफाइनल खेल्ने चारै टोलीको टुंगो लागिसकेको छ। समूह ‘बी'बाट नेपाल पुलिस क्लब विजेताको रूपमा समूह ‘ए'को उपविजेता त्रिभुवन आर्मी क्लबसँग सेमिफाइनल खेल्नेछ। समूह ‘बी'को उपविजेता नेपाल एपीएफ क्लबले समूह ‘ए'को विजेता न्यु डाइमण्ड क्लबसँग सेमिफाइनलमा भेट गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...