: नेकपा एमालेका नेता गोकुल बास्कोटाले उपाध्यक्ष रामबहादुर थापा 'बादल'लाई प्रत्यक्ष निर्वाचन लड्न सुझाव दिएका छन्। बाँस्कोटाले समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक बसेपछि यो प्रणालीको विरोध हुनु ठिक भएको उनको भनाई छ।
बादलको नाम नलिइ बादललाई इंकित गर्दै रुख-सुर्य मिलेपछि चुनाव लडे भयो त भन्दै सुझाव दिए। मंगलबार एक कार्यक्रममा बादलले आगामी निर्वाचनमा एमाले र कांग्रेस मोर्चाबन्दी गरेर चुनाव लड्नुपर्ने अभिव्यक्ति दिएका थिए। बादललाई एमालेले समानुपातिक सूचीमा राखेको छ।
निवर्तमान सांसद रहेका बास्कोटाले उनलाई संकेत गर्दै भनेका छन्, ‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक बसेपछि यो प्रणालीको विरोध हुनु ठिक हो। अझ तिनै रुख र सुर्य मिलेर चुनावमा जानु पर्छ भन्छन्। रुख-सूर्य मिलेपछि चुनाव लडे भो त। अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले। समावेशीताकै बेइज्जत नगर के-त्यो पनि पुरुषले।’
बास्कोटा गत महाधिवेशनमा सचिवमा पराजित भएका थिए।