मुख्य समाचार
रास्वपाको समानुपातिकमा आफन्तवाद र नातावाद निषेध गरौं, पदाधिकारीले प्रत्यक्ष चुनाव लड्नुपर्छ
रास्वपाको समानुपातिकमा आफन्तवाद र नातावाद निषेध गरौं, पदाधिकारीले प्रत्यक्ष चुनाव लड्नुपर्छ

: राष्ट्रिय स्वत्नत्र पार्टीकी नेतृ तोसिमा कार्कीले निर्वाचन आयोगमा रास्वपाले पेस गरेको समानुपातिकको बन्द सूचीप्रति आपत्ति जनाएकी छन् । समानुपातिकको सूचीमा आफन्तवाद र नातावाद भएकाले अन्त्य गर्न माग गर्दै उनले पदाधिकारीलाई पनि हटाउनुपर्ने बताएकी हुन्।


कार्कीले समानुपातिकले निषेध नभई समावेश गराउनु पर्ने तर पार्टीले पेस गरेको सूचीमा नेतृत्वका आफन्तहरु र पार्टीको भाइटल पोष्टमा हुनेहरू नै देखिनु समानुपातिक प्रणालीको औचित्यमाथि नै प्रश्न उठेको बताइन् ।


‘समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरुले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो। सूचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सुचीले कर्णाली बोल्नुपर्छ। सुदुरपश्चिम बोल्नुपर्छ। सुचीले गाउँ बोल्नुपर्छ। तर पार्टीको नेतृ्त्वका आफन्तहरु र पार्टीको भाईटल पोष्टमा हुनेहरु नै समानुपातिक सुचिको लागी आकांक्षी हुनु र त्यहिँ आफ्नो स्पेस बनाउनु/बनाइनुले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न गरेको छ। समानुपातिकले समावेश गराउनुपर्छ निषेध होइन !’ कार्कीले लेखेकी छन्, ‘फेरि विरोधी भएजस्तो सुनिएला तर पार्टीको सचिवालय सदस्य र पदाधिकारीहरु भनेको सधैँ पोसिसन अफ बेनिफिटमा हुन्छन्। चाहे प्राईमेरीको भोटिङमा होस् या ईभालुएसनमा।’



निवर्तमान सांसद कार्कीले पार्टीको महाअधिवेशन नभएसम्मको अवस्थामा आजको दिन सम्म पदाधिकारी या सचिवालय दुबै निर्वाचनबाट नबनेको भन्दै आपत्ति जनाइन्। सचिवालय सदस्य र पदाधिकारीहरू नै प्रत्यक्ष चुनाव लड्न डराउनुभयो भने अरुले के गर्ने ? भन्दै प्रश्न उठाइन्। सबै पदाधिकारी तथा सचिवालय सदस्यहरूले आ-आफ्नो नाम समानुपातिकको सुचीबाट हटाएर प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्ने उनको तर्क छ।

‘पार्टीको महाअधिवेशन नभएसम्मको अवस्थामा आजको दिन सम्म पदाधिकारी या सचिवालय दुबै निर्वाचन बाट बनेको होइन, पार्टी भित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सुचिमा ! त्यो पनि प्राईमेरी भोटिङकै धज्जी उडाउदै अग्रपङ्तिमा नाम सुरक्षित गरिने, यो प्रवृति पुराना दलभन्दा धेरै फरक देखिएन।’ कार्कीले लेखेकी छन्,‘मैले सधैँ भन्ने गरेको छु र फेरि पनि भन्छु,पार्टिको भाईटल पोसिसनमा बस्ने साथीहरूले प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ। अहिले त झन् पार्टी यति ठूलो भएको छ, साथीहरु किन डराउनुभएको ? कति असुरक्षित महसुस गर्नुभएको ? सचिवालय सदस्य र पदाधिकारीहरू नै चुनाव लड्न डराउनुभयो भने अरुले के गर्ने ? हामीले साँच्चिकै उदाहरणीय नेतृत्व गर्ने हो भने सबै पदाधिकारी तथा सचिवालय सदस्यहरुले आ-आफ्नो नाम समानुपातिकको सूचीबाट हटाएर प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ। साथै समानुपातिकको सूचीमा आफन्तवाद र नातावादलाई पूर्ण रुपले निषेध गरिनुपर्छ। जय घण्टी।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको पछिल्लो सुरक्षा अवस्था र जेनजी आन्दोलनका नाममा भएका हिंसात्मक घटनाको छानबिन गर्न सरकारले गठन गरेको आयोगको कामकारबाही एवं भूमिकाप्रति अविश्वास व्यक्त गरेका छन्। उनले आयोगको निष्पक्षतामाथि नै गम्भीर प्रश्न उठाए। विराटनगरमा बुधबार आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सरकार स्वयं र उसले गठन गरेको छानबिन ...
: नेपाली कांग्रेसका नेता शेखर कोइरालाले व्यक्तिगत महत्वाकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमिनुको विकल्प नभएको बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुभकामना दिँदै उनले राष्ट्रिय मेलमिलापको सान्दर्भिकता र महत्व आज कांग्रेस एक्लैको विषय नभएको बताए। ‘राष्ट्रिय एकता र मेलमिलापको लागि आज सत्ता राजनीति भन्दा माथी सार्वभौम सम्पुर्ण नेपालीहरुको जागरुक सतर्कता सहित ऐक्यवद्धताको खाँचो रहेको छ।’ ...
: बूढीगण्डकी नदीमा करेन्ट तथा विषादी प्रयोग गरी माछा मार्न नपाइने भएको छ। आरुघाट गाउँपालिकाले बुधबार सूचना प्रकाशित गरी करेन्ट लगाएर तथा विषादी प्रयोग गरी बूढीगण्डकीको माछा मार्न कडा प्रतिबन्ध लगाएको जनाएको हो। ‘यस्ता घातक विधिको प्रयोगबाट जलचरको विनाश हुनुका साथै वातावरणीय सन्तुलनमा गम्भीर असर पर्ने र मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्तिने भएकाले खोला वा जलाशयमा ...
: भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ। भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौबीसै घण्टा आयात गर्न अनुमति नवीकरण गरेको हो। यस अघि दिइएको अनुमतिको म्याद बुधबार सकिंदै थियो। नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० ...
: निर्वाचन आयोगले गत निर्वाचनमा जरिवाना तिर्नेलाई उम्मेदवार बन्‍नबाट नरोक्ने जनाएको छ। अन्नपूर्ण पोस्ट्ले निर्वाचन आयोगले तोकिएको समयावधिभित्र निर्वाचन खर्च विवरण नबुझाउने र बुझाएर पनि सार्वजनिक नगर्ने उम्मेदवारको नाम सार्वजनिक गरेको थियो। आयोगका अनुसार तोकिएको समयमा खर्च विवरण बुझाई सार्वजनिक नगरेपछि आयोगले १५/१५ हजार जरिवानासमेत गरेको छ। आयोगका प्रवक्ता/ सहसचिव नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा ...