मुख्य समाचार
नयाँ भनिने दलहरूले प्रधानमन्त्री पदको दलाली गरे
नयाँ भनिने दलहरूले प्रधानमन्त्री पदको दलाली गरे

: राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता भएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकताको घोषणा गरिएको हो।




कार्यक्रममा लिङ्देन र थापाले एकीकरणसम्बन्धी ६ बुँदे आधारपत्रमा हस्तक्षर गरे। एकीकरणसम्बन्धी आधारपत्रमा पूर्ण धार्मिक स्वतन्त्रसहितको सनातन धर्म सापेक्ष हिन्दुअधिराज्य राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिको सिद्धान्त मार्ग दर्शन हुने उल्लेख छ।


त्यस्तै राप्रपाका अध्यक्ष लिङ्देन पार्टीको अध्यक्ष रहने, राप्रपाको एकता महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित भएर पछि राप्रपा नेपाल रोजेकाहरूलाई सोही जिम्मेवारीमा फर्काइने उल्लेख छ। एकता घोषणा कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका अग्रजहरू आएसँगै अब पार्टी थप बलियो हुने बताए। उनले कमल थापा नहुँदाको राप्रपा सदैव अपूर्णजस्तो लाग्ने गरेको भन्दै अब मनमा रहेको एक प्रकारको रिक्तता हटेर गएको बताए।



पार्टी एक्लैले नभई सबै मिलेर चलाउने भएकाले राप्रपा नेपालबाट आएका कुनै पनि सदस्यहरूले अन्यथा लिन नहुने उनले बताए। लिङ्देनले सिद्धान्त र विचार स्पष्ट नभइ केही नयाँ भनिने दलहरूले एकताका नाममा प्रधानमन्त्री पदको दलाली गरेको टिप्पणी गरे।

पुराना दलहरूलाई समेत जनताले विश्वास नगरेको अवस्थामा विचारमा स्पष्ट र विचलित पार्टी राप्रपाबाहेक अरु कोही नरहेको उनको भनाइ छ। त्यस्तै राप्रपाका फर्किएका नेता कमल थापाले दुई पार्टीबीच एकता भनिए पनि पुनर्मिलन जस्तै भएको बताए। आफूले पनि रगत पसिना बगाएर बनाएको घर फर्किँदाको जस्तो अनुभूति आफूलाई भएको उनले बताए। उनले पार्टीका मुद्दा स्थापित गर्न आन्दोलनबाहेकको अरु कुनै विकल्प नरहेको बताए।

दुई पार्टीबीच एकताको आधारपत्रमा २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशन हुँदाका बखत कायम रहेका वडा, गाउँ, नगर र जिल्ला तहका पदाधिकारी सदस्यहरूलाई तत् तत् जिल्लामा सम्मानजनक ढंगबाट गर्दै लगिने सहमति भएको छ भने राप्रपा नेपालका संयोजित संगठनका पदाधिकारी र सदस्यहरूलाई राप्रपाको सम्बन्धित भातृसंगठनहरूमा सम्मानजनक ढंगले समायोजन गर्ने सहमति भएको छ। चार वर्षअघि भएको महाधिवेशनमा राप्रपाको अध्यक्ष पदमा लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी छाडेर राप्रपा नेपाल गठन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको पछिल्लो सुरक्षा अवस्था र जेनजी आन्दोलनका नाममा भएका हिंसात्मक घटनाको छानबिन गर्न सरकारले गठन गरेको आयोगको कामकारबाही एवं भूमिकाप्रति अविश्वास व्यक्त गरेका छन्। उनले आयोगको निष्पक्षतामाथि नै गम्भीर प्रश्न उठाए। विराटनगरमा बुधबार आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सरकार स्वयं र उसले गठन गरेको छानबिन ...
: नेपाली कांग्रेसका नेता शेखर कोइरालाले व्यक्तिगत महत्वाकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमिनुको विकल्प नभएको बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुभकामना दिँदै उनले राष्ट्रिय मेलमिलापको सान्दर्भिकता र महत्व आज कांग्रेस एक्लैको विषय नभएको बताए। ‘राष्ट्रिय एकता र मेलमिलापको लागि आज सत्ता राजनीति भन्दा माथी सार्वभौम सम्पुर्ण नेपालीहरुको जागरुक सतर्कता सहित ऐक्यवद्धताको खाँचो रहेको छ।’ ...
: बूढीगण्डकी नदीमा करेन्ट तथा विषादी प्रयोग गरी माछा मार्न नपाइने भएको छ। आरुघाट गाउँपालिकाले बुधबार सूचना प्रकाशित गरी करेन्ट लगाएर तथा विषादी प्रयोग गरी बूढीगण्डकीको माछा मार्न कडा प्रतिबन्ध लगाएको जनाएको हो। ‘यस्ता घातक विधिको प्रयोगबाट जलचरको विनाश हुनुका साथै वातावरणीय सन्तुलनमा गम्भीर असर पर्ने र मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्तिने भएकाले खोला वा जलाशयमा ...
: भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ। भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौबीसै घण्टा आयात गर्न अनुमति नवीकरण गरेको हो। यस अघि दिइएको अनुमतिको म्याद बुधबार सकिंदै थियो। नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० ...
: निर्वाचन आयोगले गत निर्वाचनमा जरिवाना तिर्नेलाई उम्मेदवार बन्‍नबाट नरोक्ने जनाएको छ। अन्नपूर्ण पोस्ट्ले निर्वाचन आयोगले तोकिएको समयावधिभित्र निर्वाचन खर्च विवरण नबुझाउने र बुझाएर पनि सार्वजनिक नगर्ने उम्मेदवारको नाम सार्वजनिक गरेको थियो। आयोगका अनुसार तोकिएको समयमा खर्च विवरण बुझाई सार्वजनिक नगरेपछि आयोगले १५/१५ हजार जरिवानासमेत गरेको छ। आयोगका प्रवक्ता/ सहसचिव नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा ...