: वीरगन्जबाट प्रहरीले श्रोत खुल्न नसकेको ६ लाख ७१ हजारभन्दा बढी रुपैयाँहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित बेतिया जिल्लाको मथौली घर भई हाल वीरगन्ज महानगरपालिका-२ छपकैयामा बस्ने ५० वर्षीय अनवर मियाँ, छपकैयाकै २२ वर्षीय महमद कैफ अहमद र भारतको बिहार राज्यस्थित मोतिहारी जिलको गम्हरियाकलाका ४८ वर्षीय फूल महमद रहेका छन्।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगन्जको मकालु होटल चोकबाट तीनै जनालाई ६ लाख ७१ हजार ९५० रुपैयाँसहित पक्राउ गरिएको हो।
बरामद रकमको श्रोत खुल्न नसकेकाले उक्त रकम हुण्डीको रहेको प्रहरीले जनाएका छन्। पक्राउ परेका तीनै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसुरमा पर्सा जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।