मुख्य समाचार
नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भएको भन्दै वामपन्थी र लोकतन्त्रप्रेमी शक्तिहरूबीच राष्ट्रिय एकता गर्न आह्वान
नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भएको भन्दै वामपन्थी र लोकतन्त्रप्रेमी शक्तिहरूबीच राष्ट्रिय एकता गर्न आह्वान

: पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भएको भन्दै वामपन्थी र लोकतन्त्रप्रेमी शक्तिहरूबीच राष्ट्रिय एकता गर्न आह्वान गरेका छन्। नयाँ वर्षको शुभकामना दिँदै उनले आज देश बहुआयामिक संकटबाट गुज्रिरहेको र साम्राज्यवादी शक्तिले मुलुकलाई हिंसा र विध्वंसतिर लान खोजिरहेको बताएका हुन्।




‘हामी सबैलाई थाहा छ आज देश बहुआयामिक संकटबाट गुज्रिरहेको छ। अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देश भित्रका उनीहरूका दलालहरू नेपाललाई “युक्रेन” बनाउन योजनाबद्ध ढंगले लागेका छन्।’ खनालले भनेका छन्, ‘उनीहरू नेपाली जनतालाई सबै नेताका विरुद्ध, नेपाली समाजलाई परिवर्तन गर्दै आइरहेका पार्टीहरूको विरुद्ध, देशका विरुद्ध र समाजवादका विरुद्ध विदेशी पैसा र प्रलोभनका आधारमा दुष्प्रचार गरिरहेका छन् र मुलुकलाई हिंसा र विध्वंसतिर लान खोज्दैछन्।’


नेपाली कम्युनिष्ट पार्टीका नेता खनालले देश संकटमा रहेकाले सिद्धान्तका आधारमा वामपन्थी शक्तिहरूलाई कार्यगत एकता वा वाममोर्चामा आबद्ध हुन आह्वान गरे। उनले निर्वाचन घोषणा गरेपनि शान्तिपूर्ण, निष्पक्ष र धाधली रहित निर्वाचन गर्ने पूर्वाधार अझै राम्ररी तयार नभएको बताए।



‘अहिले वर्तमान संविधान मिचेर भएपनि नयाँ सरकार बनेको छ र त्यसले मुलुकमा प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ। अवश्य नै निर्वाचनको विकल्प छैन। तर शान्तिपूर्ण, निष्पक्ष र धाधली रहित निर्वाचन गर्ने पूर्वाधार अझै राम्ररी तयार भएको देखिँदैन। निर्वाचनका साथसाथै संविधानलाई परिमार्जन गर्ने, मुलुकको सामाजिक–आर्थिक ढाँचामा व्यापक परिवर्तन गर्ने, शिक्षा स्वास्थ्यमा व्यापक रुपान्तरण गर्ने, राष्ट्रियतालाई सुदृढ गर्ने, परराष्ट्र नीतिलाई ट्रयाकमा फर्काउने, सुशासन स्थापना गर्दै भ्रष्टाचारको अन्त्य गर्ने र युवाहरूको लागि रोजगारी सिर्जना गर्ने जस्ता ज्वलन्त तत्कालिक सवालहरू समाधान गर्ने आवश्यकता प्रबल बनिरहेको छ।’ खनालले शुभकामना सन्देशमा लेखेका छन्,‘यी सवालहरू समाधान गर्ने ठोस योजनाका साथ गरिने निर्वाचनले मात्र जनता र राष्ट्रका तत्कालिक समस्या समाधान गर्दै क्रमशः समाजवादतिर अग्रसर हुने बाटो खोल्न सक्छ। त्यसका लागि हाम्रो देशका समस्त कम्युनिष्टहरु, वामपन्थीहरू, प्रगतिशील शक्तिहरू, देशभक्तहरु र लोकतन्त्रप्रेमीहरूबीच राष्ट्रिय एकता निर्माण गर्नु अनिवार्य हुन्छ। त्यही उद्देश्य प्राप्तिका निम्ति हामीले सत्रवटा बाम समूहहरूलाई एकताबद्ध बनाएर नेपाली कम्युनिष्ट पार्टी निर्माण गरेका छौं। यो पार्टी चार आधारभूत सिद्धान्तका आधारमा सबै कम्युनिष्ट र वामपन्थी शक्तिहरूलाई कार्यगत एकता वा वाममोर्चामा आबद्ध गर्न दृढ छ।’

संविधान मिचेर बनेको नयाँ सरकारले मुलुकमा प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ। अवश्य नै निर्वाचनको विकल्प छैन। तर शान्तिपूर्ण, निष्पक्ष र धाधली रहित निर्वाचन गर्ने पूर्वाधार अझै राम्ररी तयार भएको देखिँदैन।
सिङ्गो विश्वमा उथलपुथल र परिवर्तनका दुवै ऐतिहासिक प्रक्रियाहरू तीव्ररूपले अघि बढेको उनको दाबी छ। सन्देशमा लेखेका छन्,‘विश्वको शक्ति सन्तुलनमा ठूलो परिवर्तन भइरहेको छ। पश्चिमा शक्तिहरूको प्रभुत्व रहेको पुरानो विश्व व्यवस्था सबै क्षेत्रमा विघटन हुँदै गइरहेको छ। नयाँ न्याय र समानतापूर्ण विश्व व्यवस्थाले क्रमशः आकार लिँदै गइरहेको छ। यो परिवर्तन र अन्तरद्वन्दको प्रक्रियाले हर देशलाई कुनै न कुनै रूपमा प्रभावित पारिरहेको छ। यही विश्व ऐतिहासिक प्रक्रियाको अभिन्न अङ्गका रूपमा हाम्रो प्रिय मातृभूमि नेपालको राष्ट्रिय परिस्थिति पनि विकास गर्दै आइरहेको छ।’

खनालले नेपाली जनताले वर्षौंदेखि भोग्दै आएको दिशाहिनता, अविकास, कुशासन, भ्रष्टाचार, बेरोजगारी र युवाहरूको बहिर्गमनले देशको सामाजिक–आर्थिक संकट निरन्तर गहिरिँदै गइरहेको बताए। उनले भने, ‘जेन्जी आन्दोलनका नाममा देशी विदेशी प्रतिक्रियावादीहरूले विगत भदौ २४ गते देशव्यापी रुपमा गरेको तोडफोड, आगजानी, लुटपाट र महाविध्वंसले सिंगो मुलुक नै महासंकटको अवस्थामा पुगेको छ। यो महासंकटबाट नयाँ निर्वाचनमार्फत निकासतिर लाने ठूलो चुनौतीको सामना गर्दै गर्दा हामी इ.सम्बत्को नयाँ वर्ष २०२६ मा प्रवेश गरेका छौँ।’


उनले विद्यमान परिस्थितिको गम्भीरता, बदलिँदो अन्तर्राष्ट्रिय स्थिति, नेपाल र नेपाली जनताको समाजवादको आकांक्षालाई बुझेर विद्यमान महासंकटबाट निकासतिर लान एकताबद्ध बनाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको पछिल्लो सुरक्षा अवस्था र जेनजी आन्दोलनका नाममा भएका हिंसात्मक घटनाको छानबिन गर्न सरकारले गठन गरेको आयोगको कामकारबाही एवं भूमिकाप्रति अविश्वास व्यक्त गरेका छन्। उनले आयोगको निष्पक्षतामाथि नै गम्भीर प्रश्न उठाए। विराटनगरमा बुधबार आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सरकार स्वयं र उसले गठन गरेको छानबिन ...
: नेपाली कांग्रेसका नेता शेखर कोइरालाले व्यक्तिगत महत्वाकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमिनुको विकल्प नभएको बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुभकामना दिँदै उनले राष्ट्रिय मेलमिलापको सान्दर्भिकता र महत्व आज कांग्रेस एक्लैको विषय नभएको बताए। ‘राष्ट्रिय एकता र मेलमिलापको लागि आज सत्ता राजनीति भन्दा माथी सार्वभौम सम्पुर्ण नेपालीहरुको जागरुक सतर्कता सहित ऐक्यवद्धताको खाँचो रहेको छ।’ ...
: बूढीगण्डकी नदीमा करेन्ट तथा विषादी प्रयोग गरी माछा मार्न नपाइने भएको छ। आरुघाट गाउँपालिकाले बुधबार सूचना प्रकाशित गरी करेन्ट लगाएर तथा विषादी प्रयोग गरी बूढीगण्डकीको माछा मार्न कडा प्रतिबन्ध लगाएको जनाएको हो। ‘यस्ता घातक विधिको प्रयोगबाट जलचरको विनाश हुनुका साथै वातावरणीय सन्तुलनमा गम्भीर असर पर्ने र मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्तिने भएकाले खोला वा जलाशयमा ...
: भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ। भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौबीसै घण्टा आयात गर्न अनुमति नवीकरण गरेको हो। यस अघि दिइएको अनुमतिको म्याद बुधबार सकिंदै थियो। नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० ...
: निर्वाचन आयोगले गत निर्वाचनमा जरिवाना तिर्नेलाई उम्मेदवार बन्‍नबाट नरोक्ने जनाएको छ। अन्नपूर्ण पोस्ट्ले निर्वाचन आयोगले तोकिएको समयावधिभित्र निर्वाचन खर्च विवरण नबुझाउने र बुझाएर पनि सार्वजनिक नगर्ने उम्मेदवारको नाम सार्वजनिक गरेको थियो। आयोगका अनुसार तोकिएको समयमा खर्च विवरण बुझाई सार्वजनिक नगरेपछि आयोगले १५/१५ हजार जरिवानासमेत गरेको छ। आयोगका प्रवक्ता/ सहसचिव नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा ...