मुख्य समाचार
ओलीले पछिल्लो सयम भइरहेका राजनीतिक ध्रुवीकरणलाई दुब्लाहरूको गठजोड भनी टिप्पणी
ओलीले पछिल्लो सयम भइरहेका राजनीतिक ध्रुवीकरणलाई दुब्लाहरूको गठजोड भनी टिप्पणी

— एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो सयम भइरहेका राजनीतिक ध्रुवीकरणलाई दुब्लाहरूको गठजोड भनी टिप्पणी गरेका छन् । एमाले जस्तो बलियो पार्टीसँग मुकाबिला गर्न दुब्लाहरूले सहकार्य गर्नुपरेको ओलीको जिकिर थियो ।


मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेलाई सिंहको संज्ञा दिँदै त्यसलाई कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर जित्न नसक्ने बताएका हुन् ।

ओलीले कांग्रेस, एमाले जस्तो विशाल पार्टी लड्नका लागि दुब्लाहरूले जो कोहीसँग पनि निरन्तर सहकार्य र एकताको कुरा गरिरहेको दाबीसमेत गरे । को लोकप्रिय छ भन्ने कुरा परीक्षण आगामी निर्वाचनबाट हुनेसमेत ओलीले बताए ।

यस्तो छ ओलीको भनाइ

अहिले लोकप्रियता, अलोकप्रियताका अनेक विवादहरु, सृजना गरिएका अनेक भाष्यहरुको व्यवस्थित जवाफ एमालेका महाधिवेशनले दिएको छ । अर्को देशका को बढी लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्म नै रहन्छ । प्रधानमन्त्री बनाइसके मान्छेले घरैमा । हामी चुनाव पर्खिराखेका छौँ । कहिले होला ? फागुन २१ मा होला ? वा वैशाखमा होला । वा अर्को मंसिरमा होला । हामी चुनाव पर्खिरहेका छौ । जस्तो महाधिवेशनबाट हामीले धेरै कुराको जवाफ दिएका छौ । त्यस्तै निर्वाचनबाट पनि राष्ट्रिय फैसला दिनेछौँ । त्यसका लागि हामीतयार छौँ भन्ने कुराको सन्देश पनि महाधिवेशनले दिएको छ ।

पूर्ववक्ता साथीहरुले भनेजस्तै लोकतन्त्र अजेय छ , अपराजय छ । यसलाई कसैले पराजित गर्न सक्दैन । यसलाई कसैले जित्न सक्दैन । लोकतन्त्रले नै जित्छ । खेलमा खेलाडीहरु मध्ये एउटा जुडोको खेल भयो भने कुन खेलाडी कतिखेर पछारिन्छ, कुन खेलाडी कतिवेर पछारिन्छ । तर, उत्कृष्ट खेलाडीले जित्छ । अहिले त्यस्तो स्थिति पनि होइन । यसो हेर्छन–विशाल एमाले देखेपछि अनि तिमी र म मिल्यो भनेको छ, तिमी र म मिलौ भनेको छ । ऊ सँग पनि मिलौ भनेको छ । यसो हेर्‍यो विशालकाय एमाले छ ।

भिँड्नु त्योसँग छ । अनि लौन मिलू भनेर ...। अनि कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघको, सिंहको शिकार हुन्छ ? मुकाविला हुन्छ ? यसो हेर्छन–नेपाली काँग्रेस छ । छेउमा नगइन्जेल त मजानै छ । छेउमा गएपछि हाग्रो पार्छ नि नेपाली काँग्रेसले पनि । त्यो पनि हेर्छन । त्यसो भएपछि मोर्चा गर्न थाल्दछन् । दुब्लाको काम नै मोर्चा गर्ने हो ।



बलियासँग लडनका लागि दुब्लाले एकताका कुरा गर्दछन । आज पनि अर्को एकता हुन्छ रातिसम्ममा । अस्ति पनि एकता भयो, हिजो पनि एकता भयो । आज पनि हुन्छ, भोलि पनि हुन्छ । अनि दुई चार जना, दुई चार जना मिलेर घैँटामा बोकेको पानीले महासागरसँग जति मोर्चा गरेपनि कसरी होला ? त्यही तयारी नेकपा एमालेको एघारौं महाधिवेशनले गरेको छ । नेपाली काँग्रेस पनि त्यसैगरी स्पष्टताका साथ तयारी गर्न चाहिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सामाजिक सञ्जाल र सहर बजारमा होहल्ला गर्ने, इतिहास र निष्ठाविहीनहरूले देश कब्जा गरिसकेको भन्दै भ्रम फैल्याएको टिप्पणी गरेका छन् । रुकुमपूर्वदेखि काठमाडौंसम्म यात्रामा आएका केशव रावलको सम्मानसहितको यात्रा समापन कार्यक्रममा बोल्दै उनले दशकौँको संघर्ष, त्याग र तपस्याबाट स्थापित पार्टीहरू अब आवश्यक छैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका ...
— कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन गर्न नसकेको टिप्पणी गरेका छन् । मंगलबार मोरङ समाज काठमाडौंको २६ औँ वार्षिक साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले सबै राजनीतिक दलहरूले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन ? अहम् प्रश्न ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गतेको आक्रमणमा जेनजी र नेपालीले सेनाले आफूलाई जोगाएको दाबी गरेका छन्। जेनजी आन्दोलनमा घुसपैठ भएको बताउँदै देउवाले आफूलाई उद्धार गर्न सेनाको हेलिकोप्टर आउँदा बदमासहरूले ल्यान्ड गर्नसमेत नदिएको बताएका हुन्। भदौ २४ गते घरमै बसिरहेका देउवा दम्पतिमाथि आक्रमण भएको थियो। उनले भने,‘यसरी आक्रमण होला भन्ने त कल्पनानै थिएन, चारैतिरबाट ...
— प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा विकसित घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक विधिप्रक्रियाबाट युवाले चाहेजस्तो देश निर्माण गर्न सरकार अग्रसर रहेको बताएकी छिन् । जतिसुकै मतभेद भए पनि एकापसमा हातेमालो गर्दै आपसी संवाद र सहमतिका आधारमा मुलुकलाई राजनीतिक निकास दिनेगरी निर्वाचनका पक्षमा देश होमिएको कार्कीको भनाइ छ । ‘तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्’द्वारा आज ...
: आज गुरूङ समुदायले धुमधामका साथ तमु ल्होसार पर्व मनाइरहेका छन्। पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउने प्रचलन छ। ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। सरकारले तमु ल्होसारका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। तमु ल्होसार ...