मुख्य समाचार
इराकमा नयाँ श्रमिक पठाउन स्वीकृति दिइएको छैन : श्रम मन्त्रालय
इराकमा नयाँ श्रमिक पठाउन स्वीकृति दिइएको छैन : श्रम मन्त्रालय

— श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इराक नयाँ श्रमिक पठाउन श्रम स्वीकृति नदिइएको जनाएको छ । श्रमले इराकमै काम गरिरहेका नेपालीलाई आवासीय परिचय पत्र (रेसिडेन्सी कार्ड) भएकालाई पुनः नेपालमा आई आफनो रोजगारीलाई निरन्तरता दिन चाहनेलाई श्रम स्वीकृति दिने जनाएको छ ।


‘इराकमा श्रम स्वीकृति प्रदान गर्नेसम्बन्धी निर्णय सरकारले इराकमा संस्थागत एंव व्यक्तिगत रूपमा नयाँ श्रमिकलाई खुला गरेको होइन,’ श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले भने,‘ यो नेपाल आएको बखतमा इराकको ‘रेसिडेन्सी कार्ड’ र त्यहाँको वैधानिक भिसा देखाएमा मात्रै श्रम स्वीकृति दिइनेछ ।’

सरकारले पुस ११ गते मन्त्रिपरिषद्को बैठकले इराकमा रहेका नेपालीलाई श्रम स्वीकृति दिइने निर्णय गरेको थियो । २०६१ भदौ १५ मा १२ जना नेपालीको हत्या भएपछि सुरक्षाको कारण देखाएर सरकारले इराक जान प्रतिबन्ध लगाएको थियो ।

त्यसयता पनि इराकको अमेरिकी बेस क्याम्प, विभिन्न देशका दूतावास, पेट्रोलियम आयोजनादेखि घरेलु श्रमिकको हैसियतमा काम गरिरहेका छन् । गैरआवासीय नेपाली संघ, इराकका अध्यक्ष विनोद श्रेष्ठका अनुसार सरकारको यो निर्णयले झन्डै ३० हजार नेपाली श्रमिकको लागि नेपाल आउजाउ गर्न बाटो खुलेको छ ।

सरकारले यसअघि २०६७ साउन १२ गते इराकको अमेरिकी बेस क्याम्पमा काम गरिरहेका ४० हजारभन्दा बढी नेपाली कामदारलाई वैध हैसियत दिने निर्णय गरेको थियो । अमेरिकी सेनाको कन्ट्याक्ट कमान्ड (सेन्टाम) ले नेपालीलाई वैधता नदिए नेपाल पठाउने भन्दै २० दिनको अल्टिमेटम दिएपछि हजारौं नेपालीको रोजगारीको संकटमा परेको थियो । अमेरिकाले कूटनीतिक च्यानलमार्फत प्रतिबन्ध फुकुवा भए कामदार नफर्काउने संकेत दिएपछि श्रम मन्त्रालयले वैधता दिएको थियो ।

एनआरएनए, इराकका अध्यक्ष श्रेष्ठले सरकारको निर्णयले इराकमा कार्यरत नेपाली वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा र म्यादी बिमाको दायराभित्र आउने बताए । ‘अहिले इराकमा कति नेपाली कार्यरत छन् भन्ने यकिन विवरण छैन । यहाँको सरकारी निकायदेखि नेपाली समुदायले भेटेको आधारमा कम्तीमा ३० हजार रहेको अनुमान गरेको छ । नेपालबाट श्रम स्वीकृति नलिई आउँदा उनीहरू राज्यबाट पाउने सबै प्रकारका सुविधाबाट वञ्चित भइराख्नु परेको छ,’ उनले भने ।

वैदेशिक रोजगार विभागले मन्त्रिपरिषद्को प्रमाणित निर्णय आएपछि श्रम स्वीकृति प्रक्रिया अगाडि बढ्ने जनाएको छ । विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले मन्त्रिपरिषद्को प्रमाणित निर्णय पर्खेर बसेको बताए । ‘हामी मन्त्रिपरिषद्को प्रमाणित निर्णयको प्रतीक्षामा छौं । त्यो आएपछि प्रक्रिया अगाडि बढ्छ,’ उनले भने,‘यो नयाँ जानेलाई होइन । बिदामा आएकालाई यात्रा सहजीकरणका लागि आउजाउ गर्न सजिलो बनाउनका लागि हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...
। विश्व मानचित्रमा नेपालको चिनारी अब सगरमाथा, गौतम बुद्ध वा लुम्बिनीबाट मात्र होइन्, आईटी हबका रुपमा समेत स्थापित भइसकेको छ भन्ने सन्देश दिन लन्डनमा ‘नेपाल टेक रोड शो यूके’ भएको छ । आउटसोर्सिङ र साझेदारी अवसरहरू अन्वेषण गर्ने लक्ष्यसहित आयोजित ‘नेपाल टेक रोड शो यूके’ दोस्रो संस्करणमा नेपालबाट आएका झण्डै दुई दर्जन आइटी उद्यमीहरुले ब्रिटिश लगानीकर्तालाई ...
। नेपालमा भोटेकोशी बाढीपीडितको सहयोगार्थ ३०० बढी नेपाली धावक लन्डनको प्रमुख हाफ म्याराथन ‘द बिग हाफ म्याराथन २०२६’ मा सहभागी भएका छन् । यस वर्ष दौड्ने नेपाल रन यूके आवद्ध हरेक नेपालीले म्याराथनलाई नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडित तथा उनीहरूका परिवारप्रति समर्पित गरे । हाफ म्याराथनलाई नेपाली धावकहरुले आफ्नो मातृभूमिप्रतिको ऐक्यबद्धता, सहानुभूति र सहयोगको एक सशक्त ...
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम