: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने दाबी गरेका छन्। मंगलबार राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा मदन–आश्रित स्मृति प्रतिष्ठानको विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले देश अफ्यारो स्थितिमा भएका बेला अदालतले तदारुकतासाथ सहजता र तीव्रता साथ निर्णय दिनुपर्ने धारणा राखेका हुन्।
उनले लोकतन्त्र छोड्न र मासिन दिन एमाले र जनता तयार नभएको बताए। ओलीले प्रतिनिधि सभा विघटन अधिकारबिहीन व्यक्तिले सिफारिस गरेर गरिरहेको भन्दै आपत्ति जनाए। उनले भने,‘जनताको जनभावनाको लिड एमालेले गर्छ। प्रतिनिधि सभा विघटन अनधिकृत सिफारिसले अनाधिकृत ढंगले भएको छ। जबसम्म प्रतिनिधित्व महसुस हुँदैन तबसम्म माग रहन्छ।’
ओलीले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नेभन्दा अर्को बाटो नभएको दाबी गरे। उनले भने,‘ सर्वोच्चलाई हामी भन्न चाहन्छौं - देश अफ्ठ्यारो स्थितिमा भएका बेला अदालतले तदारुकता साथ सहजता र तीब्रताका साथ निर्णय दिनुपर्छ। अदालतले फैसला गर्ने बित्तिकै अर्को बाटो छैन, संसद् पुनर्स्थापनाबाहेक अर्को बाटो छैन। हामी आग्रह गर्छौं यसमा विलम्ब हुनु हुँदैन। समयमा न्याय नदिनु, विलम्ब गर्नु भनेको न्याय नदिनु हो। देश जटिल परिस्थितिमा छ।’
ढिलो फैसला गर्दा त्यसको कुनै अर्थ नहुने उनको भनाई छ। ओलीले निर्वाचनपश्चात पनि एमाले र कांग्रेस बिना सरकार नबन्ने ठोकुवा गरे।