मुख्य समाचार
हनीट्रयाप काण्ड : फिरौती असुलेर विनोदको हत्यामा संलग्न ३ जनालाई जन्मकैद
हनीट्रयाप काण्ड : फिरौती असुलेर विनोदको हत्यामा संलग्न ३ जनालाई जन्मकैद

। ‘हनी ट्रयाप’मा पारेर काठमाडौं कीर्तिपुर नगरपालिका–५ का ५० वर्षीय विनोद खड्गीको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको सजाय भएको छ भने तीनजनाले सफाइ पाएका छन् ।

घटनाका मुख्य अभियुक्त सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–९ बस्ने मनिषा महत, महोत्तरीको गौशाला नगरपालिका–६ घर भई हाल भक्तपुर कौशलटार बस्ने आशिष पासवान र बाग्लुङको गलकोट नगरपालिका–७ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने प्रतीक गौतमलाई जन्मकैद फैसला भएको हो ।

सोमबार काभ्रेपलाञ्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले उनीहरूलाई जन्मकैदको फैसला गरेको अदालतका स्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन् ।

कार्कीका अनुसार रोशनी महत, सञ्जय खत्री, मेनुका महत र दिपेश पौडेलले भने सफाइ पाएका छन् ।

जन्मकैद सजायँ पाएकाहरुबाट २–२ लाख रुपैयाँका दरले जरिवानाको फैसला पनि अदालतले गरेको छ । उनीहरुबाट जनही २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउने आदेश पनि अदालतले दिएको छ ।

यो प्रकरणमा मतियारको रुपमा मुद्दा चलाइएका काठमाडौंको शंकरापुर नगरपालिका–५ का सरिन घिमिरेलाई पनि अदालतले दोषी ठहर गरेको छ । उनलाई सजाय निर्धारणका लागि अर्को पेशी तोकिएको छ । यो प्रकरणमा संलग्न भनिएका अंशु खान र शिवम सिं राजपुत फरार छन् ।

अपहरणपछि हत्या

काठमाडौं कीर्तिपुर नगरपालिका–५ मा मासु पसल सञ्चालन गर्दै आएका खड्गीलाई उक्त समूहले २०८१ असोज ५ गते राति अपहरण गरी फिरौती रकम असुलेर हत्या गरेका थिए ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भई मध्यपुर थिमीमा बस्ने २१ वर्षीया मनिषा महतले भारतीय र नेपाली नागरिकसँग मिलेर कीर्तिपुरका विनोदको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

मनिषा, अंशु, शिवम, सरिन र रिकेशले फिरौतीको योजना बनाएर विनोदलाई नागरिकता बनाउन जान सहयोग गर्नुपर्‍यो भन्दै बोलाएर सुरुमा रक्सी खुवाएका थिए । त्यसपछि हातखुट्टा बाँधेर फिरौतीका लागि बार्गेनिङ गरेका थिए । सुरुमा ३० लाख रुपियाँ फिरौती माग गरिएको थियो । पछि मनिषाले नै १० लाख भए हुने भन्न थालिन् ।

विनोदले भने आफूसँग त्यति पैसा नभएकाले पाँच लाख दिन तयार रहेको बताए । आफ्नोमा काम गर्ने कर्मचारीलाई फोन गरी पाँच लाख रुपियाँ लिई भक्तपुर राधेराधेमा रहेको भाटभटेनी सुपरमार्केट अगाडि बोलाएर अपहरणमा संलग्न टोलीका सदस्यलाई रकम बुझाउन लगाएका थिए ।

फिरौती रकम लिइसकेपछि पोल खुल्ने डरले असोज ५ गते राति कुटपिट गरी हत्या गरेको प्रहरी अनुसन्धान रिपोर्टमा उल्लेख छ ।

हात, खुट्टामा डोरीले बाँधी, भक्तपुरको गुण्डुमा लगेर छातीलगायत संवेदनशील अंगमा इँट्टाले हानी हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको थियो । हत्यापछि शवलाई उनीहरुले पाँचखाल–८ स्थित ४९ किलोमा लगेर फालेका थिए ।

विनोदको हत्यापछि असोज ६ गते अंशुले मनिषालाई १ लाख, प्रतीकलाई १० हजार, आशिषलाई २० हजार र अंशुकी दिदी रोशनी महतलाई ५० हजार गरी एक लाख ८० हजार रकम बाँडेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

अनुसन्धानकै क्रममा मनिषाले भारतीय नागरिकसँग मिलेर भारतमा पनि लुटपाट गरेको खुलेको थियो ।

भारतमा पनि लुटपाटमा संलग्न

अंशु खान र शिवमसँग मिलेर तीन महिना अगाडि ग्रेटर नोयडामा तुसार भन्ने व्यक्तिलाई कुटपिट गरेर १ लाख ५० हजार असुलेको पाइएको अनुसन्धानमा संलगन एक अधिकृतले बताए ।

भारतबाट नेपाल फर्किएपछि पनि धनी व्यक्तिलाई ‘हनी ट्र्याप’मा पार्ने र रकम लुट्ने काममा उनी संलग्न भएको पाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ उनलाई हराउने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष साम्पाङले यस्तो चेतावनी दिएका हुन् । धरान उपमहानगरपालिकाका मेयर समेत रहेका साम्पाङले लेखेका छन्, ‘बालेनलाई चुनावमा हराउनेछौँ ! जहाँबाट उम्मेद्वारी दिन्छ त्यहीँ हामी हराउनेछौँ !’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्ने ...
। पुराना राजनीतिक दलहरूको शासकीय अव्यवस्थाकोविरुद्ध आवाज उठाउँदै संगठित रुपमा उदाएका तीनवटा नयाँ राजनीतिक शक्तिबीच पार्टी एकता भएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग काठमाडौंका मेयर बालेन्द्र शाहको समूहले एकता गरेको एकदिनपछि सोमबार कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टी पनि एकता प्रक्रियामा जोडिएको छ । रास्वपा र उज्यालो नेपाल पार्टीबीच पनि एकता भएपछि अब ...
। पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले २३ भदौको जेनजी आन्दोलनमा आफूले बल प्रयोग गर्न निर्देशन नदिएको जिकिर गर्दै बल प्रयोगको घटनामा सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारी (सिडिओ) जिम्मेवार हुनुपर्ने बयान दिएका छन् । जेनजी आन्दोलनमा २३ गते भएको दमन र २४ गतेको विध्वंशबारे जाँचबुझ गर्न गठन भएको आयोगमा आफ्नो लिखित भनाइ राख्दै लेखकले ...
। ‘द काउन्सिल अफ जेनजी’ का संयोजक सुदन गुरुङले अब देशव्यापी सिभिलियन फोर्स गठन गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उज्यालो नेपालका कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच एकता सहमति भएपछि गुरुङले अब सिभिलियन फोर्स गठन गर्ने बताएका हुन् । ‘मैले गोरखनाथमा खाएको कसम पूरा गरेँ । ...
। हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट अनुशासनको कारबाहीमा परेका उपाध्यक्ष मित्र परियारलाई नेपाली कम्युनिस्ट पार्टीले समानुपातिक सांसदको उम्मेदवार बनाउने भएको छ । केहीदिनअघि मात्रै श्रम संस्कृति पार्टी परित्याग गरेको जानकारी दिएर नेकपा प्रवेश गरेका उनलाई आज दलित क्लस्टरबाट १ नम्बरमा राखेर बन्दसूची पेस गरिएको हो । परियारलाई पुस ११ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका थिए ...