मुख्य समाचार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैनिक बल प्रयोगबाट रुसले युक्रेनमा लक्ष्य हासिल गर्ने चेतावनी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैनिक बल प्रयोगबाट रुसले युक्रेनमा लक्ष्य हासिल गर्ने चेतावनी

— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैनिक बल प्रयोगबाट रुसले युक्रेनमा लक्ष्य हासिल गर्ने चेतावनी दिएका छन् ।


।शनिबार रुसी सशस्त्र बलको एक कमान्ड पोस्टको भ्रमणपछि युद्धको शान्तिपूर्ण निकासमा युक्रेनले चासो नदिएको आरोप उनले लगाए ।

'युक्रेनलाई शान्तिपूर्ण निकासमा हतार भएजस्तो देखिन्‍न, ' राष्ट्रपति पुटिनले भने, 'यदि किभ शान्ति चाहँदैन भने रुसले सैन्य माध्यमबाट विशेष सैन्य अपरेसनका सबै लक्ष्य हासिल गर्नेछ ।'

रुसी–युक्रेनी सीमामा बफर जोन स्थापना गर्ने काम योजनाअनुसार नै अघि बढिरहेको छ र रुसी सेनाले डोन्बास र जापोरिजिया क्षेत्रको सम्पूर्ण सम्पर्क रेखामा प्रगति गरिरहेको दाबी उनले गरे ।

राष्ट्रपति पुटिनले चिफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोभ र विभिन्न युद्ध समूहका कमान्डरहरूसँग भेटवार्ता गरेपछि यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

Hardik IVF
Laxmi Sunrise bank

यसअघि आइतबार युक्रेनी राष्ट्रपति भोलोदमेर जेलेन्स्कीले रुसले शान्ति नचाहेको आरोप लगाएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्नका लागि फ्लोरिडा पुगेका जेलेन्स्कीले यस्तो आरोप लगाएका हुन् ।

रुसले शुक्रबार किभसहित युक्रेनका धेरै भूभागमा हवाई तथा ड्रोन हमला समेत गरेको थियो ।


१० घण्टा लामो क्षेप्यास्त्र र ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

वार्ताको तयारी चलिरहेकै बेला आक्रमणमा उत्रनुले रुस शान्तिको पक्षमा नरहेको प्रष्ट देखाएको जेलेन्स्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम