मुख्य समाचार
बुल्गेरियाले बिहीबारदेखि युरो मुद्रा प्रयोगमा ल्याउँदै
बुल्गेरियाले बिहीबारदेखि युरो मुद्रा प्रयोगमा ल्याउँदै

— बुल्गेरियाले बिहीबारदेखि युरो मुद्रा प्रयोगमा ल्याउँदैछ । तर यस कदमप्रति देशभर डर र अनिश्चितता पनि उत्तिकै देखिएको छ ।


धेरै नागरिकले युरो अपनाउँदा मूल्यवृद्धि हुने र सामाजिक तथा आर्थिक अस्थिरता बढ्न सक्ने आशङ्का व्यक्त गरिरहेका छन् ।

युरोपेली युनियनकै गरिब राज्यका रुपमा चिनिने बुल्गेरिया युरो प्रयोगमा ल्याउने २१ औं राष्ट्र हो ।

यस वर्ष ‘बुल्गेरियाली लेभ जोगाऔँ’ भन्ने नारासहित विरोध अभियान नै चलाइएको थियो । यसले युरोप्रति जनसाधारणमा रहेको नकारात्मक धारणा र महँगीको डरलाई थप उजागर गरेको छ ।

तर पछिल्ला सरकारहरूले युरोजोनमा सामेल हुन निरन्तर जोड दिँदै आएका छन् । समर्थकहरूका अनुसार युरोले अर्थतन्त्रलाई बलियो बनाउने, पश्चिमी मुलुकसँगको सम्बन्ध सुदृढ गर्ने र रुसको प्रभावबाट टाढा राख्नेछ ।

एकल मुद्रा युरो सन् २००२ मा १२ देशबाट सुरु भएको थियो । त्यसयता यसको विस्तार हुँदै आएको छ । क्रोएसिया सन् २०२३ मा अन्तिम पटक सामेल भएको देश हो । बुल्गेरियाले भने राजनीतिक अस्थिरता, भ्रष्टाचारविरोधी आन्दोलन र बारम्बारका चुनावका कारण विशेष चुनौतीको सामना गरिरहेको छ ।

हालै कन्चरभेटिभ सरकार पतन भएपछि देश पाँच वर्षमै आठौँ चुनावको सङ्घारमा पुगेको छ । अल्फा रिसर्चका विश्लेषक बोर्याना दिमित्रोभाका अनुसार युरो अपनाउँदा देखिने कुनै पनि समस्यालाई इयु–विरोधी राजनीतिज्ञहरूले राजनीतिक हतियार बनाउने सम्भावना छ ।



उहाँका अनुसार यस्ता विषय इयु विरुद्धको बयानबाजीको आधार बन्न सक्छन् । अति–दक्षिणपन्थी र रुस समर्थक दलहरूले युरो विरोधी प्रदर्शनको अगुवाइ गरिरहेका भए पनि ग्रामीण र गरिब क्षेत्रका धेरै नागरिक नयाँ मुद्राप्रति स्वाभाविक रूपमा चिन्तित छन् ।

उत्तरपश्चिमी बुल्गेरियाको चुप्रेन गाउँकी किराना व्यवसायी ५३ वर्षीया बिल्याना निकोलोभाले पश्चिमी युरोपमा बस्ने साथीहरूबाट मूल्य बढेको अनुभव सुनेको भन्दै यहाँ पनि महँगी बढ्ने डर व्यक्त गर्नुभएको छ ।

युरोपेली सङ्घ (इयु) को युरोबेरोमिटर सर्वेक्षणअनुसार ४९ प्रतिशत बुल्गेरियालीहरू अझै युरोको विरोधमा छन् । सन् १९९० को दशकको अत्यधिक मुद्रास्फीति पछि बुल्गेरियाले आफ्नो मुद्रा जर्मन मार्क र पछि युरोसँग बाँधेको थियो । यसले देशलाई युरोपेली केन्द्रीय बैंकमा निर्भर बनाएको छ ।

ओपन सोसाइटी इन्स्टिच्युटका वरिष्ठ अर्थशास्त्री जोर्जी एन्जेलोभका अनुसार युरो अपनाएपछि बुल्गेरिया मौद्रिक सङ्घभित्र निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागी बन्नेछ । सन् २००७ देखि इयु सदस्य रहेको बुल्गेरिया सन् २०२० मा क्रोएसियासँगै युरोको ‘वेटिङ रुम’ मा प्रवेश गरेको थियो ।

इसिबीकी अध्यक्ष क्रिस्टिन लेगार्डले युरोमा सामेल हुने लाभ ‘पर्याप्त’ रहेको बताउँदै सहज व्यापार, कम वित्तीय लागत र मूल्य स्थिरता मुख्य फाइदा भएको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार साना तथा मध्यम व्यवसायहरूले मात्रै विनिमय शुल्कमा करिब ५० करोड युरो बचत गर्न सक्छन् ।

कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब आठ प्रतिशत हिस्सा ओगटेको पर्यटन क्षेत्र युरोबाट विशेष लाभान्वित हुने अपेक्षा गरिएको छ । लेगार्डले उपभोक्ता मूल्यमा पर्ने असर सामान्य र अल्पकालीन हुने बताउनुभएको छ ।

विगतका अनुभवअनुसार यसको प्रभाव ०.२ देखि ०.४ प्रतिशत अङ्कसम्म मात्र हुने अनुमान छ । तर उपभोक्ताहरू पहिले नै मुद्रास्फीतिको चपेटामा परेकाले थप बोझ पर्न सक्ने चिन्ता छ । राष्ट्रिय तथ्याङ्क संस्थानका अनुसार नोभेम्बरमा खाद्यान्नको मूल्य वार्षिक रूपमा पाँच प्रतिशतले बढेको थियो, जुन युरोजोनको औसतभन्दा धेरै हो ।

संसद्ले यस वर्ष मूल्यवृद्धि अनुगमन गर्न र युरो परिवर्तनसँग जोडिएका ‘अन्यायपूर्ण’ मूल्य वृद्धि रोक्न विशेष निरीक्षण संयन्त्र स्थापना गरेको छ । यद्यपि विश्लेषकहरू राजनीतिक अनिश्चितताका कारण आवश्यक भ्रष्टाचारविरोधी सुधारहरू ढिलाइ हुने जोखिम रहेको बताउँछन् ।

एन्जेलोभका अनुसार कम्तीमा एक–दुई वर्ष स्थिर सरकार भए मात्रै युरो क्षेत्रबाट प्राप्त हुने लाभलाई पूर्ण रूपमा उपयोग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैनिक बल प्रयोगबाट रुसले युक्रेनमा लक्ष्य हासिल गर्ने चेतावनी दिएका छन् । ।शनिबार रुसी सशस्त्र बलको एक कमान्ड पोस्टको भ्रमणपछि युद्धको शान्तिपूर्ण निकासमा युक्रेनले चासो नदिएको आरोप उनले लगाए । 'युक्रेनलाई शान्तिपूर्ण निकासमा हतार भएजस्तो देखिन्‍न, ' राष्ट्रपति पुटिनले भने, 'यदि किभ शान्ति चाहँदैन भने रुसले सैन्य माध्यमबाट विशेष सैन्य अपरेसनका सबै ...
— मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई सम्पत्ति शुद्धिकरणसँग जोडिएको मुद्दामा अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ । शुक्रबार क्वालालम्पुर उच्च अदालतले फैसला सुनाएको हो । ७२ वर्षीय नाजिब शक्ति दुरुपयोगको चार वटा तथा सम्पत्ति शुद्धिकरणको २१ वटा अभियोगमा दोषी ठहर भएका हुन् । अभियोजकहरूले नाजिबमाथि एक दशकभन्दा बढी समयअघि प्रधानमन्त्री, अर्थमन्त्री र वान एमडीबी सल्लाहकार ...
युक्रेनी राष्ट्रपति भ्यालिदिमर जेलेन्स्कीले रुसले शान्ति बताएका छन्। राजधानी किभमा रूसले आक्रमणपछि राष्ट्रपति जेलेन्स्कीले उक्त कुरा बताएका हुन्। जेलेन्स्कीले टेलिग्राममा रूसले किभतर्फ लगभग ५०० ड्रोन र ४० क्षेप्यास्त्र प्रहार गरेको उल्लेख गरेका छन्। उनले ऊर्जा पूर्वाधार र नागरिकलाई लक्षित गरेर आक्रमण गरेको बताए। नयाँ चरणको शान्ति वार्ता अघि संयुक्त राज्य अमेरिकाको यात्रामा रहेका जेलेन्स्कीले शनिबार ...
। थाइल्यान्ड र क्याम्बोडियाले जारी द्वन्द्वका लागि तत्काल युद्धविराम गर्न सहमति जनाएका छन् । दुवै देशले शनिबार केही सातादेखि जारी सीमा संघर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । यस क्रममा तीन साताभित्र कम्तीमा ४७ जनाको मृत्यु भएको र एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । सहमति अनुसार दुवै पक्षले सबै प्रकारका हतियार प्रयोग ...
केही दिनदेखि जारी द्वन्द्वपछि थाइल्याण्ड र कम्बोडियाबीच फेरि युद्धविराम सम्झौता भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार दुवै देशले युद्धविराममा हस्ताक्षर गरेका छन्। कम्बोडियाली रक्षा मन्त्रालयले यो सम्झौताको घोषणा गरेको छ। हालै भएका झडपहरूमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो। थाइल्याण्ड-कम्बोडिया सीमा विवादबाट प्रभावित क्षेत्रमा हिन्दू देवताहरूको मूर्तिहरू पनि तोडफोड गरिएको थियो। जुलाईमा युद्धविराममा सहमति जनाएपछि थाइल्याण्ड ...