मुख्य समाचार
उपसभामुख इन्दिरा रानाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छन्
उपसभामुख इन्दिरा रानाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छन्

— उपसभामुख इन्दिरा रानाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छन् । आइतबार कार्यकाल सकिएसँगै उपसभामुख रानाले आफूले चढ्दै आएको गाडी संसद् सचिवालयलाई बुझाएकी हुन् ।


उपसभामुख रानाले दुइटै गाडीको साँचो संसद् सचिवालयका कर्मचारीलाई बुझाएकी थिइन् । त्यसपछि ट्याक्सी चढेर राना सिंहदरबारबाट निस्किएकी थिइन् ।

संविधानअनुसार उम्मेदवार दाखिला अघिल्लो दिनसम्म सभामुख र उपसभामुखको कार्यकाल रहने व्यवस्था छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा समानुपातिकतर्फको बन्दसूची बुझाएपछि मनोनयन दाखिला भएको मानिने उल्लेख छ ।

निर्वाचन आयोगका अनुसार आजदेखि समानुपातिक बन्दसूची बुझाउने समय सुरु भएको छ । पुस १४ गतेसम्म बन्दसूची बुझाउने समय छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जबरजस्ती करणी कसुर मुद्दामा कैद भुक्तान गरिरहेका एक फरार कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। संखुवासभा चिचिला गाउँपालिका–५ का २९ वर्षीय अमित भनिने टीकाराम विश्वकर्मा २०७५ पुस २७ गतेदेखि केन्द्रीय कारागार कार्यालय काठमाडौंमा कैद भुक्तान गरिरहेका थिए। भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएका थिए। फरार रहेका विश्वकर्माको खोजीका लागि जिल्ला प्रहरी संखुवासभाबाट ...
— एमाले उपमहासचिव योगेश भट्टराईले रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको एकतालाई अन्यथा लिन नहुने बताएका छन् । नेपाल न्युज एजेन्सीसँगको कुराकानीका क्रममा उनले एजेन्डा मिल्दा एकीकरण हुने र नमिल्दा छुट्टिने कुरालाई समान्य रूपमा लिनुपर्ने बताएका हुन् । लोकतान्त्रिक प्रक्रियामा राजनीतिक दलहरू मिल्ने र विभाजन हुने कुरालाई अनौठो मान्न नहुने उनको भनाइ छ ...
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरणमा गएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह नेतृत्वको समूहले समानुपातिकतर्फ ४० देखि ४२ जनाको सूची बुझाउने भएको छ । शनिबार मध्यरातिसम्म छलफल भएर आइतबार बिहान ४ बजे भएको समझदारीअनुरुप बालेन समूहले कम्तीमा ३८ प्रतिशत हिस्सा पाउने भएको हो । पहिले कुलमान घिसिङ समेतलाई जोडेर एकमुष्ट समझदारी गर्दा ५० प्रतिशत ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन शाहबीच सम्झौता भएपछि भदौ २३ र २४ गते हिंसात्समक घटनाको योजनाकार र मतियार को थिए भन्ने सार्वजनिक हुन लागेको प्रतिक्रिया दिएका छन्। उनले भदौ २३ र २४ को घटनालाई भूराजनीतिक द्वन्द्व गोटी बनाएर नेपाललाई युक्रेनजस्तो अस्थिर बनाउने षडयन्त्रको पहिलो चरणको संज्ञा दिएका ...
— निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र पारेको छ । चुनावका लागि दलहरू पनि आन्तरिक तयारीमा जुटिसकेका छन् । उनीहरूले समानुपातिक उम्मेदवारहरू छान्ने र सूची बनाउने काम गर्दैछन् । शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटघाटमा कांग्रेस सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फको बन्दसूची बुझाउने मिति ५ दिन थप्न आग्रह गरेका थिए । निर्वाचन आयोगले समानुपातिकतर्फको ...