मुख्य समाचार
बंगलादेश प्रिमियर लिग (बीपीएल) को खेलअघि मैदानमा ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षक महबुब अली जाकीको निधन
बंगलादेश प्रिमियर लिग (बीपीएल) को खेलअघि मैदानमा ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षक महबुब अली जाकीको निधन

: बंगलादेश प्रिमियर लिग (बीपीएल) को खेलअघि मैदानमा ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षक महबुब अली जाकीको निधन भएको छ। सिलहट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राजशाही वारियर्ससँगको खेल सुरु हुनु केही समयअघि मैदानमा ढलेका उनको हट एट्याकका कारण निधन भएको जनाइएको छ।

५९ वर्षीय जाकी खेलाडीको वामअपको समयमा मैदानमा बेहोस भएका थिए। उनी ढलेलगत्तै ढाका क्यापिटल्सका मेडिकल टिमले तुरुन्त कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) दिएका थिए। सीपीआरपछि पनि छोस नआएपछि उनलाई एम्बुलेन्सका अल हरमन अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का मुख्य चिकित्सक देवाशीष चौधरीले जाकीको मृत्युको पुष्टि गरेका छन्। बीसीबीका मुख्य चिकित्सक चौधरीसँगै ढाका क्यापिटल्सले पनि जाकीले कुनै पनि स्वास्थ्य समस्याका बारेमा जानकारी नदिएको बताएका छन्।


यो घटनापछि सिलहट टाइटन्स, नोआखली एक्सप्रेस र चटोग्राम रोयल्सका खेलाडी अस्पताल पुगेका थिए। सहायक प्रशिक्षक जाकीको अस्पतालमा निधन हुँदा ढाका क्यापिटल्स र राजशाही वारियर्सबीच खेल चलिरहेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको राजशाहीको पालि समाप्ति भएपछि सहायक प्रशिक्षक जाकीको सम्मानमा दुवै टोलीका खेलाडीले एक मिनेट मौन धारण गरेका थिए।

राजशाही वारियर्सबाट नेपालका चर्चित स्पिनर सन्दीप लामिछानेले पनि खेलेका थिए। शनिबार भएको खेलमा राजशाही वारियर्स ढाका क्यापिटल्ससँग पाँच विकेटले पराजित भएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको राजशाही वारियर्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३२ रनको योगफल खडा गरेको थियो। जवाफी ब्याटिङ गरेको ढाका क्यापिटल्सले १८.५ ओभरमा पाँच विकेट गुमाएर जित निकालेको थियो। शनिबार चार ओभर बलिङ गरेका सन्दीपले ३५ रन खर्चिएर एक विकेट लिएका थिए।

बंगलादेश क्रिकेट बोर्डले सामाजिक सञ्जाल ‘एक्स’मा एक पोस्ट् गर्दै प्रशिक्षक जाकीको योगदान अतुलनीय रहेको बताएको छ। ‘तीव्र गतिको बलिङ र बंगलादेश क्रिकेटको विकास र विस्तारमा जाकीले पुर्‍याएको योगदान र उनको समर्पण अमूल्य छ। उनको योगदानको गहन रुपमा सम्मान र कृतज्ञताका साथ स्मरण गरिने छ’, बंगलादेश क्रिकेट बोर्डको पोस्ट्मा भनिएको छ। यसैगरी ढाका क्यापिटल्सले पनि जाकीलाई गुमाउनु पर्दा निकै मर्माहत भएको जनाएको छ। ‘यो अपूरणीय क्षतिले हामी निकै दुखी छौं। ईश्वर उनको आत्मालाई शान्ति प्रदान गरुन’, ढाका क्यापिटल्सले इन्टाग्राममा लेखेको छ।

बंगलादेशका तीव्र गतिका बलर जाकी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोमिला जिल्लाको प्रतिनिधित्व गर्दथे। उनले ढाका प्रिमियर डिभिजन लिगमा अबाहानी र धानमन्डीलगायतका प्रमुख क्लबबाट खेलेका थिए। खेलाडी जीवनबाट सन्न्यास लिएपछि तीव्र गतिका बलर उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सन् २००८ मा उनी बीसीबीको हाई परफरमेन्स प्रशिक्षकका रुपमा चयन भएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...