— ओली वाटकिन्सले वेञ्चबाट मैदानमा प्रवेश गर्दै गरेका दुई गोलको मद्दतले एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीलाई २–१ ले पराजित गरेको छ । यस जितले भिल्लाको अप्रत्यासित उपाधिमाथिको दावेदारी अझ बलियो भएको छ ।
स्टायनफोर्ड ब्रिजमा भएको खेलमा भिल्लाले एक गोलले पछाडि रहेको स्थितिबाट यो जित निकालेको हो । वाट्किन्सले ६३ औं मिनेटमा पहिलो गोल गरे भने ८४ औं मिनेटमा दोस्रो गोल थपे ।
त्यस अगाडि चेल्सीले जाओ पेड्रोको गोलमा अग्रता लिएको थियो । यो जितपछि भिल्लाको ३९ अंक भएको छ र तेस्रोमा छ । उसको अगाडि आर्सनलको ४२ र म्यानचेस्टर सिटीको ४० अंक छ । लिभरपुल भने ३२ अंकमा चौथो स्थानमा रह्यो ।
शनिबारका अन्य खेलमा आर्सनलले ब्राइटनलाई २–१, ब्रेन्टफोर्डले बर्नमाउथलाई ४–१, लिभरपुलले उल्भ्सलाई २–१ र फुलहमले वेस्ट ह्यामलाई १–० ले हराएको थियो । बर्नली र एभरटनले भने गोलरहित बराबरी खेले ।