मुख्य समाचार
एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई २–१ ले पराजित
एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई २–१ ले पराजित

— ओली वाटकिन्सले वेञ्चबाट मैदानमा प्रवेश गर्दै गरेका दुई गोलको मद्दतले एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीलाई २–१ ले पराजित गरेको छ । यस जितले भिल्लाको अप्रत्यासित उपाधिमाथिको दावेदारी अझ बलियो भएको छ ।


स्टायनफोर्ड ब्रिजमा भएको खेलमा भिल्लाले एक गोलले पछाडि रहेको स्थितिबाट यो जित निकालेको हो । वाट्किन्सले ६३ औं मिनेटमा पहिलो गोल गरे भने ८४ औं मिनेटमा दोस्रो गोल थपे ।

त्यस अगाडि चेल्सीले जाओ पेड्रोको गोलमा अग्रता लिएको थियो । यो जितपछि भिल्लाको ३९ अंक भएको छ र तेस्रोमा छ । उसको अगाडि आर्सनलको ४२ र म्यानचेस्टर सिटीको ४० अंक छ । लिभरपुल भने ३२ अंकमा चौथो स्थानमा रह्यो ।

शनिबारका अन्य खेलमा आर्सनलले ब्राइटनलाई २–१, ब्रेन्टफोर्डले बर्नमाउथलाई ४–१, लिभरपुलले उल्भ्सलाई २–१ र फुलहमले वेस्ट ह्यामलाई १–० ले हराएको थियो । बर्नली र एभरटनले भने गोलरहित बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...