मुख्य समाचार
साढे ७ सय किलाे भन्दा बढी गाँजासहित दुई युवालाई प्रहरीले नियन्त्रणमा
साढे ७ सय किलाे भन्दा बढी गाँजासहित दुई युवालाई प्रहरीले नियन्त्रणमा

— उदयपुरको चौदण्डीगढी नगरपालिका–३ पौतालिस चाैकबाट साढे ७ सय किलाे भन्दा बढी गाँजासहित दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

पक्राउ पर्नेमा बेलका नगरपालिका ६ बस्ने अन्दाजी २३ वर्षीय रबिन कुमार राई र बेलका नगरपालिका–९ बस्ने अन्दाजी २८ वर्षीय रामबहादुर राई रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दाेङका अनुसार शुक्रबार राति साढे १ बजेतिर विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टार र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले रामपुरबाट गाईघाट तर्फ आउँदै गरेको को १ ज ३४५६ नम्बरको बोलेर गाडीलाई जाँच गर्ने क्रममा ७६३ दशमलव ७६ किलोग्राम गाँजा बरामद भएको हो ।

गाँजा बरामद भएसँगै बोलेरोसहित चालक रबिन र सोही गाडीमा सवार रामबहादुरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील सदस्य नवीकरण गर्ने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा ...
— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो वरीयतामा बस्ने भएका छन् । रास्वपा सभापति रवि लामिछाने र बालेनबीच आइतबार बिहान ७ बुँदे सहमति भएको थियो । सहमतिअनुसार पार्टी, चुनाव चिह्न र झन्डा रास्वपाकै रहनेछ । रास्वपामा यसअघि ५० प्रतिशत आफ्नो पक्षका नेताहरू सहभागी गराउनुपर्ने लगायतका विषय बालेनको तर्फबाट अगाडि सारिएको थियो । ...
— उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले वैकल्पिक नयाँ शक्तिहरूलाई एकतामा आउन आह्वान गरेको छ । काठमाडौं त्रिपुरेश्वरमा शनिबार बसेको बैठकले नयाँ राजनीतिक शक्तिहरूसँग एकताको संवाद गर्ने अधिकार अध्यक्ष अनुपकुमार उपाध्यायलाई दिएको छ । पार्टी प्रवक्ता राजु थापाका अनुसार सबै राजनीतिक दलको सहअस्तित्व स्थापत हुने गरी एकता गर्नुपर्ने निर्णय भएको छ । थापाले पार्टी केन्द्रीय समिति ...
: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको छ। प्रकाशित नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ...
— प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन तयार रहेको विश्वास दिलाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकपछि कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने, 'सबै राजनीतिक दल चुनावमा जान तयार भएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम